"

सरकारी संयन्त्रका अकर्मण्यता

बिहिबार, ०७ असार २०७५

दैनिक प्रशासन सञ्चालनको जिम्मा कार्यकारीमा हुन्छ तैपनि राज्य संयन्त्रमा न्यायपालिकाको आदेश सर्वोपरी हुन्छ । त्यो आदेशको पालना गराउने जिम्मा पनि राज्यकै हुने गर्छ।

भूमिहीन दलितलाई भूमि

बिहिबार, ०७ असार २०७५

भूमिसम्बन्धी अधिकार र भूमिमाथिको पहुँच विश्वव्यापीरूपमै दिगो विकासको लक्ष्य प्राप्तिको बलियो आधारका रूपमा स्वीकारिएको छ ।

हावापानीअसन्तुलन हावा कुरा होइन

बिहिबार, ०७ असार २०७५

हिउँदमा धुलो र वर्षामा हुने हिलोबारे यहाँ कसैले कसैलाई केही भन्नै पर्दैन, सब जानकार छन् । मेलम्चीको नाममा सेता हात्ती पालेर सुरुङको साटो बाटो खन्न थाल्नुअघि (बहुदल आएपछि) उत्पन्न नयाँ वर्ग बानेश्वरमा उम्रिन थाल्यो । त्यसपछि त बानेश्वरको नाम ऋतु अनुसार परिवर्तन हुन थालेको हो– वर्षामा हिलेश्वर र हिउँदमा धुलेश्वर !

योग र योग दिवस

बिहिबार, ०७ असार २०७५

योग गरौँ, स्वस्थ रहौँ । आज अन्तर्राष्ट्रिय योग दिवस । कहिल्यै प्राणायाम नगरे नि आज चैँ सेतो लुगा लगाएर, यसो चिटिक्क परेर फोटो खिचाएर फेसबुकमा पोस्ट गर्ने दिन अनि अनेक ठाउँमा भइरहेका सभा समारोहमा योगका भएका नभएका फाइदाका भाषण सुन्ने दिन, लाइभ जाने दिन।

समृद्धिको सुवर्ण अवसर

बिहिबार, ०७ असार २०७५

विगतमा २२ वर्षमा २६ पटक परिवर्तन भएको सरकारबाट जनताले पनि ठूलो आशा गरेनन्, केवल शान्ति सुरक्षाबाहेक।

असुली प्रेरित बन्द

बुधबार, ०६ असार २०७५

मुलुकमा आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि बालबालिकालाई तारो बनाउने प्रवृत्तिको अन्त्य अझै भइसकेको छैन। प्रायः शैक्षिक क्षेत्रमा हुने हडताल वा अवरोध पछाडि गैरकानुनी असुली मुख्य उद्देश्य हुने गरेको बेलाबेलामा पुष्टि हुँदै आएको छ।

अालंकारिक उच्चताकाे सामन्तवाद

बुधबार, ०६ असार २०७५

नेपालको राष्ट्रिय राजनीतिमा दलितको प्रतिनिधित्वको दयनीय अवस्थाबाट हामी कोही अनभिज्ञ छैनौँ। भएका केही प्रतिनिधिहरू पनि दलितभित्रका केही निश्चित समूहबाट प्रतिनिधित्व गर्ने गरेका छन्।

गर्छिन् पुकार आमाअनशन बसी जोडले...

बुधबार, ०६ असार २०७५

‘विद्या हराए काशी जानू, न्याय हराए गोरखा जानू’ भन्ने प्रचलित मान्यताको अवसान हुनलागेको छ। विद्या नगरी काशी यथावत् होला तर न्याय भूमि गोरखाका सबै मान्यता फेरिएका छन्।

‘विश्व आन्दोलन १९६८’ को याद

बुधबार, ०६ असार २०७५

५० वर्षअघि सन् १९६८ मा लन्डनबाट प्रकाशित हुने ब्ल्याक ड्वार्फ नामक म्यागेजिनमा छापिएको यो नारा ल्किभ गुडवीनले रचना गरेका थिए।

ओलीको चीन यात्रा

मङ्गलबार, ०५ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको मंगलबारदेखि सुरु हुने छदिने औपचारिक भ्रमणबाट नेपालमा चिनियाँ सहयोग र सहकार्य अभिवृद्धि हुने अपेक्षा गरिएको छ। चीनसँगको हार्दिकतापूर्ण सम्बन्धमा यो भ्रमणबाट थप आयाम उजागर हुनसक्छन्। आफ्ना चिनियाँ समकक्षी ली खछाङको निमन्त्रणामा चीन भ्रमणमा रहँदा झन्डै आधादर्जन समझदारीपत्रमा हस्ताक्षर हुने जानकारी सरकारले दिएको छ।

अनुसन्धानका निचोड र प्रस्तुति

मङ्गलबार, ०५ असार २०७५

केहीअघि काठमाडौँ गएका बखत सहपाठी भेट्न जाँदा ऊ आफ्नो छोरालाई चकलेट खुवाउन मरिहत्ते गर्दै थियो। किन गुलियो खुवाउन बल गरेको भन्दा चकलेटले मानिसको बौद्धिक क्षमता खारिने हुँदा आफूले छोरालाई नियमितरूपमा टफी खुवाउने गरेकोमात्र बताएन बरु चकलेट खुवाउँदा पढाइमा तेजहुने सन्दर्भमा प्रकाशित भएको अनुसन्धानको हवाला दिँदै मलाई पनि त्यसै गर्न सल्लाह दिन भ्यायो मित्रले। आफू उक्त अनुसन्धानको अद्योपान्त परिचित भए पनि एकछिनका लागि भेट भएको मित्रसँग वैज्ञानिक बहसमा समय खर्चिनुभन्दा पारिवारिक सद्भावमा रम्न उचित हुने ठानेँ।

सरसफाइको पर्व सिथि नखः

मङ्गलबार, ०५ असार २०७५

नेवारका धेरै चाडपर्वमध्ये एक हो, सिथि नखः पर्व । यो चाड अरूभन्दा भिन्न छ । यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ । सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

सरकारको हुकुमी शासनशैली

मङ्गलबार, ०५ असार २०७५

हालसालै केपी शर्मा ओलीसरकारले नागरिक संघ–सस्थालाई नियन्त्रण गर्नेउद्देश्य राखेर एक सूचना जारी गरेको रहेछ । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी कार्यालयमार्फत जारी भएको यो सूचना सर्सर्ती हेर्दा जति सरल देखिन्छ, त्यो त्यति सहज भने छैन ।

समस्याः वर्गवादकि वर्णवाद?

मङ्गलबार, ०५ असार २०७५

गोरखाको कालिका रगोरखनाथ मन्दिरको केही तल गीताडाँडामा राष्ट्रिय विभूति बिसे नगर्चीको सालिक शिलान्यास केही दिन अघिमात्रै गरियो। परियार सेवा समाजनामक एक जातीय संस्थालेतत्कालीन राजा पृथ्वीनारायण शाहका सल्लाहकार नगर्चीको सालिक करिब १८ वर्षअघि निर्माणगरी, थन्काएर राखिएको थियो। परियार जातिले आफूलाई बिसे नगर्चीको सन्तान भएको, राष्ट्रिय एकतामा आफ्नो पुर्खाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दैगर्दा, त्यही स्थानका दलित समुदाय भने सहरकै मूल पानीको स्रोत ढुंगेधारोमा पानीको गाग्री छोएको निहुँमा अपमानित हुनुपरेको दुखेसो पोख्दै नमीठो मान्दै थिए। पृथ्वीनारायण शाहले भौगोलिक एकताको नेतृत्व र सुरुवात दुवै गरे। तथापि भावना, पृथकता, विविधता र अनेकताको भनेघाँटी निमोठे भन्नेआरोप जीवितै छ।

भयावह भान्छा

सोमबार, ०४ असार २०७५

हाम्रो थालमा दैनिक कस्तो खाना परिरहेको छ? आम उपभोक्ताले सबैभन्दा कम चासो दिएको प्रश्न हो यो। उपभोक्ता आफैं सचेत नभई हाम्रो भान्छामा सुधार आउँदैन। पछिल्ला दिनमा हाम्रो भान्छामा आइरहेका सामग्रीबारे जसरी चिन्ताजनक समाचार सञ्चारमाध्यमले पस्किरहेका छन्, त्यसमा आवाज उठाउने काम उपभोक्ता अधिकारकर्मी र स्वयं उपभोक्ताको यसमा ध्यान नपुगेको महसुस भइरहेको छ। यहाँ अनेकन विषयमा आन्दोलन हुन्छन्। अधिकारमुखी आन्दोलन निरन्तर भइरहन्छन्। भान्छालाई भने अधिकारको रुपमा ग्रहण गर्नै सकिएको छैन।

ओली वासलात

सोमबार, ०४ असार २०७५

पार्टीमा लगानीका हिसाबले पार्टी प्रमुखको प्रतिफल अरु कतिपय समकक्षीभन्दा ढिला प्राप्त भए तापनि प्रधानमन्त्री केपी शर्मा ओलीको केही वर्षयताका राजनीतिक वासलात मजबुत छन्। गत वर्षको नाफा–नोक्सान हिसाब विश्लेषण गर्दा त नाफै नाफा देखिन्छ । यद्यपि चुनावताका पूरा गर्छु भनेका पपुलिस्ट प्रकृतिका दायित्व दीर्घकालीन प्रकृतिका र ठूला हुँदा ती उनका क्षमता र इच्छाशक्तिको पुँजीबाट अथवा देशको साधनरूपी सम्पत्तिबाट चुक्ता गर्न कठिन हुने देखिन्छ। त्यसैले यस्ता असीमित र असम्भव दायित्वहरू नथप्न राजनीतिक लेखापरीक्षकहरूले सावधान गराएका पनि हुन्।

सरकारलाई संघ–संस्था बढी भएकै हुन्?

सोमबार, ०४ असार २०७५

नेपालको संविधानको प्रस्तावनाले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आंकाक्षालाई पूरा गर्नका निमित्त संविधान जारी गरेको प्रस्ट रूपमा उल्लेख गरेको छ। संविधानको प्रस्तावनाले नै मुलुकको दिगो विकासका निमित्त लोकतान्त्रिक गणतन्त्र आधारभूत मान्यता हो भन्ने मान्यतालाई आत्मसात् गरेको छ । यसका निमित्त संविधानले “जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार.... पूर्ण प्रेस स्वतन्त्रता तथा ...कानुनी राज्यको अवधारणा” लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको प्रतिबद्घतालाई आधारभूत मापदण्ड अथवा आधारभूत चरित्रका रूपमा व्यवस्था गरेको छ।

सरकार सफलताका सर्त

सोमबार, ०४ असार २०७५

लामो समयको अन्तरालपछि नेपाली जनताले स्थिर सरकार पाएका छन्। २०१५ सालको आम निर्वाचनमा बिपी कोइरालाले पाएजस्तै ६० वर्षपश्चात् प्रधानमन्त्री ओलीलाई यो दुई तिहाइ मतसहित सरकार सञ्चालनको अवसर प्राप्त भएको हो। यस्तो मौका इतिहासमा विरलै मात्र प्राप्त हुन्छ । ३० वर्षे पञ्चायती निरंकुश शासनको पतनपश्चात् संसदीय बहुदलीय शासन प्रणाली बहाल भएपछि २०५१ सालयता वर्षैपिच्छे सरकार परिवर्तन हुनुले जनतामा निराशा मात्र बढेन, दश वर्षे सशस्त्र जनयुद्धकालागि मलिलो भूमिसमेत तयार भयो।

उपभोक्तामाथि ज्यानमारा खेलबाड

सोमबार, ०४ असार २०७५

२० रुपियाँ हालेर किनिएको बोटलको पानीमा कोलिफर्म पाइन्छ। जसलाई सामान्य नागरिकले मिनरल वाटर भनेर बुझ्ने गर्छ। दूध वितरण कम्पनीले सामान्य सरसफाइसमेत गर्दैनन्। दूधमा कास्टिक सोडा मिसाइएको छ। तरकारीमा विषादीको मात्रा अत्यधिक छ। अहिले आँपको सिजन छ। आँप पकाउनका लागि कार्बाइडको प्रयोग गरिएको छ। सहर बजारमा कुनै यस्तो वस्तुको नाम छैन, जसमा कुनै अखाद्य वस्तु नमिसाइएको होस्। शुद्ध दूध खान पाडो पाडी भएर जन्मनुपर्छ भने जस्तै नागरिकले विषादी रहित खानेकुरा खान पाउन के हुनुपर्ने हो ? थाहा छैन।

प्रादेशिक बजेटको सन्देश

आइतबार, ०३ असार २०७५

मुलुक संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले पहिलोपटक ल्याएको बजेटमा सडक, ऊर्जा र पर्यटनलाई जुन हिसाबले प्राथमिकता दिइएको छ, त्यसको कार्यान्वयनका लागि पनि उत्तिकै जोड दिन आवश्यक छ। सातवटै प्रदेशले कुल दुई खर्ब ६ अर्ब ८० करोड १३ लाख ४२ हजार रुपैयाँ बराबरको बजेट ल्याएका छन् जसको ठूलो हिस्सा सडक, पर्यटन र ऊर्जा विकासजस्ता आधारभूत पूर्वाधारमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेर सकारात्मक सन्देश दिएका छन्।