९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज

सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट निवेदन खारेज गरेको छ।

न्यायाधीश डा. कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आइतबार रिट निवेदन खारेजीको फैसला गरेको हो। अदालतले उक्त रिट निवेदन  खारेज गरेसँगै सो आयोजना अघि बढाउने बाटो खुलेको छ।

सो आयोजनाविरुद्ध वि.सं. २०७८ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो। अदालतले रिट निवेदन खारेज गर्दै केही विषयमा निर्देशनात्मक आदेश गरेको छ। फैसलाको लिखित पाठ आउन बाँकी छ।

प्रकाशित: १२ कार्तिक २०८१ ०६:५३ सोमबार

#kaligandaki tinau divertion #supreme court