१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषकको वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै लेकवेशी नगरपालिका

सुर्खेतको लेकवेशी नगरपालिकाले कृषकहरुको वर्गीकरण गर्ने भएको छ। कृषि पेशाको संरक्षण गर्दै किसानको जीवनस्तर सुधार गर्ने उद्देश्यले नगरपालिकाले सबै घरधुरीको तथ्याङ्क संकलन गरेर कृषकहरुको वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न लागेको हो। यसका लागि नगरपालिकाले राष्ट्रिय कृषक समूह महासंघसँग संझौता गरेको छ।

नगरपालिकाका मेयर उमेश पौडेलले किसानको पहिचान, वर्गीकरण गरी त्यसको आधारमा परिचयपत्र उपलब्ध गराएर नगरपालिकाबाट उपलब्ध हुने कृषिसँग सम्वन्धीत सेवा–सुविधालाई प्राथमिकताको आधारमा वितरण गर्ने उद्देश्य राखिएको बताए। ‘स्थानीय कृषि ऐन नगरसभाबाट पारित गरेर परिचयपत्र वितरणको तयारी थालेका छौं,’ उनले भने, ‘कृषकको बर्गीकरणका आधारमा नगरपालिका र अन्य सरकारी तथा गैसरकारी संस्थाहरुबाट प्राप्त हुने स्रोतलाई प्राथमिकताका आधारमा कृषकसम्म पु¥याउने लक्ष्य हामीले राखेका छौं।’

महासंघका कर्णाली प्रदेश अध्यक्ष सन्तबहादुर खत्रीले कृषकको वर्गीकरणसहितको परिचयपत्रका आधारमा कृषकहरुलाई दिइने सेवा–सुविधामा एकरुपकता आउने बताए। उनले जोखिममा रहेका किसानलाई सेवा पहुँचमा अग्राधिकारको आधार तय गर्ने पनि बताए।  

प्रकाशित: २७ मंसिर २०७९ ०६:४१ मंगलबार

लेकवेशी नगरपालिका