"

‘लाभकर नतिरी एनसेललाई फोर–जी नदिनू’

बुधबार, १२ माघ २०७३

संसदको सार्वजनिक लेखा समितिले एनसेलले पुँजीगत लाभ कर नतिरेसम्म फोर–जीलगायत अन्य सेवा सञ्चालन अनुमति र सुविधा नदिन सरकारलाई निर्देशन दिएको छ।

ऋण दिनयोग्य रकम ४२ अर्ब मात्र

बुधबार, १२ माघ २०७३

२८ वाणिज्य बैंकहरुसँग ऋण दिन सक्ने रकम ४१ अर्ब ६१ करोडमात्र छ। सबै बैंकको लगानीयोग्य पुँजी संकलन गर्ने हो भने एउटा ठूलो आयोजना निर्माणका लागि मात्र लगानी जुटन सक्ने अवस्था छ।

इन्धन भण्डारण क्षमता बढाउन ५७ अर्ब माग

बुधबार, १२ माघ २०७३

नेपाल आयल निगमले तीन महिनासम्म मुलुकको माग धान्ने इन्धन अटाउने भण्डार बनाउन सरकारसँग ५७ अर्ब रुपैयाँ माग गरेको छ। तीन महिनालाई धान्ने गरी इन्धन भण्डारण गर्ने व्यवस्था मिलाउन सरकारले दिएको निर्देशन कार्यान्वयन गर्ने कदमस्वरुप निगमले सरकारसामु यस्तो प्रस्ताव पेस गरेको हो।

रोजगारीको लागि भारत जान पनि अनुमति लिनु पर्ने

रोजगारीको लागि भारत जान पनि अनुमति लिनु पर्ने

मङ्गलबार, ११ माघ २०७३

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारको बीमा सुविधा विस्तार हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज अन्तराष्ट्रिय श्रम बजारमा रहेका नेपालीहरुको बीमा बारे नयाँ घोषणा गर्दै सुविधामा विस्तार गरेका हुन्। सरकारले पहिलो पटक रोजगारीको लागि भारत जाने सबै बालिग नागरिकहरुको अनिवार्य बीमा हुने नयाँ व्यबस्था गरेको छ।

हिमपात नहुँदा स्याउ नर्सरी कृषक मर्कामा

मङ्गलबार, ११ माघ २०७३

'मेरो नर्सरीमा ६ हजार पाँच सय स्याउका विरुवा छन। तर कृषि विकास कार्यालयले हिउँ नपरेको र विरुवा लगाउन नसकिने भन्दै खरिद नगरे पछि कार्यालयकै मुल्य अनुसार २ लाख ६० हजार रुपैयाँ बराबरको विरुवा खेर जाने भयो', कार्कीवाडा गाविस वडा नम्बर ६ का स्याउ नर्शरी कृषक सक्क बुढाले चिन्ता व्यक्त गरे।

शनिबारसम्म चिनियाँ जहाज काठमाडौँ आउने

शनिबारसम्म चिनियाँ जहाज काठमाडौँ आउने

मङ्गलबार, ११ माघ २०७३

नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिए ।

हरियो चियापत्तीको मूल्य तोकिँदै

हरियो चियापत्तीको मूल्य तोकिँदै

मङ्गलबार, ११ माघ २०७३

हरियो चिया पत्ती टिप्ने सिजन सुरु हुन २ महिना बाँकी रहँदा अर्गानिक उत्पादक चिया उद्योगले मूल्य निर्धारण गर्न थालेका छन् । पहाडी क्षेत्रमा नन्अर्गानिक चियाको मूल्यमा छोटो समयमै उतारचढाव आउने गरेपनि अर्गानिक उत्पादकले किसानलाई दिने हरियो पत्तीको मूल्य प्रायः उही दरमा हुन्छ ।

बैंकमा कर्जा बढ्यो, निक्षेप घट्यो

मङ्गलबार, ११ माघ २०७३

बैंकले निक्षेपको ब्याजदर बढाउँदा पनि रकम संकलन हुन सकेको छैन। तर, कर्जाको माग भने अत्यधिक बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने निक्षेपभन्दा कर्जा प्रवाह निकै बढेको देखिन्छ।

अप्टिकल फाइबर बिछ्याउने काम तीव्र गतिमा

मङ्गलबार, ११ माघ २०७३

नेपाल दूरसञ्चार प्राधिकरणले (एनटिए) पहाडी लोकमार्गलाई तीन खण्डमा विभाजन गरेर अप्टिकल फाइबर बिछ्याउने  काम तीव्र गतिमा अघि बढाएको छ। दुई वर्षभित्र प्रत्येक सदरमुकाममा अप्टिकल फाइबरबाट इन्टरनेट सेवा दिने उद्देश्यले काम भइरहेको एनटिएले जनाएको छ। एनटिएका अनुसार तीन खण्डमा अप्टिकल फाइबर बिछ्याउने प्रक्रिया अघि बढेको छ।

आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण

मङ्गलबार, ११ माघ २०७३

अन्तर्राष्ट्रिय मुद्रा कोषले भूकम्प र नाकाबन्दीपछि नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएको छ। नेपालको आर्थिक तथा वित्तीय अवस्था बुझ्न आएको कोषको आर्टिकल फोर मिसनले भूकम्प र नाकाबन्दीपछि नेपालको आन्तरिक तथा बाह्य अवस्था सुधारोन्मुख रहेको भन्दै चालु आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ।

सुन्दरीजलदेखि मेलम्ची छिचाेल्न ५ किलाेमिटर बाँकी

सुन्दरीजलदेखि मेलम्ची छिचाेल्न ५ किलाेमिटर बाँकी

सोमबार, १० माघ २०७३

मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिए।

‘देशमा १८ घण्टा लोडसेडिङ गरी रातारात मोटाउनेहरुको नालिबेली पत्ता लाग्दै छ’

‘देशमा १८ घण्टा लोडसेडिङ गरी रातारात मोटाउनेहरुको नालिबेली पत्ता लाग्दै छ’

सोमबार, १० माघ २०७३

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताएका छन्। अष्ट ‘ज’ अभियानले राजधानीमा गरेको ‘नेपालको पानी, जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।

प्रधानमन्त्री कृषि कार्यक्रममा अलैंची र अदुवा

सोमबार, १० माघ २०७३

कृषिलाई आधुनिकरण तथा आत्मानिर्भर बनाउने भन्दै अघि सारिएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’मा जिल्लामा अलैंची र अदुवा खेतीलाई अघि बढाउने भइएको छ।

‘आरबीबी र एनआईडीसीको मर्ज प्रस्ताव मन्त्रिपरिषद्मा लगिने’

‘आरबीबी र एनआईडीसीको मर्ज प्रस्ताव मन्त्रिपरिषद्मा लगिने’

सोमबार, १० माघ २०७३

उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय वाणिज्य बैंक र नेपाल औद्योगिक विकास निगमबीच मर्जर(गाभिने) विषयको निर्णय अबको मन्त्रिपरिषद् बैठकमा लाने बताएका छन्।

ट्रेड युनियनलाई छलफलमा आउन आग्रह

सोमबार, १० माघ २०७३

होटल संघ नेपाल (हान)ले सेवाग्राहीबाट लिने १० प्रतिशत सेवा शुल्क पूरै कर्मचारीलाई बाँड्न नसकिने जनाएको छ। उसले पर्यटकीय होटल सम्बद्ध केन्द्रीय संयुक्त संघर्ष समितिलाई आन्दोलन स्थगित गरी आपसी छलफलबाट विवाद टुंग्याउन पनि आग्रह गरेको छ।

लगानी प्रतिबद्धता बढ्यो

सोमबार, १० माघ २०७३

गत वर्ष स्वाट्टै घटेको वैदेशिक लगानी प्रतिबद्धता यस आर्थिक वर्ष बढ्न थालेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा अघिल्लो वर्षको सोही अवधिमा भन्दा १७ प्रतिशतले वृद्धि भएको छ। योसँगै समग्र उद्योगको लगानी प्रतिबद्धता समेत बढेको छ।

नेपाल दक्षिण एसियामा अगाडि

सोमबार, १० माघ २०७३

नेपालले पछिल्लो ५ वर्षमा समावेशी विकास सूचकांकमा प्रगतिमात्र नगरेर दक्षिण एसियाली राष्ट्रहरुमध्ये सबैभन्दा अगाडि उभिएको खुलासा भएको छ। वर्ल्ड इकोनोमिक फोरमद्वारा प्रकाशित समावेशी वृद्धि तथा विकास प्रतिवेदन – २०१७ का अनुसार नेपाल ७७ देशमध्ये समावेशी विकास सूचकमा २७औं स्थानमा छ।

व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा

सोमबार, १० माघ २०७३

महिनाको सुरुवातदेखि नै थालनीगर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ। निकै लामो प्रयास र ठूलो लगानीमा तयार गरिएको अनलाइन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाई दिन थालेका छन्।

माछा उत्पादन बढाउन २९ करोड अनुदान

सोमबार, १० माघ २०७३

जिल्लामा माछा उत्पादन बढाउन चालु आर्थिक वर्षमा किसानलाई विशेष अनुदान दिइने भएको छ। उक्त अनुदान नयाँ पोखरी निर्माणको लागि दिन लागिएको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन कार्यान्वयन एकाइ बारा, सिम्रौनगढले एक हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्ने किसानलाई ३ लाख रुपैयाँका दरले अनुदान दिने तयारी गरेको बताइएको छ।

चुहिएरै सकिन्छ १३ अर्बको बिजुली

चुहिएरै सकिन्छ १३ अर्बको बिजुली

सोमबार, १० माघ २०७३

नेपाल विद्युत प्राधिकरणले विद्युत् चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ। प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले झन्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ।