८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

जोशी हाइड्रोपावरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीले हकप्रद सेयर निष्कासनका लागि लक्ष्मी क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जोशी हाइड्रोपावरको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।  

जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रतिसेयर अंकित सय रुपैयाँको दरले १ कित्ता सेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार सय कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

प्रकाशित: २६ असार २०८० ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App