"

विद्यासँग सम्बन्धित बीस श्लोक

सोमबार, ०८ माघ २०७४

चोरले चोर्न नसक्ने, राज्य वा सरकारले जफत गर्न नसक्ने, दाजुभाइका बीचमा अंशबन्डा नहुने, जति बोके पनि भारी नहुने, जति खर्च गर्यो त्यति बढ्ने अनौठो धन विद्या हो। .. .. पहिले (५ वर्षदेखि २५ वर्षसम्म) पढेर विद्या आर्जन गरिएन भने त्यसपछि (२६ वर्षदेखि ५० वर्षसम्म) धन आर्जन गरिएन भने तेस्रो चरण (५० देखि ७५ सम्म) मा धर्म आर्जन गर्न सकिएन भने त्यसपछिको अवधिमा तिमीले के गर्न सकौला र ?

आस्थाको केन्द्र धर्मशीला बौद्ध विहार

आइतबार, ०७ माघ २०७४

विश्वभर रहेका झण्डै साढे सात अर्ब मानिस आआफ्नो संस्कृति, धर्म र आस्थामा विश्वास राख्ने गर्दछन्। सभ्यताको विकास सँगसँगै परापूर्वकालदेखि राख्दै आएको यो आस्था र निष्ठा प्रत्येक मानिसका लागि एकआपसमा सद्भाव, सहिष्णुता, समन्वयका लागि प्रमुख कडीको रूपमा रही आएको पाउँछौं ।

रुवान्डाको जातीय नरसंहार, आर्थिक प्रगति र नेपाल

आइतबार, ०७ माघ २०७४

सहारा मरुभूमिको दक्षिणमा पर्ने रुवान्डा अफ्रिका महादेशको एक सानो, भूपरिवेष्ठित र विपन्न मुलुक हो। सन् १९९४ मा यहाँ भएको जातीय नरसंहारले संसारका धेरै देशहरूको ध्यान आकर्षित गर्‍यो।

मगर जातिले मनाउने माघे सङ्क्रान्ति

सोमबार, ०१ माघ २०७४

सूर्य उत्तरायणको समयावधि अर्थात माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्ति  सम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । पूर्वी एशियाका चीन, जापान, कोरिया, भियतनाम लगायतका देशहरूमा पनि सूर्य उत्तरायणको अवसरमा सकारात्मक शक्ति र बुद्धि बृद्धि हुने विश्वासका साथ नयाँ वर्षका रुपमा विभिन्न नाम र शैलीमा चाडवाडहरू मनाउने गरिन्छ । अंग्रेजी पात्रोअनुसार पनि यही समयतिर साल फेरिने हुन्छ ।

के अमेरिकामा नेपालीलाई टीपीएस सुविधा नविकरण होला ?

मङ्गलबार, २५ पुष २०७४

अमेरिकी सरकारले अमेरिकामा रहेका कागजात बिहिन नेपालीहरुको टीपीएस नविकरण गर्ला कि नगर्ला भन्ने बहस चलिरहँदा दुईवटा मुलुक एलसाल्भाडोर र होन्डुरसको टिपिएस नविकरण गरेन। हुन त ती देशलाई अमेरिकी सरकारले टीपीएस सुविधा दिएको दशक नाघेको थियो।

आप्रवासी समस्या : युरोपको रोग एसिया सर्दै

शुक्रबार, १४ पुष २०७४

पछिल्ला वर्षहरूमा विकराल समस्याको रुपमा बढ्दै गएको अवैध आप्रवासी र शरणार्थी सङ्ख्या सन् २०१७ मा केही घटेको देखिएको छ, तर यो समस्याले सम्रग विश्वलाई तरङ्गित बनाउन भने छोडेको छैन।

पदम गिरी: धैर्यले स्ववियू सभापति, स्पिडले सांसद

मङ्गलबार, २६ मङि्सर २०७४

२०५६ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रसको तर्फबाट भवानीशंकर पौडेलले पर्वतमा टिकट पाए। पार्टीले टिकट दिए पछि प्रचारको लागि उनको तस्बिर सहितका पोष्टरले भित्ताहरु टालिए पनि। तर उनको त्यो टिकट मतदानको दिन सम्म रहन पाएन। आफ्नै पार्टीबाट उनलाई फिर्ता गरेर अर्जुन प्रसाद जोशीलाई उम्मेदवार खडा गरियो। पार्टीको यस्तो निर्णयमा पौडेललाई न्याय दिने कोही देखिनन्।

काँग्रेसको हार र सुधारका आधारहरु

सोमबार, २५ मङि्सर २०७४

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।

ऋचा–दीपाश्री वाकयुद्धको तेस्रो पाटो

मङ्गलबार, १२ मङि्सर २०७४

‘गेट वेल सुन’ सामाजिक सञ्जालका भित्ताभर फिल्म आवद्ध कलाकारको समूहले लेखिरहेका थिए। ‘लौन कसलाई के भयो ? कोचाँहि बिमारी पर्‍यो?’ भनेर एकछिन मन आत्तिएको थियो।

आफ्नै नामबाट चिनिन चाहन्थे प्रकाश

सोमबार, ०४ मङि्सर २०७४

प्रकाश दाहाल खासमा आफनो पिता पुष्पकमल दाहालको नामवाट चिनिन चाहदैँनथे, उनी आफ्नै छुट्टै पहिचान छ भन्ने भन्ने मान्थे। त्यसैले पनि, उनी प्राय पुष्पकमल दाहाललाई वुवा नभनी अध्यक्ष भनेर सम्बोधन गर्न रुचाउँथे।

हाम्रो मेयर सा’बलाई मेरो प्रेमपत्र

सोमबार, १३ कार्तिक २०७४

सर्वप्रथम त वर्तमान संविधानअनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा विजयी हुनुभएकामा यहाँलाई धेरै धेरै बधाइ । नेपालको राजधानी काठमाडौँको महानगरपालिकाको प्रमुख हुनु भनेको अन्य महानगरपालिकाको भन्दा विशेष महत्वपूर्ण पद हो । काठमाडौँ महानगरपालिकालाई नमुनाका रूपमा देखाउन सक्नु नै अन्य महानगर, उप र नगरपालिकालाई समेत पथ प्रदर्शन हुने कुरामा दुईमत छैन् ।

कमरेड देवी ज्ञवालीको हाँसो [ब्लग]

शनिबार, ११ कार्तिक २०७४

कार्तिक आठ गते दिउँसो एउटा फोटो सामाजिक सञ्जाल र केही अनलाईन समाचार पोर्टलहरुमा छ्याप छ्याप्ती भयो। फोटोमा गत स्थानीय तह चुनावमा भरतपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयर पदमा उम्मेद्वार रहेका देवी ज्ञवाली निकै उनमुक्त हाँसोमा थिए। स्थानीय चुनावयता देवी ज्ञवाली धेरै नेपालीले सुनेको नाम हो

पृथ्वीनारायण शाहलाई बुझ्ने दृष्टिकोण

बिहिबार, ०९ कार्तिक २०७४

केही लेखक र बुद्धिजीविहरुको यो मान्यता रहेको पाइन्छ कि पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान अघि बढाएको कुरा साँचो हो तर उनको राज्य विस्तार अभियानको उद्देश्य एकीकरण थिएन । यो त झनै हास्यास्पद तर्क हो ।

साँघुरिँदाे विश्व आप्रवासन र एनआरएनको भूमिका

शुक्रबार, २७ असोज २०७४

कुनै पनि देशमा नेपाली आप्रवासनको लागि राज्यको भरपर्दो उपस्थिति नहुँदा जुन कठिनाई पर्छ त्यसका लागि एनआरएनले आफ्नोतर्फबाट पनि ग्लोवल धारणा बनाउन जरुरी छ। जानकारीमा आएसम्म कुनै पनि देशमा भैरहेको आप्रवासन समस्या एनआरएनले एक शब्द पनि खर्च गरेको देखिँदैन। अबका दिनमा एनआरएनले त्यसतर्फ पनि ध्यान दिन जरुरी छ।

तिमीले देखाएका सपना पछ्याउँदै

सोमबार, २३ असोज २०७४

थाहा छैन यो 'कु'लत हो कि 'सु'लत तर यो लतले आज मलाई निदाउन दिएन। आँखा चिम्म गरी कतिबेर यसै खाटमा पल्टिरहेँ। निदाउन सकिनँ। गीत सुनेँ। किताब पल्टाएँ तर निद्रा परेन। घरिघरि आँखा त्यही डस्टबिनतिर मात्र गइरहे। फेरि आँखाको नक्सा परिवर्तन गरेँ अनि किताबतिर हेरेँ। बिडम्वना म किताब  पढिरहेकी थिएँ यद्यपि एकै शब्द पनि बुझ्न सकिरहेकी थिइनँ।

नागरिकता निरन्तरता र अधिकार

शुक्रबार, २० असोज २०७४

केही दिनअघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईले ‘विदेशमा बस्ने नेपालीले पनि भोट हाल्न पाउनुपर्दछ’ भन्ने नारा अघिसारे । उनी स्वयं प्रधानमन्त्री भएका बेला तत्कालिन एनआरएनएका अध्यक्ष जीवा लामिछानेले संविधानमा स्पष्टकासाथ दोहोरो नागरिकताको विषयलाई प्रवेश दिइनुपर्ने कुरा माग गरेका थिए । उनले ‘एकपटकको नेपाली सधैंको नेपाली’ हुनुपर्दछ भन्दै दोहोरो नागरिकताको अवधारणा अघिसार्न सुझाब दिएका थिए।

बिग्रिएकी केटी (कथा)

शनिबार, १४ असोज २०७४

धेरै जसो ठगहरु, नसाको कुलतमा परेका, दूर्ब्यसनीहरु हुन्छन्। ती युवतीलाई एक छिन नियालेर हेरेँ। राम्री थिइन्। हिस्सी परेकी। बान्की परेको शरीर। तीन दशक वरिपरिको उमेर हुनुपर्छ। उनको पहिरन, ब्यक्तित्व, शारीरिक भावभङगीमा ठग वा दूर्ब्यसनी जस्तो लागेन। एक डलरको लागि किन कसैको बारे धारणा बनाउनू? गोजीबाट पर्स निकालेँ। प्रायः मेरो पर्समा नगद हुन्न। क्रेडिट कार्डबाटै चल्ने देश न पर्‍यो अमेरिका। उनको भाग्य, पर्समा एक डलर रहेछ; दिएँ।

धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

शुक्रबार, १३ असोज २०७४

दशैंसँगै चैत्र बैशाख देखिको गर्मी र असार देखिकोे वर्षा लगभग अन्त्य हुन्छ। त्यसैले यो पर्व असोज या कात्तिकका केही दिन रमाइलो गर्ने मेसो मात्रै होइन। ऋतुको एउटा चक्र पार गरेर अर्को चरणमा प्रवेश गरेको संकेत पनि हो। एकै खालको मौसमले दिक्दारी, हैरानी बनाएको हुन सक्छ। दशैंले हामीलाई त्यो आलस्यबाट मुक्त गराएर भिन्न परिवेशमा लैजान्छ। तर दशैंले यस्तो पनि गर्छ र भन्ने प्रश्न उब्जने बेला आइसकेको छ। किन कि दशैं पहिले पहिलेको जस्तो भएन भन्नेहरु अलि अलि हैन प्रशस्नै हुन थालेका छन्।

जोगाउन सकिन्छ मुटु

शुक्रबार, १३ असोज २०७४

हरेक बर्ष सेप्टेम्बर २९ लाइ बिश्व मुटु दिवसको रुपमा मनाइन्छ। यसको प्रमुख उद्देश्य भनेको मुटुरोगबाट जनचेतना जागृत गराउने हो। संसारभर मुटुरोगीको संख्या बढिरहेको अहिलेको अवस्थामा आफ्नो स्वास्थ्य र जीवनशैली सम्बन्धी ज्ञानले मुटुरोगबाट बच्न या सावधान हुन सकिन्छ।

बिर्खबहादुरको एट्लस साइकल

बिहिबार, १२ असोज २०७४

बिहान घाम झुल्कन नपाउँदै धरानबाट हिँडेको अरुण तरेर भोजपुरको प्याउली पुग्दा दिउँसोको दुई बजीसकेको थियो। हामी चढेको गाडी त्यहाँभन्दा अगाडि जाँदैन थियो। ग्राभेल बिच्छ्याइएको त्यो बाटो सदरमुकाम भोजपुर नै पुग्दो रहेछ। यो मध्यपहाडी राजमार्गकै खण्ड हो। तर हामी सदरमुकाम जाँदै थिएनौं । त्यसैले पहाडी यात्राका लागि निकै भरपर्दो मानिएको ल्याण्डरोभर जीप हामीले छाड्नु पर्‍यो।