९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

उजय शाक्यलाई सीएमओ सम्मान

आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४ औं संस्करणमा ‘एसियाज मोस्ट एड्मायर्ड मार्केटिङ लिडर’ सम्मान प्रदान गरिएको छ। वर्ल्ड फेडरेसन अफ मार्केटिङ प्रोफेसनल्सबाट समर्थन प्राप्त सिएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ। शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै उक्त संस्थाले सम्मान गरेको हो।

शाक्यले दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरूलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ। अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्ने बताए। उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्वपूर्ण हुने धारणा राखे ।

प्रकाशित: ७ भाद्र २०८० ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App