८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

आगामी मौद्रिक नीति अर्थतन्त्रका चुनौति सामना गर्नेगरी आउनुपर्छः पूर्वअर्थमन्त्री पौडेल

फाइल तस्बिर

पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन्। उनले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए। कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको उनको भनाइ छ।

उनले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए। आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने उनको भनाइ छ। उनले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको बताए।

उनले भने,‘अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव हो। त्यसैले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको परीक्षण पछिल्ला आकडाँहरुले दिएको छ। मौद्रिक नीति ठिक थिएकी थिएनन् भन्ने कुराको मापन गर्ने आधार दिएको छ। आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने पदावलीहरु आइरहेका छन्। कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय होइन। विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने हिसावले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्छ। अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा घनिष्ट,हार्दिकता सम्बन्ध होस्। दुई संस्थाबीचमा राम्रो सम्बन्ध छ भन्ने बाहिर सन्देश गएन भने मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौति सिर्जना हुन्छ। त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु। अर्थमन्त्रालय र राष्ट्र बैंकका बीचमा हार्दिक र घनिष्ट र कामकाजी सम्बन्ध होस्। अर्थमन्त्रालय र राष्ट्र बैंककाबीच अन्तरबिरोध र असमझदारी छ भन्ने समाजमा सम्प्रेसन नहोस्। यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्छ।’

प्रकाशित: ४ श्रावण २०८० १२:५९ बिहीबार

विष्णुप्रसाद पौडेल