"

प्रतीक्षा नयाँ खेलाडीको

आइतबार, १६ असोज २०७३

विवेकशील र नयाँशक्ति पार्टीप्रतिको चासो उल्लेख्य छ। कतै नलहसिएका युवा राजनीतिमा आए भने सर्वसाधारणको मत तान्ने अवस्था बन्नेछ। आउने चुनावले राजनीतिमा नयाँ खेलाडीहरू ल्याउने तयारी गरिरहेको अनुभूति हुँदैछ।

फेरिँदो राजनीति र एमाले

आइतबार, १६ असोज २०७३

संविधान घोषणा गर्ने बेला सरकारको नेतृत्वमा कांग्रेस र प्रक्रियामा माओवादीले सघाए पनि यसभित्रको अन्तर्बस्तुमा एमालेको भूमिका निर्णायक रह्यो। तसर्थ नयाँ संविधानको जस र अपजसको पहिलो हकदार एमाले नै हुनेछ।

कांग्रेसका चुनौती

आइतबार, १६ असोज २०७३

६ महिने कार्यकाल हेर्दा देउवालाई स्वार्थीहरुको जमातले इतिहास निर्माण गर्नबाट वञ्चित गर्न खोजेका आभास हुन्छ। उनले पौडेलको आग्रहलाई प्रतिस्पर्धीको रोदनभन्दा पनि सहयात्रीको अमूल्य सहयोगका रूपमा आत्मसात गर्नुपर्छ।

नेपालमा आत्महत्या :  जटिल समस्या

आइतबार, १६ असोज २०७३

मानिसलाई आन्तरिक र बाह्य परिस्थितिले आत्महत्या गर्न बाध्य गराएको हुन्छ। यसैले यो समस्या समाधान गर्नका लागि व्यक्ति स्वयं, परिवार, समाज र सिंगो राष्ट्र नै लाग्नुपर्ने अवस्था आइसकेको छ।

आशाको एउटा पथ

आइतबार, १६ असोज २०७३

हेर्दाहेर्दै म शिक्षक बन्छु भन्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको पाइयो। सन्तुष्ट शिक्षक देखेपछि विद्यार्थी पनि शिक्षक बन्न खोज्दारहेछन् भन्ने ज्वलन्त उदाहरण हो यो।

अन्योलमा सार्क

शुक्रबार, १४ असोज २०७३

नयाँदिल्ली र इस्लामाबादबीच विकसित पछिल्ला घटनाक्रमको सिकार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बन्ने लक्षण देखिँदै छ। १९औं सार्क शिखर सम्मेलनको संघारमा यी दुई देशबीचको तनावले यो क्षेत्र अशान्त बन्न पुगेको छ। कुनै बेला एउटै रहेका र सन् १९४७ मा विभाजन भएका यी दुई मुलुुकबीच त्यसपछिका समयमा खासै न्यानो सम्बन्ध बन्न सकेको छैन।

डाक्टर र हिंंसाका व्यापारी

शुक्रबार, १४ असोज २०७३

कुरा के भने अस्पतालमा मृत्यु हुने जति सबै लापरबाहीकै कारण हुँदैनन् भन्ने कुरा सबैले बु‰न जरुरी छ। खराब डाक्टर हुँदैनन् भन्ने हैन। त्यस्ता खराब डाक्टर प्रायः बाठा पनि हुन्छन् र उम्कनका लागि अनेकन बाटोको जोहो गरेका हुन्छन् तिनले।

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख

शुक्रबार, १४ असोज २०७३

साँच्चिकै देश विकास गर्ने हो र आर्थिक एजेन्डालाई प्रमुखता दिने हो भने त्यसको कार्यान्वयनका लागि स्थिर सरकार आवश्यक छ र त्यसका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउन संविधानमा संशोधन अनिवार्य छ।रामचन्द्र भट्टराई

प्रधानमन्त्री दाहाललाई पत्र

शुक्रबार, १४ असोज २०७३

के तपाईँको सरकारले भारतको संविधान के/कसरी संशोधन हुनुपर्छ भनेर भन्न सक्छ? वा भन्न मिल्छ? यदि मिल्दैन भने उक्त संयुक्त वक्तव्यमा नेपालको संविधान संशोधनबारे झल्किएका सवाललाई तपार्इँ के/कसरी औचित्यता सिद्ध गर्नुहुन्छ?

कवि कुलमणिको सम्झना

शुक्रबार, १४ असोज २०७३

नेपाली साहित्यिक संस्कारका उच्चतम प्रेरणा, नेपाली कविताका सर्वोच्च शिखर र नेपाली सहिष्णुता, स्नेह र मानवतावादका ज्वलन्त उदाहरण हाम्रा महाकविजस्ता राष्ट्रिय व्यक्तित्वको जन्मदिनलाई बिर्सनु हामी सारा नेपालीहरु मुर्दासमान चिसा, कृतघ्न र हृदयहीन हुनु हो।

स्वस्थ जीवन र प्रार्थना

शुक्रबार, १४ असोज २०७३

यो हप्ता विश्व मुटु दिवस मनाइन्छ। संसारभरकै तथ्याङ्क हेर्ने हो भने मुटु रोग मृत्युको प्रमुख कारणमध्ये पर्छ। यो रोगबाट मर्नेमध्ये ८० प्रतिशत गरिब राष्ट्रका हुने गर्छन्। त्यसैले यसमा कमी ल्याउन आवश्यक छ। स्वस्थ रहन जसलाई पनि मन लाग्छ।

निर्वाचन आयोगलाई बलियो बनाऊ

बिहिबार, १३ असोज २०७३

लोकतन्त्रलाई मजबुत पार्ने प्रमुख आधार आवधिक निर्वाचन हो । आवधिक निर्वाचन नहुँदा राजनीति अस्थिर मात्र होइन यसले विभिन्नखाले संक्रमण पनि निम्त्याउँछ । र, निर्वाचन सम्पन्न गर्ने आधिकारिक तथा अधिकारसम्पन्न निकाय ‘निर्वाचन आयोग’ हो ।

सडक सुरक्षामा सुधार

बिहिबार, १३ असोज २०७३

विगत र वर्तमानमा भइरहेको सडक यातायातको दुरवस्थाबारे धेरै वयान भइसकेको छ । एकले अर्कालाई जिम्मेवार ठह¥याउने काम निरन्तर भइरह“दा यथार्थमा आवश्यक समाधान पहिल्याउन कठिन भइरहेको छ ।

चौथो अंगलाई अंकुश

बिहिबार, १३ असोज २०७३

हालै धादिङ जिल्ला वन कार्यालयले रेडियो धादिङ १०६ मेगाहर्जको कार्यालयमा डोजर लगाउ“दै गरेको आङै सिरिङ्ग हुने तस्बिरसहितको एउटा समाचार केही दैनिक पत्रिकामा पढ्न पाइयो ।

दाहालको परिपक्वता परीक्षण

बिहिबार, १३ असोज २०७३

पहिलो, अब म पुरानो प्रचण्ड हैन, धेरै परिपक्व भइसकेँ भनेर दोस्रो पटक सत्ता सम्हाल्न पुगेका वर्तमान प्रधान मन्त्री पुष्पकमल दाहालले सुरुमै एमालेले मन्त्रीको भाग पु¥याउन टुक्राएका दुई मन्त्रालय जोड्ने निर्णय सुनाए । मानौं, उनी आफ्नै दलको मात्र एकमना त्यो पनि चुस्त सरकार बनाउँदैछन् ।

अबकोे बाटोः हरित आर्थिक पथ

बिहिबार, १३ असोज २०७३

नेपालमा राजनीतिक अस्थिरता, द्वन्द्व र फितलो कार्यान्वयनले गर्दा विगतका कतिपय राम्रा नीति तथा कार्यक्रम तिनीहरुको भावनाअनुरूप दृढताका साथ लागु हुन सकेनन् जसले गर्दा अपेक्षाअनुरूप देशमा आर्थिक विकास हुन सकेन । दशकौंदेखि देशको औसत आर्थिक वृद्धिदर ३–४ प्रतिशतको हाराहारीमा मात्र छ । देशमा अझै २० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्नुपरेको छ भने ३० प्रतिशतभन्दा बढी मानिस बेरोजगार छन् । आज देशमा सबैजसो राजनीतिक मुद्दाले निकास पाएको अवस्था छ ।

राज्यकोष दोहनमा कर्मचारी

बुधबार, १२ असोज २०७३

निजामती कर्मचारीहरूको नामसँग एउटा सुन्दर विशेषण जोडिएर आउँछ– ‘राष्ट्रसेवक’ । कतिपय अवस्थामा तिनलाई ‘स्थायी सरकार’को उपमा पनि दिइन्छ।

परिवर्तनको अवरुद्ध गति

बुधबार, १२ असोज २०७३

संविधान जारी भए पनि परिवर्तन संस्थागत हुन सकेको छैन। समृद्धिको सपना पूरा हुन्छ कि भनी निरन्तर प्रतीक्षा गरिरहेको वर्तमान पुस्तालाई भरपर्दो आश्वासन कतैबाट पनि आउन सकेको छैन।

रानीपोखरी, धरहरा र काष्ठमण्डप

बुधबार, १२ असोज २०७३

रानीपोखरीको पुनर्निर्माणमा हिजोआज जे–जस्ता बहस तथा टीकाटिप्पणी भइरहेका छन् त्यसले नेपाल सरकारको सम्पदा पुनर्निर्माण र जीर्णोद्धार गर्ने जिम्मेवार संस्थाबीच तालमेल र समन्वय नभएको स्पष्ट हुन्छ।

प्रदूषित काठमाडौं

बुधबार, १२ असोज २०७३

केही दिनअघिको कुरा हो, अमेरिकी राष्ट्रपति बाराक ओबामाले हवाई राज्यको होनोलुलु पुगेर त्यसै राज्यको एउटा विशाल क्षेत्रलाई विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण क्षेत्र घोषणा गरे।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।