"
‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी

‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी

शुक्रबार, ०१ पुष २०७३

हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोट साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

पुटिनको निर्देशमा अमेरिकी इमेल ह्याक!

पुटिनको निर्देशमा अमेरिकी इमेल ह्याक!

शुक्रबार, ०१ पुष २०७३

अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्ध संस्थाका इमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने काम भएको अमेरिकी गुप्तचर संस्था सिआइएले जनाएको छ।

छोटा लुगा लगाउन नदिएको भन्दै कर्मचारीको विरोध

छोटा लुगा लगाउन नदिएको भन्दै कर्मचारीको विरोध

शुक्रबार, ०१ पुष २०७३

इजरायली संसदमा काम गर्ने कर्मचारीले छोटा लुगाउन लगाउन पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्। सुरक्षा अधिकारीले अचानक आफ्ना समकक्षीलाई छोटो स्कर्ट लगाएर आएको भन्दै कार्यस्थलमा प्रवेश गर्न नदिएपछि बाँकी कर्मचारी आन्दोलित भएका हुन्।

सकारात्मक सोच्ने बढी बाँच्छन्

सकारात्मक सोच्ने बढी बाँच्छन्

बिहिबार, ३० मङि्सर २०७३

जीवनलाई सकारात्मक रुपले हेर्नेले सामान्यतः सकारात्मक कुरा नै हासिल गर्ने गरेको र यसले मानिसलाई लामो र सुखी जीवनयापनमा सहयोग पुर्‍याउने गरेको एउटा नयाँ अध्ययनले देखाएको छ। हार्वर्ड विश्वविद्यालयअन्तर्गतको टीएच चान स्कुल अफ पब्लिक हेल्थले गरेको अध्ययनमा यस्तो देखिएको हो।

चक्रवातमा परी भारतमा दशको मृत्यु

चक्रवातमा परी भारतमा दशको मृत्यु

मङ्गलबार, २८ मङि्सर २०७३

भारतको दक्षिणी क्षेत्रमा पर्ने प्रविधि केन्द्रको रुपमा चिनिएको चेन्नइमा आएको चक्रवातमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । प्रति घण्टा १४० किलोमिटरभन्दा बढी दरले आएको ‘भरदा’ नामक चक्रवातका कारण केही घरहरुमा क्षति पुगेको र विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जनाएका छन् ।

इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

मङ्गलबार, २८ मङि्सर २०७३

इराकको मोसुल सहरमा सैनिक कारबाही सुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजार भन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सोमबार जनाएको छ ।

अलेप्पोमा जित नजिक सेना

अलेप्पोमा जित नजिक सेना

मङ्गलबार, २८ मङि्सर २०७३

सिरियाली सैनिकले अलेप्पोको दक्षिणपूर्वी प्रमुख जिल्लाहरु सोमबार कब्जामा लिएको छ । विद्रोहीको नियन्त्रणमा ९० प्रतिशत रहेको सो क्षेत्रहरु सिरियाली सैनिकले नियन्त्रणमा लिएको मानव अधिकारी समूहले जानकारी दिएको छ ।

सिरिया द्वन्द्वको विषयमा रसिया र फ्रान्सबीच तनाव

सिरिया द्वन्द्वको विषयमा रसिया र फ्रान्सबीच तनाव

मङ्गलबार, २८ मङि्सर २०७३

सिरियामा जारी द्वन्द्व समाधान सम्बन्धमा रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई आतङ्कवादविरोधी अभियानमा सघाएको बताए पनि वास्तवमा आतङ्कवादी गतिविधि नियन्त्रणमा रसियाली कारबाही केन्द्रित नभएको फ्रान्सले बताएको छ ।

अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप भएको समाचार आधारहीनः क्रेमलिन

अमेरिकी निर्वाचनमा रसियाको हस्तक्षेप भएको समाचार आधारहीनः क्रेमलिन

मङ्गलबार, २८ मङि्सर २०७३

रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सीआईएको रिपोर्ट निराधार आरोपमात्रै भएको जनाएको छ ।

ट्रम्पको भनाइमा चीनको चासो

ट्रम्पको भनाइमा चीनको चासो

मङ्गलबार, २८ मङि्सर २०७३

राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको ‘एक चीन’ नीतिप्रतिको व्यक्त धारणालाई लिएर आफूहरु सशंकित भएको चीनले बताएको छ । अमेरिकाको औपचारिक नीतिमा उसले चीनसँग मात्र औपचारिक सम्बन्ध राख्नेछ नकि चीनले आफ्नो प्रान्त मान्दै आएको ताइवानसँग ।

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

सर्वसाधारणका लागि खुल्यो विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग

सोमबार, २७ मङि्सर २०७३

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सुचारु भएको छ। स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिकरुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरेका थिए।

कायरोको एक चर्चमा आक्रमण हुँदा २५ जनाको मृत्यु

कायरोको एक चर्चमा आक्रमण हुँदा २५ जनाको मृत्यु

सोमबार, २७ मङि्सर २०७३

इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा आक्रमण हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ। इजिप्टेली अधिकारीहरुले उक्त आक्रमणमा परी कम्तीमा ४९ जना घाइते भएका जनाएका छन्। क्रिस्मसको समय सुरु हुन लागेको बेला आक्रमण भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

ट्रम्पले भने–विदेशीलाई अमेरिकी जनताको रोजगारी खोस्न दिन्न

सोमबार, २७ मङि्सर २०७३

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एकपटक फेरि युवाहरुको रोजगारीको मुद्दा उठाएका छन्। अमेरिकी जनताको हितलाई जोड दिँदै ‘एचवानबी भिसा’ (जुन विभिन्न पेशमा आबद्ध व्यक्तिकालागि जारी गरिएको हुन्छ) प्रयोगकर्ता विदेशी कामदारले अमेरिकी स्थानीयलाई रोजगारीबाट बञ्चित गरेको आरोप लागिरहेका बेला ट्रम्पले अमेरिकी जनताको रोजगारी गुम्न नदिने बाचा गरेका हुन्।

एक चीन नीतिमा अमेरिका बाँधिएर नबस्ने ट्रम्पको चेतावनी

एक चीन नीतिमा अमेरिका बाँधिएर नबस्ने ट्रम्पको चेतावनी

सोमबार, २७ मङि्सर २०७३

अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका ‘एक चीन’ नीतिमा बाँधिएर बस्न हुने बताउका छन्। फक्स न्युजलाई दिएको एक अन्तर्वातामा राष्ट्रपति ट्रम्पले अमेरिका एक चीन नीतिमा बाँधिएर बस्नु आवश्यक नभएको बताएका हुन्। ट्रम्पको सो अभिव्यक्तिप्रति चीनले कुनै टिप्पणी गरेको छैन।

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

इस्तानबुल विस्फोटमा ३८ को मृत्यु

सोमबार, २७ मङि्सर २०७३

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम विस्फोटमा परी ३८ व्यक्तिको मृत्यु भएको छ ।

चर्चमा हमला, २६ ले ज्यान गुमाए

चर्चमा हमला, २६ ले ज्यान गुमाए

सोमबार, २७ मङि्सर २०७३

इजिप्टको राजधानी कायरोस्थित मुख्य गिर्जाघर कप्टिक क्रिस्चियन कथेड्रलको हातामा भएको विष्फोटनमा परि कम्तिमा २६ जना मारिएका छन् । आक्रमणले थप ३५ घाइते भएको इजिप्टका प्रहरी अधिकारीले जानकारी गराएका छन् । आइतबारको प्रार्थना समयमा मुख्य गिर्जाघरको छेउमा रहेको अर्को गिर्जाघरमा विष्फोट भएको थयो । इजिप्टका ईशाइ अल्पसंख्यकहरु बारम्बार इश्लामवादी लडाकुहरुको निशानामा पर्दै आएका छन् ।

इस्तानबुलमा बिस्फोट, २९ जनाको मृत्यु

इस्तानबुलमा बिस्फोट, २९ जनाको मृत्यु

आइतबार, २६ मङि्सर २०७३

टर्कीको सवै भन्दा ठूलो सहर इस्तानबुलको मध्यभागमा शनिबार राती भएको दुई वटा बम बिस्फोटमा परी २९ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटमा परी २७ प्रहरी अधिकृत र दुई सर्वसाधारणको मृत्यु भएको छ ।

दलाई लामा भ्रमण गरेको निहुँमा चीनद्वारा मंगोलियामा नाकाबन्दी

आइतबार, २६ मङि्सर २०७३

मंगोलियाले चीनले आफ्नो देशमाथि नाकाबन्दी गरेको जनाएको छ । दलाई लामाले एक हप्ता अघि मात्र मंगोलियाको भ्रमण गरेका थिए । चीनले अकस्मात गरेको नाकाबन्दीमा यही मुख्य कारण मानिएको छ ।

बुल्गेरियामा ग्यास बोकेका रेल विस्फोटमा पाँचको मृत्यु

बुल्गेरियामा ग्यास बोकेका रेल विस्फोटमा पाँचको मृत्यु

आइतबार, २६ मङि्सर २०७३

बुल्गेरियाको हिट्रिनो रेल स्टेसनमा ग्यास लिएर आएको एक रेल ट्र्याक बाहिर गएपछि दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । ग्याससहितको रेल दुर्घटना भएपछि ग्यास विस्फोट भएको र विस्फोटमा घटनास्थलमै चारजनाको मृत्यु भएको थियो भने घाइते एकजनाको उपचारका क्रममा मृत्यु भएको यहाँको गृह मन्त्रालयले जनाएको छ ।

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

कोलम्बियाली राष्ट्रपतिद्वारा नोबेल शान्ति पुरस्कार ग्रहण

आइतबार, २६ मङि्सर २०७३

पाँच दशक लामो गृहयुद्धलाई अन्त्य प्रयासमा ‘रिभोलुसनरी आर्मड् फोर्सस अफ कोलम्बिया’ (फार्क) समूहलाई शान्ति प्रक्रियामा ल्याउन सफल कोलम्बियाली राष्ट्रपति जुआन म्यानुअल सान्तोसले सन् २०१६को नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी आस्लोमा एक बृहत् कार्यक्रमकाबीच शनिबार ग्रहण गरेका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।