सनसिल्कले सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरूको घोषणा गरेको छ। प्रतियोगिताकी विजेता सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई भएका छन्।
प्रत्येक विजेताले १ लाखका दरले नगद पुरस्कार प्राप्त गरेका छन्। साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ अफ गर्ल्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेको कम्पनीले जनाएको छ।
प्रकाशित: ९ मंसिर २०७९ ०४:३८ शुक्रबार