"
करसम्बन्धी ट्रम्पको गोप्य विवरण चुहियो

करसम्बन्धी ट्रम्पको गोप्य विवरण चुहियो

बिहिबार, ०३ चैत २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर चुक्तासम्बन्धी एउटा गोप्य विवरण चुहिएको छ। चुहिएको विवरणअनुसार सन् २००५ मा ट्रम्पको १५ करोड डलर भन्दा बढी आम्दानी भएको थियो। तर उनले करिब चार करोड डलर मात्रै कर तिरेको जानकारी एक टेलिभिजनले सार्वजनिक गरेको बिबिसीले जनाएको छ।

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

सिरियाको युद्धग्रस्त क्षेत्रमा पुग्यो राहत सामाग्री

बुधबार, ०२ चैत २०७३

सिरियाको युद्धग्रस्त क्षेत्रमा राहत सामाग्री बोकेका ट्रक तथा सवारी साधनहरु पुगेका छन्। नोभेम्बर यता सिरियाका युद्धग्रस्त चार सहरहरुमा राहात सामाग्री बोकेका कुनै पनि सवारी साधन पुग्न सकेका थिएनन्।

अमेरिकी विदेश मन्त्रीले चीन भ्रमण गर्ने

बुधबार, ०२ चैत २०७३

अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सन चीनको दुइ दिने औपचारिक भ्रमणमा जाँदै छन् ।

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

सिरियामा ६ वर्षे लामो गृहयुद्धमा ५५२ बालबालिकाको मृत्यु

मङ्गलबार, ०१ चैत २०७३

सिरियामा भएको ६ वर्ष लामो गृहयुद्धका क्रममा गत वर्ष सबैभन्दा बढी संख्यामा बालबालिकाको मृत्यु भएको तथ्य सावैजनिक भएको छ। मृत्यु हुने बालबालिकाको संख्यामा सन् २०१५ यता २० प्रतिशतले बढी रहेको जनाइएको छ। संख्यामा भन्ने हो भने ५५२ बालबालिकाहरुको युद्धका क्रममा मृत्यु भएको छ।

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

‘भाजपाको विजय नयाँ भारत निर्माणको आधार’

मङ्गलबार, ०१ चैत २०७३

नयाँदिल्ली– राजनीतिक रुपमा एकदमै महत्वपूर्ण मानिएको भारतको उत्तरी राज्य उत्तर प्रदेशमा विधानसभाको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेको एक दिनपछि भारतीय जनता पार्टीका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजय नयाँ भारत निर्माणको आधार भएको बताएका छन् ।

बर्खास्तमा परेकी कोरियाली राष्ट्रपतिले छोडिन् सरकारी निवास

बर्खास्तमा परेकी कोरियाली राष्ट्रपतिले छोडिन् सरकारी निवास

सोमबार, ३० फागुन २०७३

संसदको महाअभियोग अदालतले समेत सदर गरेपछि दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेल राष्ट्रपति भवनबाट बाहिरिएकी छन्। उनी उनकी साथीसँग एक भ्रष्टाचारको काण्डमा सहभागी भएकी भन्दै उनलाई महाअभियोग लगाइएको थियो।

अमेरिकी सैनिकद्वारा महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट

अमेरिकी सैनिकद्वारा महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट

सोमबार, ३० फागुन २०७३

अमेरिकी  सेनाका एक सैनिकले आफ्ना महिला सहकर्मीको नग्न तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। नग्न तस्बिर पोस्ट गरेलगत्तै त्यसबारे अनुसन्धान सुरु गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

सोमबार, ३० फागुन २०७३

विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ।

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

फोहोरको थुप्रो भासिँदा ४८ को मृत्यु

सोमबार, ३० फागुन २०७३

इथियोपियाको राजधानी आदिस बाबा नजिकै रहेको फोहोरको थुप्रो भासिदा ४८ जनाएको ज्यान गएको छ। फोहोरको थुप्रो भासिंदा घटनास्थलमा कम्तीका १५० जना रहेको स्थानीयले बताएका छन्। घटनामा ज्यान गुमाउनेका धेरै बालबालिका रहेको बताइएको छ।

यस्तो छ बुस, ओवामा र ट्रम्पको लोकप्रियता

यस्तो छ बुस, ओवामा र ट्रम्पको लोकप्रियता

सोमबार, ३० फागुन २०७३

अमेरिकाको कुल जनसंख्याको ५४ प्रतिशत अर्थात् आधा भन्दा बढी जनसंख्या अझै पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यप्रति आशावादी रहेको अनुसन्धानले देखाएको छ।

अवकाश चाँडो नलिएकै राम्रो

सोमबार, ३० फागुन २०७३

६० वर्ष उमेर पुगेपछि सामान्यतः धेरैले अवकाशको जीवन बाँच्छन्। कतिपय अवस्थामा अनिवार्य अवकाशको सीमा पनि यही तोकिएकाले (नेपालमा त ५८ वर्ष) पनि सक्रिय जीवनबाट अवकाश लिने गरिएको छ।

‘आइरन लेडी’ले किन पाइन् मात्र ९० मत?

‘आइरन लेडी’ले किन पाइन् मात्र ९० मत?

आइतबार, २९ फागुन २०७३

मणिपुरमा निर्वाचन अभियानमा सामेल हुनुभन्दा अघि मणिपुरकी ‘आइरन लेडी’ इरोम शर्मिला पछाडि सशक्त जमात् देखिन्थ्यो। उनीप्रति जनताको अपार समर्थन र सम्मान थियो। त्यही जनसमर्थनको पृष्ठभूमिमा उनी राजनीतिमा होमिइन्। तर भर्खरै आएको चुनाबी परिणामले त्यो समर्थन मतमा परिवर्तन गर्न असफल देखाएको छ।

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

पाकिस्तानले हिन्दु विवाहलार्इ कानुनी मान्यता दिँदै

शनिबार, २८ फागुन २०७३

पाकिस्तानमा हिन्दु विवाहलाई कानुनी मान्यता पाउने भएको छ। कूल जनसंख्यामा २ प्रतिशत जनता हिन्दु धर्मावलम्बी रहेको पाकिस्तानमा हालसम्म हिन्दु बैवाहिक परम्पराले कानुनी मान्यता पाएको थिएन ।

भारतमा सुत्केरी बिदा ६ महिना

भारतमा सुत्केरी बिदा ६ महिना

शुक्रबार, २७ फागुन २०७३

भारतमा सरकारी तथा निजी दुबै क्षेत्रमा कार्यरत महिलाहरुले पाउने बिदालाई १२ हप्ता(३ महिना)बाट बढाएर २६ हप्ता(६ महिना) पु¥याइएको छ।

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

ट्रम्पको कार्यकारी आदेशविरुद्ध मुद्दा दायर

शुक्रबार, २७ फागुन २०७३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि मात्रै जारी गरेको ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्दा दायर भएको छ।

प्रधानमन्त्री पार्कलाई महाअभियोग लगाउने निर्णय सदर

प्रधानमन्त्री पार्कलाई महाअभियोग लगाउने निर्णय सदर

शुक्रबार, २७ फागुन २०७३

दक्षिण कोरियामा पहिलो पटक जननिर्वाचित प्रधानमन्त्रीलाई संसदले बरर्खास्त गर्ने भएको छ।  प्रधानमन्त्री पार्क गुयन हेइलाई महाअभियोग लगाउने निर्णय सदर भएपछि संसदले गरेको उक्त निर्णयलाई उच्च अदालतले पनि मन्जुरी दिने भएको छ।

युरोपेली युनियनको अध्यक्षमा पुनः डोनल्ड टुस्क

युरोपेली युनियनको अध्यक्षमा पुनः डोनल्ड टुस्क

शुक्रबार, २७ फागुन २०७३

युरोपेली संघको अध्यक्षमा पुनः पोल्याडका डोनल्ड टुस्क निर्वाचित भएका छन्। तर, उनी निर्वाचित भएपछि युरोपेली संघमा विवाद देखिएको छ। पोल्याडले नै उनलाई निर्वाचित हुनबाट रोक्नका लागि मतदान ढिलो गराउने प्रस्ताव गरेको थियो। तर अन्य मुलुकहरुले उनको प्रस्ताव नमानेकाले उनी पुनः निर्वाचित भएका हुन्।

अमेरिकामा शक्तिशाली आँधी, ट्रेन–ट्रयाक्टरमा क्षति, उडान अवरुद्ध

अमेरिकामा शक्तिशाली आँधी, ट्रेन–ट्रयाक्टरमा क्षति, उडान अवरुद्ध

बिहिबार, २६ फागुन २०७३

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बिहीबार गएको तीव्र गतिको शक्तिशाली आँधीले ठूलो विनाश गराएको छ। उक्त आँधीले ट्याक्टर, हवाइजहाज तथा ट्रेनसमेत क्षति पुर्याएको छ ।

पिताको हत्या भएको नामका छोराद्वारा स्वीकार

पिताको हत्या भएको नामका छोराद्वारा स्वीकार

बिहिबार, २६ फागुन २०७३

मलेसियामा हत्या भएका भनिएको उत्तर कोरियाली शासक किम जोङका सौतेनी दाई किम जोङ नामको हत्या भएको उनकै छोराले समेत स्वीकार गरेका छन्।

विमानस्थलबाट नक्कली पुलिसले फिल्मी शैलीमा अर्बौं लुटे

विमानस्थलबाट नक्कली पुलिसले फिल्मी शैलीमा अर्बौं लुटे

बिहिबार, २६ फागुन २०७३

दक्षिण अफ्रिकाको जोहनेसवर्ग विमानस्थलबाट एक लुटेरा समूहले अर्बौं नगद रकम लुटेका छन्। लुटेराहरुले पुलिसको पोशाकमा विमानस्थलमा पुगेर लुटेका थिए। विमानस्थलको कोही पनि छिर्न नपाउने ठाउँमा उनीहरु विना रोकटोक बसेका थिए।