कोकाकोलाले ‘काठमाडौं इज कुकिङ’ को दोस्रो संस्करण गर्ने भएको छ। कार्यक्रम काठमाडौंको हायात होटलमा चैत २ गते सुरु हुने कम्पनीले जनाएको छ।
यस वर्षको ‘काठमाडौं इज कुकिङ’ ऐतिहासिक हुने कम्पनीले जनाएको छ। कार्यक्रममा चर्चित भारतीय गायक पापोन लगायत नेपाली चर्चित ब्यान्ड तथा गायकहरू द एलेमेन्ट्स, भेक, जोन एन्ड द लोकल्स, सुशान्त घिमिरे र प्रजिनाले पनि प्रस्तुति दिने कम्पनीले जनाएको छ। सो कलाकारको मनमोहक प्रस्तुतिले अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले कार्यक्रमले नेपालीहरूको रमाइलो गर्ने संस्कृतिलाई झल्काउने बताए।
प्रकाशित: २९ फाल्गुन २०८० ०८:३१ मंगलबार