"
नयाँ च्याम्पियन खोज्दै ढोरपाटन

नयाँ च्याम्पियन खोज्दै ढोरपाटन

शनिबार, ०८ माघ २०७३

उपाधिमा दावेदारी प्रस्तुत गर्दै रिड मोडलले १२औं ब्लु स्काई ढोरपाटन डबल लिग महिला भलिबलको अन्तिम दिन शनिबार साबिक विजेता एपिएफ र न्यु डायमन्ड एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएको छ।

रोयल फाइटर अन्तिम आठमा

शनिबार, ०८ माघ २०७३

सन्दीप जोराको ९१ रनप्रेरित रोयल पिसी फाइटरले शुक्रबार बालुवाटार क्रिकेट क्लबलाई १ सय १४ रनले पराजित गर्दै खुकुरी च्यालेन्जर कपको क्वाटरफाइनलमा स्थान बनाएको छ। समूह ‘सी’मा लगातार तेस्रो जित निकाल्दै ६ अंक बटुलेकोे रोयल फाइटरले शीर्ष टोलीको हैसियतमा अन्तिम ८ को यात्रा तय गरेको हो। समूहका अन्य सबै टोलीले १ खेल खेले पनि अंक जोड्न सकेका छैन।

शीर्ष खेलाडीहरुको जित

शीर्ष खेलाडीहरुको जित

शनिबार, ०८ माघ २०७३

एन्डी मरेले ६ पटकका च्याम्पियन नोभाक जोकोभिच वाहिरिएको भोलीपल्ट शुक्रबार जायन्ट किलर साम क्वेरीको चुनौती सोझो सेटमा पन्छाउँदै पहिलो पटक अस्ट्रेलियन ओपन जित्ने आश जीवित राखेका छन्।

कर्णको ह्याट्रिकमा झापाको सहज जित

कर्णको ह्याट्रिकमा झापाको सहज जित

शुक्रबार, ०७ माघ २०७३

कर्ण सुब्बाको ह्याट्रिकमा झापा–११ ले पाहुना टोली एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)माथि सहज जित निकाल्दै आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा बिहीबार झापा–११ ले एएनएमाथि ४–१ ले विजयी भएको हो।

ढोरपाटनमा एपिएफ अगाडि

शुक्रबार, ०७ माघ २०७३

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई बिहीबार ३- को सोझो सेटमा पराजित गर्दै ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

सेनाको भलिबल र म्याराथन यसैमहिना

शुक्रबार, ०७ माघ २०७३

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आइतबार सुरु हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले सेना र नागरिकबीच सम्बन्ध प्रगाढ बनाउने लक्ष्यले भलिबलसँगै माघ २९ गते खुला म्याराथन प्रतियोगिता गर्ने जानकारी दिए।

जोकोभिच र राडवान्स्का स्तब्ध

जोकोभिच र राडवान्स्का स्तब्ध

शुक्रबार, ०७ माघ २०७३

नोभाक जोकोभिचले करियरको सबैभन्दा स्तब्धतापूर्ण नतिजा सामना गर्ने क्रममा बिहीबार अस्ट्रेलियन ओपनको दोस्रो चरणमा १ सय १७ औं वरियताका उज्बेक खेलाडी डेनिस इस्टोमिनसँग पराजित भएका छन्।

सर्लाहीको लगातार दोस्रो हार

शुक्रबार, ०७ माघ २०७३

आरती बिडारीको २१ रन प्रेरित काठमाडौंले कलैयामा जारी ट्वान्टी–२० महिला त्रिकोणीय क्रिकेट प्रतियोगितामा बिहीबार सर्लाहीमाथि ७ विकेटको जित हासिल गरेको छ। सोबिज मिडिया ग्रुप बिपी स्मृती कपअन्तर्गत कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सर्लाहीले १८.१ ओभरमा सबै विकेट गुमाउँदा ६९ रन बनाएको थियो।

रिड मोडलशीर्षमा, एपिएफ दोस्रो स्थानमा

रिड मोडलशीर्षमा, एपिएफ दोस्रो स्थानमा

बिहिबार, ०६ माघ २०७३

ढोरपाटन ब्लु स्काई टिभिएस डबल लिगमहिलाभलिबलप्रतियोगितामाउपाधिकोदाबेदार टोली रिड मोडल, सशस्त्रप्रहरी बलको एपिएफ र न्यू डायमन्ड स्पोर्ट्स एकेडेमीले बुधबार जितहासिल गरेका छन्।

खेलाडी छनौटको विरोध

बुधबार, ०५ माघ २०७३

राष्ट्रिय खेलकुद परिषद्ले सन् २०१८ मा हुने विश्वकप खेलको लागि राष्ट्रिय प्रतियोगिता विना नै खेलाडी छनौट गरेकोमा जिल्ला क्रिकेट संघ महोत्तरीले विरोध जनाएको छ।

पुलिस रुस्लान कप विजेता

बुधबार, ०५ माघ २०७३

दीपेन्द्र ऐरीले अविजित ४२ रन जोडेपछि नेपाल पुलिस क्लबले दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

एसी मिलानको पुनरागमन

बुधबार, ०५ माघ २०७३

दुई गोलले पछि परेको एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै सोमबार लिग खेलमा टोरिनोसँग २–२ को बराबरी गरेको छ। बराबरीसँगै सिरी ‘ए’ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको मिलानले युरोपियन च्याम्पिनसिपमा छनोट हुने आशा जीवित राखेको छ।

केन्याविरुद्ध खेलाडीका लागि छनोट

बुधबार, ०५ माघ २०७३

आइसिसी विश्व क्रिकेट लिग डिभिजनमा केन्याविरुद्धको खेलका लागि मंगलबार ५२ खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको छ । ५२ खेलाडीलाई ४ समूहमा विभाजन गरेर बिहीबारदेखि राउन्ड रोबिन आधारमा छनोट खेल आयोजना गरिने राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले बताए।

डे’भिलियर्स न्युजिल्यान्ड नजाने

बुधबार, ०५ माघ २०७३

दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डे’भिलियर्सले आगामी मार्चमा न्युजिल्यान्डविरुद्ध हुने ३ टेस्टको शृंखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्। तर उनले आफूले तत्काल टेस्ट क्रिक्रेटबाट संन्यास भने नलिने बताएका छन्।

सुदूरपश्चिममाथि सहाराको सहज जित

सुदूरपश्चिममाथि सहाराको सहज जित

बुधबार, ०५ माघ २०७३

अफ्रिकी मूलका खेलाडी हाबी हुँदा आयोजक सहारा क्लबले पोखरामा मंगलबार सुरु आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ। सहाराले सुदूरपश्चिम स्पोर्टिङ क्लबमाथि ४–० को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो।

ढोरपाटनले उदांगियो महिला भलिबल

ढोरपाटनले उदांगियो महिला भलिबल

मङ्गलबार, ०४ माघ २०७३

नेपाली भलिबलको दुरावस्था छरपस्ट पार्दै राजधानीको स्वयम्भूस्थित रिड मोडल कलेजले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो हाफमा स्पष्ट अग्रता लिएको छ। बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा सोमबार पहिलो चरणको राउन्ड रोबिन लिग सम्पन्न हुँदा नेपाली महिला भलिबलका सबै महारथी भारतीय खेलाडीप्रेरित रिड मोडलको सिकार भए।

आहा-रारामा सुदूरपश्चिम र सहाराबीच पहिलो भेट

मङ्गलबार, ०४ माघ २०७३

सुदूरपश्चिम-११ स्पोर्टिङ क्लब र आयोजक सहाराबीच आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणमा पहिलो खेल हुँदैछ। यहाँको रंगशालामा मंगलबार हुने उद्घाटन खेलमा दुुवै टोली एकअर्कासँग पहिलोपटक खेल्दैछन्।

फाइनलमा दुई विभागीय टोली

फाइनलमा दुई विभागीय टोली

मङ्गलबार, ०४ माघ २०७३

दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको मंगलबार हुने फाइनलमा स्थान सुरक्षित गरेका छन्। त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न सेमिफाइनलमा विजय हासिल गर्दै पुलिस र आर्मीले फाइनलमा आपसी भिडन्त पक्का गरेका हुन्।

अविनाशको आक्रामक अर्धशतक

मङ्गलबार, ०४ माघ २०७३

चन्द ब्रदर्स र ओसिस क्रिकेट एकेडेमीले खुकुरी च्यालेन्ज ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा सोमबार जित हासिल गरेका छन्। भक्तपुरस्थित आर्मी स्कुल मैदानमा चन्द ब्रदर्सले आइओई पुल्चोकलाई ५ रनले पराजित गर्‍यो। अर्को खेलमा ओसिस क्रिकेटले पान्डाज्लाई ९९ रनले हरायो।

न्युजिल्यान्डको सनसनीपूर्ण जित

न्युजिल्यान्डको सनसनीपूर्ण जित

मङ्गलबार, ०४ माघ २०७३

कप्तान केन विलियम्सनले करियरको १५ औं सतक प्रहार गरेपछि न्युजिल्यान्डले सोमबार अन्तिम दिन उत्कृष्ट पुनरामगनमा बंगलादेशविरुद्ध पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।