८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

बुटवलमा ओम डेभलपमेन्ट बैंक

काठमाडौँ – ओम डेभलपमेन्ट बैंकले बुटवलमा ३१औ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक रेवतीप्रसाद नेपाल तथा ब्रह्माकुमारी विश्वविद्यालय पश्चिमाञ्चलकी सहनिर्देशक ब्रह्माकुमारी कमलाले संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ ।

सो अवसरमा बैंकले लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने एक जना बिपन्न विद्यार्थीको पठनपाठनका लागि छात्रवृत्ति घोषणा गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक वर्ष क्याम्पसले सिफारिस गरेको विद्यार्थीलाई प्रदान गर्नेगरी उक्त सहयोग क्याम्पसका क्याम्पस प्रमुख इश्वर गौतमलाई हस्तान्तरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बताएको बैंकले जनाएको छ । 

राष्ट्र बैंकका निर्देशक नेपालले राजधानीपछि बुटवल बैंकिङ हवको रुपमा विकास भएको औल्याउँदै बुटवल क्षेत्रमा बैंकको विकास तीव्र रूपमा भएकाले यो क्षेत्रको आर्थिक विकासको लागि  महत्वपूर्ण भूमिका रहने बताएको जनाएको छ । बैंक अध्यक्ष सुशीलकुमार गोशलीले बैंकले अत्याधुनिक सेवासहित बुटवलमा कारोबार सुरु गरेको जानकारी दिँदै ग्राहकमुखी कार्यक्रमलाई जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १८ वैशाख २०७४ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App