८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एक सातामै ५ हजार बढीले घट्यो सुनको मूल्य

एक सातामा सुनको मूल्य करिब पाँच हजार रूपैयाँ बढीले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक सातामा छापावाला सुन प्रतितोला पाँच हजार दुई सय रूपैयाँभन्दा धेरैले घटेको छ। महासंघका अनुसार गत असोज ९ गते छापावाला सुनको मूल्य प्रतितोला एक लाख ११ हजार आठ सय रूपैयाँ रहेको थियो।

महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ६ सय रूपैयाँ रहेको छ। त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रूपैयाँ रहेको छ।

त्यसैगरी प्रतितोला चाँदीको मूल्य भने एक हजार तीन सय १० रूपैयाँ रहेको छ। महासंघका अनुसार असोज १० गते आइपुग्दा प्रतितोला एक लाख ११ हजार रूपैयाँ रहेको थियो।

असोज ११ गते सुनको प्रतितोला मूल्य घटेर एक लाख नौ हजार ६ सय रूपैयाँ कायम भयो। १२ गते एक लाख ८ हजार ८ सय रूपैयाँमा झर्‍यो। १४ गते एक लाख ८ हजार रूपैयाँ कायम भयो। त्यसै गरी असोज १५ गते एक लाख सात हजार नौ सय रूपैयाँ कायम भयो।

प्रकाशित: १७ आश्विन २०८० ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App