८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको १२६ औं शाखा उद्घाटन

एभरेष्ट बैंकले नवलपरासीको दलदलेमा आफ्नो १२६ औं शाखा उद्घाटन गरेको छ। शाखाको उद्घाटन देवचुली नगरपालिका वडा १३ का वडाअध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका छन्।

उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए। साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बर्दघाट र सो आसपासका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिवद्धता व्यक्त गर्नुका साथै पञ्जाब नेसनल बैंक भारतसँगको साझेदारीले स्थानीय बासिन्दा र पूर्व भारतीय गोर्खा सैनिकले पेन्सन तथा अन्य बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न अझ सहज हुने विश्वास व्यक्त गरे।

योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको बैंकले जनाएको छ।

प्रकाशित: ६ असार २०८० ०३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App