"
महिनौंदेखि सिटामोलसमेत छैन

महिनौंदेखि सिटामोलसमेत छैन

बुधबार, २२ मङि्सर २०७३

स्वाथ्यमन्त्री गगन थापा विभिन्न स्वास्थ्य प्रतिष्ठानहरुको दौडाहामा जाँदा आफूलाई ‘तत्कालै सकरात्मक नतिजा चाहिएको’ बताउँदै स्वास्थ्यकर्मीहरुलाई लगातार निर्देशन दिइरहेका छन् । तर, उनले नेतृत्व गरिरहेको मन्त्रालयको कार्यसम्पादन चाहिँ यति कमजोर छ कि सरकारी अस्पतालहरु महिनौंदेखि औषधिविहीन अवस्थामा छन् । स्वास्थ्य मन्त्रालयको लापरबाहीकै कारण औषधि अभावको समस्या चुलिएको छ ।

उपाध्यक्ष न्यौपाने माथि गोली प्रहार गरेको आरोपमा यादव पक्राउ

बुधबार, २२ मङि्सर २०७३

गोली प्रहार गरेको अभियोगमा रुपन्देही सिपवा–५ बस्ने ३५ वर्षीय बिरेन्द्र यादवलाई प्रहरीले कटुवा पेस्तोल १ थान ,सोको गोली १ राउण्ड र लु.२८ प १२६४ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको छ।

दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला

दाहालको दवाबमा बी एन्ड सीलाई सम्बन्धनको बाटो खुला

बुधबार, २२ मङि्सर २०७३

मन्त्रिपरिषदका यसअघिका निर्णय तथा डा.गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो दवाबमा नेपाल मेडिकल काउन्सिलले झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बधन दिन बाटो खुला गरिदिएको छ।

फेसबुकबाट प्रेम, भेटेपछि पछुतो

फेसबुकबाट प्रेम, भेटेपछि पछुतो

बुधबार, २२ मङि्सर २०७३

पछिल्लो समय सामाजिक सञ्जालले विश्वलाई जोडेको छ। साथी बन्ने, फलो गर्ने र सामाजिक, सांस्कृतिक, वैश्विक घटना वा अवस्थामा विचार–विमर्श हुने माध्यम बनेको छ— सामाजिक सञ्जाल। यसले सदियौंदेखि समाजमा जरा गाडेको विकृति, विसंगति, कुरीतिलाई उजागर गर्न पनि सघाएको छ। यो सकारात्मक पाटोसँगै यसले केही विकृति पनि भित्र्याएको छ।

धौलागिरिबाट लाइसेन्स वितरण हुने

बुधबार, २२ मङि्सर २०७३

चार वर्षदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले नीति परिमार्जन गरेसँगै धौलागिरिमा रोकिएको लाइसेन्स वितरण सुरु गर्ने तयारी भएको धौलागिरि अञ्चल यातायात व्यवस्था कार्यालय बाग्लुङले जनाएको छ।

पुनर्निर्माण प्राविधिक पुनः आन्दोलित

बुधबार, २२ मङि्सर २०७३

भूकम्पले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडितको आवास पुनर्निर्माणमा सघाउन खटिएका प्राविधिक माग पूरा नभएको भन्दै दोस्रोपटक आन्दोलनमा उत्रिएका छन्। पूर्ववत ६ बुँदे माग अघि सार्दै उनीहरूले काम ठप्प पारेका छन्।

डेढ अर्बमा सिँगारिँदै बागमती किनार

बुधबार, २२ मङि्सर २०७३

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीको किनार सिँगार्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गर्दैछ। प्राचीन सभ्यताको मुहान बागमती वरपरको दुर्गन्धित क्षेत्र सुन्दर बनाउन समितिले यो रकम खर्चिन लागेको हो।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजाबारे छानबिन जारी

बुधबार, २२ मङि्सर २०७३

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्कूल अफ मेडिसिन अन्र्तगतको एमबिबिएस कार्यक्रम सातौ समूह २०७३/७४ को प्रवेश परीक्षाको नतिजा प्रकाशनमा लार्पवाहि गरेको पाइएको छ। मंसिर १५ गते नतिजा प्रकाशन गर्दा विद्यार्थीको रोल नम्बर उत्तरपुस्तिकाको कोड नम्बरसँग नमिलेपछि कोडिङ डिकोडिङमा प्राविधिक समस्या देखाउँदै मंसिर १८ गते विहान प्रतिष्ठानले पुनः नतिजा सार्वजनिक गरेको थियो।

हाकुपटासीमा स्विडेनी ‘मैचा’

हाकुपटासीमा स्विडेनी ‘मैचा’

बुधबार, २२ मङि्सर २०७३

आधुनिक पहिरनको प्रभाव बढेसँगै भक्तपुरमा परम्परागत हाकुपटासी (कालो फरिया) मा सजिएका नेवारी महिला हत्तपत्त देख्न पाइँदैन।

सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्षमाथि गोली प्रहार

मङ्गलबार, २१ मङि्सर २०७३

भैरहवाको गल्लामण्डीमा केही बेर अघि गोली चलेको छ। सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेलाई लक्षित गरी गोली हानिएको हो।

शिक्षा कार्यालयको गाडीमा हतियारको गोली

मङ्गलबार, २१ मङि्सर २०७३

जाजरकोटमा एक सरकारी गाडीमा अत्याधुनिक हतियारको गोली भेटिएको छ। जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनन्जय आचार्य र श्रोत व्यक्ति टेकवहादुर थापालाइ विद्यालय अनुगमनका लागि जिल्लाको पश्चिमी बजार थलहमा पुर्‍याएर फर्कदै गरेको गाडीलाइ सीमा गाविस १ छेडा बजारमा प्रहरीले जाँच गर्दा गाडीमा दुइ सय पाँच राउन्ड गोली भेटिएको प्रहरीले जनाएको छ।

फर्म कम्पनीमा आगलागी

मङ्गलबार, २१ मङि्सर २०७३

सुनसरीको दुहवी भलुवा नगरपालिका वाड नं ४ मा रहेको हनुमन्त ओली इन्ड्रस्ट्रिजमा आगलागी भएको छ। फर्म उत्पादन गर्दै आएको उक्त कम्पनीमा साँझ ६ बजे देखि लागेको हो।

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

ठमेलमा 'चरेश बेच्ने प्रहरी' खोज्दै ब्युरो

मङ्गलबार, २१ मङि्सर २०७३

लागूऔषध नियन्त्रण ब्युरोका अधिकारी सोमबार अपरान्हदेखि ठमेलमा चरेश बेच्ने प्रहरीको खोजीमा सक्रिय छन्। ब्युरोले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेका टर्कीस नागरिकको बयानको आधार आफुलाई प्रहरी बताउने चरेश विक्रेताको खोजी तिब्र पारेको हो।

आमाको किरिया बसेका दुई बालबालिकाको शिक्षामा सहयोग

मङ्गलबार, २१ मङि्सर २०७३

आमाको किरियामा रहेका दुई बालिकाको शिक्षाका लागि थप रु दुई लाख १२ हजार सहयोग प्राप्त भएको छ।

प्रदेश सीमाना हेरफेरको विरोधमा गुल्मीमा उल्टो हिडेंर प्रदर्शन

मङ्गलबार, २१ मङि्सर २०७३

सरकारले ५ नं. प्रदेश विखण्डन गरि पहाडी जिल्लालाई तराइबाट अलग गराइएको बिरुद्धमा एकहप्ता देखि आन्दोलित बनेका गुल्मीबासीले तम्घासमा उल्टो जुलुस प्रदर्शन भएको छ।

चरेससहित टर्किस नागरिक पक्राउ

मङ्गलबार, २१ मङि्सर २०७३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो चरेससहित टर्किस नागरिक पक्राउ परेका छन्।

बिएस्सी दोस्रो वर्षको परीक्षाफल प्रकाशित

मङ्गलबार, २१ मङि्सर २०७३

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ।

सवारी दुर्घटनामा तीनको मृत्यु

मङ्गलबार, २१ मङि्सर २०७३

बेग्लाबेग्लै दुर्घटनामा मंगलबार तीनजनाकाे मृत्यु भएकाे छ। चितवन रत्ननगर नगरपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गमा बुधबार पर्सा मटिहानी–५ बस्ने ३५ बर्षीय रामेश्वर मुखिया बिनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको छ।

नापी सर्वेक्षक पाँच हजार घुससहित पक्राउ

मङ्गलबार, २१ मङि्सर २०७३

अख्तिार दुरुपयोग अनुसन्धान आयोगको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाको टोलीले नापी कार्यालय कलैया, बारामा कार्यरत एक नापी सर्वेक्षकलाई सेवा ग्राहीबाट घुस लिँदालिँदै मंगलबार पक्राउ गरेको छ।

क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

मङ्गलबार, २१ मङि्सर २०७३

क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन्।