"

आर्मीको कठिन जित

सोमबार, ११ मङि्सर २०७४

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब झापाली मैदानमा जीतको यात्रालाई निरन्तरता दिँदै मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनल पुग्न सफल भएको छ । आइतबार सुदूर पश्चिमविरुद्ध टाई–ब्रेकरमा ३–० को संघर्षपूर्ण जीत निकाल्दै आर्मीले सेमिफाइनलमा अर्को विभागीय टोली नेपाल पुलिसँगको भेट पक्का गरेको हो ।

नेपालद्वारा चीन ५० रनले पराजित

आइतबार, १० मङि्सर २०७४

आइसिसी महिला टि– २० विश्वकप छनोट एसियाको आफ्नो अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

मेसीको सम्झौता नवीकरण

मेसीको सम्झौता नवीकरण

आइतबार, १० मङि्सर २०७४

बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसीले आफ्नो भविष्य बारे महिनौ देखि जारी अन्योल चिर्र्दै शनिबार क्लबसँगको सम्झौता थप चार वर्ष लम्बाएका छन् ।

नेपालको पहिलो जित

शनिबार, ०९ मङि्सर २०७४

वर्षाले प्रभावित गरिरहेको आइसिसी विश्वकपअन्तर्गत एसिया छनोट क्रिकेटमा नेपालले पहिलो जित हासिल गरेको छ। ओपनर सीता रानामगर र ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले आयोजक मलेसियालाई ३३ रनले हरायो।  प्रतियोगिताको सुरुआती दुई खेल वर्षाले प्रभावित हुँदा नेपालले अंक बाँड्नुपरेको थियो।

रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर

रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर

शनिबार, ०९ मङि्सर २०७४

एसी मिलान र रियाल मड्रिडका पूर्वस्ट्राइकर रोबिन्होलाई सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै बिहीबार इटालीको एक अदालतले नौ वर्षको जेल सजाय सुनाएको छ। ब्राजिली स्ट्राइकर रोबिन्होलाई सन् २०१३ मा भएको उक्त घटनामा संलग्न भएको ठहर गर्दै उक्त सजाय सुनाइएको हो । उनीमाथि अल्बानियाकी २२ वर्षे एक युवतीमाथि बलात्कार गरेका आरोप लागेको थियो । सजाय सुनाउँदा उनी अदालतमा अनुपस्थित थिए । सो समयमा उनी सिरी ‘ए’ क्लब मिलानबाट व्यावसायिक खेल खेल्न इटालीमा थिए।

हारे पनि आर्सनल अन्तिम ३२ मा

हारे पनि आर्सनल अन्तिम ३२ मा

शनिबार, ०९ मङि्सर २०७४

आर्सनलले कोलोनसँग पराजित भए तापनि युरोपा लिगको अन्तिम ३२ मा स्थान पक्का गरेको छ। बिहीबार सम्पन्न समूह ‘एच’ को खेलमा आर्सनलले कोलोनलाई १–० को नतिजा सुम्पिएको हो। ६२औं मिनेटमा सेरोउ ग्युरासेले पेनाल्टीमा गरेको गोल कोलोनको जितका लागि पर्याप्त बनेको थियो।

ब्राजाली फरवार्ड रविन्हो बलात्कारी ठहर, ९ वर्ष काराबासको सजाय

ब्राजाली फरवार्ड रविन्हो बलात्कारी ठहर, ९ वर्ष काराबासको सजाय

शुक्रबार, ०८ मङि्सर २०७४

इटालीको एक अदालतले ब्राजिलको राष्ट्रिय फुटबल टोलीका फरवार्ड रोविन्होलाई सामुहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ। सन् २०१३ मा रविन्होसहित अन्य पाँच जनाले डिस्कोमा रक्सी पिएर एक अल्बानियाली महिलालाई बलात्कार गरेको घटनामाथि इटालीको अदालतले बिहीबार फैसला सुनाएको हो।

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

फिफा वारियतामा नेपाल छ स्थान माथि उक्लियो

शुक्रबार, ०८ मङि्सर २०७४

विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको नयाँ फिफा बरियतामा नेपाल छ स्थानमाथि उक्लिएको छ । नयाँ बरियताअनुसार नेपालले छ स्थान सुधार गर्दै १७० औँ स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमा नेपाल चौथो स्थानमा छ । १०५औँ स्थानमा यथावत रहेको भारत शीर्ष स्थानमा छ ।

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

आइसीसी महिला टि–२० : मलेशियाविरुद्ध नेपालको सहज जीत

शुक्रबार, ०८ मङि्सर २०७४

शुक्रवार थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित हासिल गरेको हो । पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो ।

बार्सिलोना र चेल्सी अन्तिम १६ मा

बार्सिलोना र चेल्सी अन्तिम १६ मा

शुक्रबार, ०८ मङि्सर २०७४

बार्सिलोना र चेल्सीले बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको दिन बासेलसँग स्तब्ध भएपछि म्यानचेस्टर युनाइटेडले अघिल्लो चरण प्रवेशका लागि अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ ।

नेपाल ५ रनले पराजित

शुक्रबार, ०८ मङि्सर २०७४

संयुक्त अरब इमिरेट्स (युएई) सँग बिहीबार ५ रनले पराजित भएसँगै नेपालको आइसिसी महिला ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटमा स्थान बनाउने सम्भावना थप कमजोर बनेको छ ।

रूपन्देही सेमिफाइनलमा

शुक्रबार, ०८ मङि्सर २०७४

एपिएफलाई ३–१ ले पराजित गर्दैैै अग्नि रुपन्देही ११ बिहीबार मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै रूपन्देही एपिएफसँग झापाली मैदानमा केही समयअघि भएको दुधे गोल्डककोे पराजयको पनि बदला लिन सफल भएको छ ।

रियालको जितमा रोनाल्डोको २ गोल

बिहिबार, ०७ मङि्सर २०७४

स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको दुई गोलप्रेरित साबिक विजेता रियाल मड्रिडले मंगलबार एपोइलमाथि ६–० को सहज जित हात पार्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ।

पुलिस क्लब सेमिफाइनलमा

बिहिबार, ०७ मङि्सर २०७४

भारत कोलकाताको सुवाषचन्द्र ब्वाइज क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपाल पुलिस क्लब मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा बुधबार अन्तिम चारमा पुगेको छ।  कोलकाताविरुद्धको एकतर्फी जितमा पुलिसका तीर्थ रानाले दुई र भोला सिलवाल एवं तेज तामाङले समान १ गोल गरेका थिए । प्रारम्भदेखि नै आक्रामक पुलिसले १०औं मिनेटमै तीर्थको गोलमा अग्रता लिएको थियो । रवि पासवानले दिएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए।

अस्ट्रेलियाली प्रशिक्षकद्वारा राजीनामा

अस्ट्रेलियाली प्रशिक्षकद्वारा राजीनामा

बुधबार, ०६ मङि्सर २०७४

अस्ट्रेलियाका फुटबल प्रशिक्षक एन्जे पोस्टेकोग्लुले बुधबार पदबाट राजीनामा दिएका छन्। अस्ट्रेलियाली टोलीलाई सन् २०१८ को रूस विश्वकपमा छनोट गराएको एक सातापछि पोस्टेकोग्लुले राजीनामा दिएका हुन् । एसियाली प्लेअफमा सिरियालाई पराजित गरेको अस्ट्रेलियाले अन्तरमहादेशीय प्लेअफमा होन्डुरसलाई पराजित गर्दैै  विश्वकपको टिकट काटेको थियो।

राम र धर्मलाई काँस्य

बुधबार, ०६ मङि्सर २०७४

नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले थाइल्यान्डमा भएको बैंकक म्याराथनमा कांस्य जितेका छन् । दुवैले फुल म्याराथनमा पदक जितेका हुन्।

एसियाली म्याराथनमा गोपी र होम

बुधबार, ०६ मङि्सर २०७४

चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा नेपालबाट दुई धावकले प्रतिस्पर्धा गर्ने भएका छन्। गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठल नोभेम्बर २६ तारिखमा हुने म्याराथनमा दौड्न लागेका हुन्।

आइसिसी वर्ल्ड क्रिकेट लिगका लागि नेपाली खेलाडी छनौट

बुधबार, ०६ मङि्सर २०७४

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप खेल्न नेपाली टोलीको छनौट गरिएको छ। बुधबार छनौट भएका २० खेलाडीमा राम्रो ब्याटिङ फर्ममा रहेका नेपाल यु-१९ टोलीका अनिलकुमार शाहसमेत परेका छन्।

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

बुधबार, ०६ मङि्सर २०७४

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

कोहलीको पचासौं शतक

कोहलीको पचासौं शतक

मङ्गलबार, ०५ मङि्सर २०७४

कप्तान विराट कोहलीले ५०औं शतक पूरा गरेको दिन भारतले सोमबार श्रीलंकाविरुद्धको पहिलो टेस्ट बराबरीमा टुंग्याएको छ ।