८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

बारामा २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया – यस वर्ष बारामा करिब २ अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ। खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४–७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो।

नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले १ अर्ब ९४ करोड ८८ लाख बराबरको ८१ हजार २०० मेट्रिक टन गहुँ उत्पादन भएको छ।

कलैयामा प्रतिक्विन्टल २ हजार ४०० मा बिक्री भइरहेको छ।

गत वर्ष ०७३–७४ मा कृषकले कूल २९ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँखेती गरी प्रतिहेक्टर दुई दशमलव ८५ मेट्रिक टनका दर २ अर्ब २३ करोड १५ लाख ५० हजार मूल्य बराबरको ८२ हजार ६५० मेट्रिक टन गहुँ उत्पादन भएको थियो। (रासस)

प्रकाशित: १२ वैशाख २०७५ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App