"

विमानस्थलदेखि होटलसम्म

शुक्रबार, १९ कार्तिक २०७३

विमानस्थलमा महामहिमको भव्य स्वागत भयो। त्यो तय नै थियो। त्यसपछि सलामी। अनि विमानस्थलदेखि होटलसम्म सवारी। अगाडि पछाडि सुरक्षाको गाडी। दायाँ बायाँ कारगेट गाडी । बडा आरामको सवारी थियो । सवारीको सबैभन्दा पछिल्तिर सञ्चारकर्मीहरूको गाडी थियो । उताबाट आएका पत्रकार मित्रहरूका साथ म पनि थिएँ ।

बाको क्यासेटमा पानको पात...

बिहिबार, २७ असोज २०७३

योसमेत तीन साल भइसकेछ दसैँमा टीका नलगाएको । पूर्खा दाङ जिल्लाबाट बसाईँ सरी आएकाले दङ्गाली भन्दाभन्दै दङ्गाल थर लेख्दै आएका छौं हामी । एउटै बाजेको सन्तान हामी बढ्दै जाँदा अहिले डेढ सय परिवारमा बाँडिएका छौं । ठूलो परिवार भएकाले सुतक पर्दा होस् या जूठो, चाडबाड बिथोलिइहाल्छ । यो साल ठूली आमा र ठूलोबाको जूठो बारिरहका छौँ । खानपिन चले पनि टीकाटाला चलेन । दसैँको रौनक मान्यजनबाट टीका, जमरा र आर्शिवाद लिनुमा छ । त्यसबाट बञ्जित हुँदा दसैँ खल्लो हुने नै भयो ।

माधव अंकल, इमेल पाउनु भो ? रिप्लाइ प्लिज !

मङ्गलबार, ११ असोज २०७३

‘फेसबुक म्यासेन्जरमा मैले इमेल एड्रेस पठाउँछु, मेरो इमेलमा फोटो पठाउनुस् है।’ जाँदाजाँदै उहाँले दोहोर्याएर आफ्ना फोटोहरु पठाउन आग्रह गर्नुभयो। अंकल, मैले खिचेका तपाईँका तस्बिर हेर्दा यतिबेला मेरा आँखा रसाइरहेका छन्। म हजुरको जवाफ कुरिरहेको छु, तपाईँ कहाँ हुनुहुन्छ अंकल? एउटा प्रश्न सोधुँ? –फोटो पाएँ भनेर इमेलमा कहिले रिप्लाइ गर्नुहुन्छ? –रिप्लाइ प्लिज !

बोरा बोकेर खेल्न काठमाडौं

बुधबार, ०५ असोज २०७३

बुवाको इच्छा छोराहरू पहलमान बनून् भन्ने थियो। त्यो छुट्टै युग थियो, जहाँ पहलमान र कुस्तीवाजको सामाजिक हैसियत बेग्लै हुन्थ्यो। त्यसैले छोराहरू हट्टाकट्टा र बलिया होऊन्, पहलमानी गरून् वा कुस्तीवाज बनून् भन्ने चाहना राख्नु स्वभाविक थियो ।

जब नोवेल विजेता वैज्ञानिक भेटिए

मङ्गलबार, ०४ असोज २०७३

क्यामेस्ट्रीतर्फ २०११ को नवोल पुरस्कार विजेता डान सेक्चमेनलाई भेट्ने अवसर मिल्यो। अहिले उनी विज्ञानसम्वन्धी एक सम्मेलनलाई सम्वोधन गर्न नेपालमा छन्। क्वाजीक्रिस्टल पत्ता लगाएका यो युगकै महान वैज्ञानिकलाई भेट्न पाउँदाको क्षण रोमाञ्चक त हुनेनै भयो।

भनिदेऊ न को हो नेपाली ?

बिहिबार, २३ भदौ २०७३

आजभोलि अेखती साबुन र डोब सैम्पोले हामी पनि नुहाउछौं पोखरेलजी? बाबु आमाहरु कालै छन् तर हामी गोरा भाका छौं। कुन्नी किन हो, रासायनिक साबुन सैम्पुले गोरो भएका हामीलाई अझै किन शंकर पोखरेलहरु कालो देख्छन्?

पहिरोग्रस्त क्षेत्रमा रातभर जाममा

शनिबार, १८ भदौ २०७३

नयाँ कारमाथि ढुंगा बज्रिएर कच्याक कुचुक्कै भएको घटनादेखि रातमा आँखा अगाडि पहिरो खस्दा डराउँदै बसेका यात्रुसम्मका अनुभवलाई समाचार बनाइयो। तर यात्रा गर्दा बढीमा दिउँसो तीन घण्टा समय लागेको बाहेक अरु अनुभव मसँग थिएन।

मेरो कलम बलियो या तिम्रो लठ्ठी ?

आइतबार, ०५ भदौ २०७३

प्रदर्शनकारीको कतै ढुङ्गा त लाग्ने होइन भनेर म सजकतापूर्वक प्रहरीको छेउबाट दृश्य कैद गर्दै थिए। त्यसलगतै एक हुल प्रहरी पत्रकारतिर जाइलागे । म अलिक टाढै भएकाले आफ्नो क्यामेरा त्यसतर्फ तेर्साए। केही सेकेन्डमात्रै के खिचेको थिए एक जना प्रहरीले पछाडीबाट आएर बाँसको लठ्ठीले मेरो क्यामेरामा बजार्यो। त्यो लठ्ठी मेरो क्यामेरामा के लागेको थियो पछाडिबाटै एक हुल प्रहरी आएर चारैतिरबाट घेरिहाले। सबैले लाती, मुक्का, लठ्ठीले भकुर्न थाले।

'जीवन संघर्ष' मा मेरो दृष्टि

शनिबार, १५ साउन २०७३

मित्र रेखबहादुर भट्टराईले हालै 'जीवन्त संघर्षु नाम दिएर आफ्नो परिवारको कथा प्रकाशित गनुभएको रहेछ। एकप्रति प्रेमपूर्वक प्राप्त भयो। उसो त भट्टराईले अहिलेसम्म ६ थान गहकिला पुस्तकपुस्तिका लेखी प्रकाशित गरेर आफ्नो लेखन सीपको जानकारी दिइसक्नुभएको छ। तीमध्ये मैले पनि केही पुस्तकको स्वाद लिने मौका पाएको छु।

साउनको महिमा

सोमबार, ०३ साउन २०७३

साउन महिना १२ महिनाहरू मध्यको एक महिना हो । सौर्य मास शुत्रका अनुशार श्रावणको सुरुवात कर्कट सक्रांतीका दिन देखि मानिन्छ भने चन्द्रमासका अनुसार साउनको सुरुवात असार पूर्णिमाको भोलिपल्ट देखि मानिन्छ ।

'डा.केसीलाई मेरो समर्थन किन?'

आइतबार, २६ असार २०७३

५० लाख रुपैयाँ बुझाएर डाक्टर बनेको व्यक्ति गुगल सर्च नगरी रोगको नाम र लक्षण भन्न जान्दैन। औषधि प्रेस्किप्सन लेख्न जान्दैन। यो अवस्थामा तपाइँ कसरी आफ्नो शरीर डाक्टरलाई सुम्पिने? के हामीले चाहेको यस्तै चिकित्सक हो? यस्तै डाक्टर हो? अर्को तर्फ गाउँमा जनता डाक्टरको अनुहार नदेखि मृत्युवरण गर्न विवश छन्। यस्तो अवस्था कसरी हुन पुग्यो?

इस्लामिक स्टेटको ध्येय

शनिबार, २५ असार २०७३

सिया मुसलमान, यहुदी, क्रिस्चियन आदिलाई आक्रमणको मुख्य तारो बनाएको उसले हिन्दू भारतलाई मुख्य शत्रुको सहयोगीका रूपमा चित्रण गरेको छ । सँगसँगै उसले चीनलाई ‘अन्तिम शत्रु’ किटान गरेको छ । खास गरी भारतलाई लक्ष्य गरेर बंगलादेशमा आफ्नो क्षमता विस्तार गर्ने आईएसआईएसको मार्गचित्रमा उल्लेख छ ।

डा.केसीको अनशनस्थल यस कारण आइओएम परिसर हुनुपर्छ

बिहिबार, २३ असार २०७३

शिक्षण अस्पतालको दुरावस्थाका लागि डा.केसीको अनशनलाई दोषी ठहर्‍याउनुभन्दा अघि यो प्रणालीभित्रका सबैले एकपल्ट आत्मसमीक्षा गर्नैपर्ने हुन्छः के हामीले सो अस्पतालका लागि आफूले दिन सक्ने योगदान दिएका छौं? गर्ने कर्तव्य पूरा गरेका छौं?

रसाएका आँखा क्यामेराले छेक्दै तस्बिर खिचेँ [ब्लग]

बिहिबार, ०९ असार २०७३

मनले त एक कुनामा बसेर सुँकसुकाउँ जस्तो लाग्थ्यो तर पेशागत धर्म निभाउन म त्यहाँ निशब्द भएर उभिएको थिएँ।   सिमसिम पानी परिरहेको थियो । लाग्थ्यो, मौसमले पनि शोक मनाइरहेको छ, अविराम आँशु झारेर । शोकाकुल आफन्तजन आकाशबाट बर्सेको पानी तर्काउन ओत लागेर बसेका थिए । तर आँखाबाट बर्सेको भल तर्काउन हम्मे थियो ।

चीन सम्बन्धः रहरलाग्दो तर कठिन

बुधबार, ०८ बैशाख २०७३

भारत भ्रमण गरेको एक महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमण गरेर फर्केका छन्।

मेरो भाषाको सम्मान खोइ ?

बुधबार, ०८ बैशाख २०७३

मैले सुगुंरको मासु खान सानै हुँदा छोडेको। छोड्नुको एउटा विशेष कारण थियो, साथीहरुले सुंगुरको मासु खान्छ भनेर जिस्क्याउँथे।

कहिलेसम्म सहने अभिनेत्रीले अश्लिल गाली?

बुधबार, ०८ बैशाख २०७३

सुन्दरी पर्दामा उनीहरू चम्किला देखिन्छन्। कतिपयले उनीहरूलाइ रोल मोडलै मान्छन्। कमाइ पनि आकर्षक नै गर्छन्।

अनि मैले रक्सी छाडेँ

बुधबार, ०८ बैशाख २०७३

चैत पहिलो साता हामी परिवारै सिक्किम गयौं। साँझ ससुराली पुगियो। ज्वाइँ आउने भनेर अनेकौं परिकार, ब्रान्डी र बियर व्यवस्था गरिएको थियो।

भुल्न नसकेको उसको मृत्यु

बुधबार, ०८ बैशाख २०७३

जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो। कति मृत्यूहरु सहज लाग्छन् कति कठिन। शायद कारण सहितका मृत्यहरु मान्छेले सजिलै स्वीकार्न सकिन्छ।

विराट– अनुश्का फेरि सँगै !

आइतबार, २८ चैत २०७२

विराट कोहलीले ट्विटरमा अनुश्का शर्माको बचाउ गरेको १० दिनपछि  दुवै डिनरमा सँगै भेटिएपछि यिनको सम्बन्ध सुध्रिएको अनुमान गरिएको छ ।