"
फुटबलको उपाधि सशस्त्रलाई

फुटबलको उपाधि सशस्त्रलाई

शनिबार, १६ पुष २०७३

सशस्त्र प्रहरीको एपिएफ क्लबले पुरुष फुटबलको स्वर्ण जित्दै पूर्वाञ्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा सुखद अन्त्य गरेको छ। धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सातौं खेलकुदको समापन समारोहसँगै आयोजित फाइनलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो।

अस्ट्रलिया इनिङले विजयी

अस्ट्रलिया इनिङले विजयी

शनिबार, १६ पुष २०७३

तीव्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरेपछि अस्टे्रेलियाले दोस्रो टेस्टको अन्तिम दिन शुक्रबार पाकिस्तानमाथि एक इनिङ र १८ रनको जित हात पार्दै तीन टेस्टको शंृखला २–० ले आफ्नो पक्षमा पारेको छ।

पदक तालिकामा आर्मी पहिलो

पदक तालिकामा आर्मी पहिलो

शुक्रबार, १५ पुष २०७३

पूर्वाञ्चलको विभिन्न शहरहरुमा आयोजित सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकाको शीर्षस्थानमा तीन वटै विभागीय टिमले कब्जा जमाएको छ।

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा, नवौं पश्चिमाञ्चलमा हुने

आठौं राष्ट्रिय खेलकुद मध्यपश्चिममा, नवौं पश्चिमाञ्चलमा हुने

शुक्रबार, १५ पुष २०७३

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अबको दुई बर्षपछि २०७५ मा मध्यपश्चिमाञ्चल क्षेत्रमा आयोजना हुने भएको छ।

श्रीलंकाको आत्मघाती गोलपछि नेपाल सेमिफाइनलमा

श्रीलंकाको आत्मघाती गोलपछि नेपाल सेमिफाइनलमा

शुक्रबार, १५ पुष २०७३

खेलको अन्तिम समूहमा श्रीलङकाले दिएको आत्मघाती गोल उपहारमा नेपाल भारतको सिलिगुडीमा जारी चौथो साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

खेल विकासमा अहोरात्र सुरेन्द्र

खेल विकासमा अहोरात्र सुरेन्द्र

शुक्रबार, १५ पुष २०७३

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङको घर इटहरी रंगशालाबाट मुश्किलले २ सय मिटरको दूरीमा छ। सुरेन्द्रले बाल्यकालदेखि फुटबल हान्ने कला निखारेको मैदानले सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, भलिबल, तेक्वान्दोलगायत खेल आयोजना गरिरहेको छ। उनको सहरले महिला क्रिकेटसहित सबैभन्दा बढी चार खेलको आयोजना बुधबार सम्पन्न गर्‍यो।

फाइनलमा आर्मी र एपिएफ

शुक्रबार, १५ पुष २०७३

अनिल मण्डलको अविजित ६२ रन मद्दतमा त्रिभुवन आर्मी क्लबले बिहीबार नेपाल पुलिस क्लबलाई ८ विकेटले पराजित गर्दै सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा पुग्यो। आर्मीले स्वर्ण पदकका लागि अब सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एपिएफले पनि मध्यमाञ्चललाई ८ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्‍यो।

श्रीलंकाविरुद्ध नयाँ खेलाडी मैदानमा

शुक्रबार, १५ पुष २०७३

नेपाली महिला राष्ट्रिय टोलीका प्रशिक्षक कुमार थापाले शुक्रबार श्रीलंका विरुद्धको खेलमा नयाँ खेलाडीलाई अवसर दिने बताएका छन्। भारतमा भैरहेको साफ च्याम्पियनसिपअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकासँग खेल्दैछ।

विजय युथको विजयी सुरुआत

शुक्रबार, १५ पुष २०७३

घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकपमा विजयी सुरुआत गरेको छ। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा विजय युथले सरस्वती युथ क्लब काठमाडौंलाई टाइब्रेकरमा ३–१ ले हरायो।

जिम्न्यास्टिकमा राजुले जिते ६ स्वर्ण

शुक्रबार, १५ पुष २०७३

एपिएफका राजु राईले सातौं राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा ६ स्वर्ण पदक जितेका छन्। धुलाबारीस्थित पासाङ ल्हामु कभर्ड हलमा सकिएको प्रतियोगितामा राजुले उत्कृष्ट नतिजा निकालेपछि एपिएफले सर्वाधिक १० स्वर्ण पदक जित्यो।

आर्मीको पोल्टामा ११ बक्सिङ स्वर्ण

आर्मीको पोल्टामा ११ बक्सिङ स्वर्ण

शुक्रबार, १५ पुष २०७३

सातौं राष्ट्रिय खेलकुदको बक्सिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लब पदक तालिकाको शीर्ष स्थान कब्जा गर्न सफल भएको छ। भद्रपुरस्थित मेची रंगशालामा बिहीबार अन्तिम दिन आर्मीले ११ स्वर्ण पदक, ६ रजत र २ कांस्य पदक जितेर आफूलाई बक्सिङमा अब्बल साबित गरेको छ।

आर्मी फाइनल प्रवेश

आर्मी फाइनल प्रवेश

बिहिबार, १४ पुष २०७३

नेपाल आर्मी जारी साताैं राष्ट्रिय खेलकुद अन्र्तगतको पुरुष फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार मध्यमाञ्चल क्षेत्रलाई सडन डेथमा ७–६ गोलअन्तरले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो।

पुकारको नयाँ राष्ट्रिय कीर्तिमान

बिहिबार, १४ पुष २०७३

सातौं राष्ट्रिय खेलकुद २०७३ अन्तर्गत भारोत्तोलनका विभिन्न प्रतिस्पर्धाको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ। राजविराजमा चार दिन भएको भारोत्तोलन प्रतिस्पर्धामा दैनिक नयाँ राष्ट्रिय कीर्तिमान बने।

भलिबलमा १५ वर्षपछि आर्मीको स्वर्ण

भलिबलमा १५ वर्षपछि आर्मीको स्वर्ण

बिहिबार, १४ पुष २०७३

अनुभवी विभागीय टोली आर्मीको पुरुष भलिबल टोलीले १५ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको छ। बुधबार आर्मीले एपिएफलाई ३–२ सेटमा हराउँदै स्वर्ण जित्यो। पछिल्लो पटक आर्मीले नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थियो।

सेनालाई तेक्वान्दोमा ११ स्वर्ण

बिहिबार, १४ पुष २०७३

नेपाल प्रहरीका निश्चलमान श्रेष्ठ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत तेक्वान्दोमा सहभागी हुँदा स्वास्थ्यले साथ नदेला र खेल्नै नपाइने हो कि भनेर चिन्तित थिए। स्वास्थ्यमा कुनै समस्या नआएपछि उनले स्वर्ण पदक ताकेर पुरुषतर्फको ७४ केजीमुनि तौल समूहमा सहभागी भए। नभन्दै उनले चिताए अनुसार स्वर्ण पदक नै जितिछाडे।

मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा

मध्यमाञ्चल र पुलिस सेमिफाइनलमा

बिहिबार, १४ पुष २०७३

हरिशंकर शाहको अलराउन्ड प्रदर्शनमा मध्यमाञ्चलले सातौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा बुधबार नेपाल पुलिस क्लबलाई ९ रनले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। पुलिस क्लबमाथि ९ रनको जित दिलाउन मध्यमाञ्चलका हरिशंकरले २२ रन योगदान गरे भने २ विकेट पनि आफ्नो नाममा लेखाएका थिए।

सेनाका बक्सरले लगे ५ स्वर्ण

बिहिबार, १४ पुष २०७३

झापाको चन्द्रगढीस्थित मेची रंगशालामा भइरहेको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बक्सिङमा बुधबार त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण पदक जितेको छ। ३ स्वर्ण पदकसहित सशस्त्र प्रहरीको एपिएफ क्लबले आर्मीलाई पछ्याइरहँदा मध्यमाञ्चलले १ स्वर्ण हात पारेको छ।

ब्याडमिन्टनमा आर्मीलाई ६ स्वर्ण

बिहिबार, १४ पुष २०७३

६ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थान ओगट्दै विभागीय टोली  त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदअर्न्तगत ब्याडमिन्टनमा बर्चश्व कायम गरेको छ। झापाको काँकडभिट्टामा बुधबार सकिएको ब्याडमिन्टन प्रतियोगितामा ७ स्वर्णमध्ये आर्मी एक्लैले ६ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो।

एपिएफ पुरुष फुटबलको फाइनलमा

एपिएफ पुरुष फुटबलको फाइनलमा

बिहिबार, १४ पुष २०७३

सशस्त्र प्रहरीको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअर्न्तगत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। एपिएफले बुधबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो।

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

माल्दिभ्सविरुद्ध नेपालको ९ गोल, सावित्राकोमात्रै ५ गोल

बुधबार, १३ पुष २०७३

भारतको सिलगुढीमा भइरहेको चौथो साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध ९-० गोलले पराजित गरेको छ। नेपालका लागि सावित्रा भण्डारीले पहिलो हाफमै ३-० गोलको अग्रता दिलाएको थियो। उनले दोस्रो हाफमा ५० र ६३ मिनेटमा दुई गोल थपे।