"

'हावाले पुल खस्नु अस्वाभाविक'

बिहिबार, २० माघ २०७३

व्यवस्थापिका संसदको विकास समितिले देशभरको सडक सञ्जालको महत्वपूर्ण अंगको रुपमा रहेका पुल निर्माणमा देखिएको कमजोर गुणस्तरप्रति गम्भीर ध्यानाकर्षण गरेको छ।

वैदेशिक रोजगारीका सबै सेवा अनलाइनबाटै

वैदेशिक रोजगारीका सबै सेवा अनलाइनबाटै

बिहिबार, २० माघ २०७३

वैदेशिक रोजगारीमा जान खोज्दै हुनुहुन्छ भने खुशीको खबर छ। श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदाका सबै प्रक्रिया अनलाइनबाट गर्ने व्यवस्था मिलाएको छ। जसले गर्दा वैदेशिक रोजगारीको क्षेत्रमा हुने विकृति घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रसारण लाइनको क्षमता नहुँदा बिजुली खेर

प्रसारण लाइनको क्षमता नहुँदा बिजुली खेर

बिहिबार, २० माघ २०७३

जलविद्युत आयोजनाबाट बिजुली उत्पादन भए पनि प्रसारण लाइनको क्षमता वृद्धि नहुँदा उत्पादित बिजुली खेर जाने भएको छ। अहिले भइरहेका प्रसारण लाइनले धान्नेभन्दा बढी बिजुली उत्पादन हुन थालेपछि लाखौं मूल्यको बिजुली उपभोग गर्न नसकी खेर जाने भएको हो।

निगमले ल्यायो चौथो चिनियाँ जहाज

निगमले ल्यायो चौथो चिनियाँ जहाज

बिहिबार, २० माघ २०७३

राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमले चौथो चिनियाँ जहाज बुधबार काठमाडौं ल्याएको छ। निगमले ल्याएको १७ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको यो नयाँ जहाजलाई मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले '९एन–एकेटी' कलसाइन दिएको छ।

बजेट तर्जुमामै पुनर्विचार गर्नुपर्ने आवाज

बजेट तर्जुमामै पुनर्विचार गर्नुपर्ने आवाज

बुधबार, १९ माघ २०७३

अर्थ मन्त्रालयले मंगलबार आयोजना गरेको पुँजीगत खर्चको मध्यावधि समीक्षामा धेरै मन्त्रालयका सचिवलगायत अर्थ सचिव पनि बजेट योजना तर्जुमामै पुनर्विचार गर्नुपर्ने निचोडमा पुगेका छन् ।

ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैयाँ बढ्याे

ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रूपैयाँ बढ्याे

बुधबार, १९ माघ २०७३

नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ बढाएको छ। निगमले बुधबार राति १२ बजे(बिहीबार)देखि लागू हुने गरी ग्यासको मूल्य बढाएको प्रवक्ता भानुभक्त खनालले बताए।

निगमले ल्यायो चौथो चिनियाँ जहाज

निगमले ल्यायो चौथो चिनियाँ जहाज

बुधबार, १९ माघ २०७३

नेपाल वायुसेवा निगमले चीनबाट चौथो जहाज काठमाडौं ल्याएको छ। चीनको कुन्मिङबाट सोमबार उडेको १७ सिट क्षमतायुक्त ‘वाई१२–ई’ सिरिजको जहाज बुधबार दिउँसो ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

‘हावाले पुल खस्नुलाई स्वभाविक मान्न सकिँदैन’

‘हावाले पुल खस्नुलाई स्वभाविक मान्न सकिँदैन’

बुधबार, १९ माघ २०७३

व्यवस्थापिका संसदको विकास समितिले देशभरको सडक सञ्जालको महत्वपूर्ण अंगको रुपमा रहेका पुलहरुको निर्माणमा देखिएकाे कमजाेर गुणस्तरप्रति गम्भीर ध्यानाकर्षण गरेकाे छ।

मिलेमतोमा चुरे लुटः माफियासँग बिक्यो सरकार

मिलेमतोमा चुरे लुटः माफियासँग बिक्यो सरकार

बुधबार, १९ माघ २०७३

सिरहाको उत्तरवर्ती दमदह–६ चोरपानेस्थित चुरेको भँगालोबाट एस्काभेटर प्रयोग गरी एक सातादेखि वन तथा खोलाजन्य पैदावार(ढुङ्गा, गिट्टी, बालुवा) उत्खन्न र ओसारपसार जारी छ। राष्ट्रिय गौरवको रुपमा रहेको चुरे वनभित्रबाट एस्काभेटर प्रयोग गरेर ढुङ्गा उत्खन्न गरी ट्रयाक्टरबाट निकासी तीव्र भए पनि नियन्त्रणकारी निकाय चुपचाप छ।

खर्चमा चुक्यो बूढीगण्डकी

बुधबार, १९ माघ २०७३

बूढीगण्डकी आयोजनाको निर्माण ढाँचा (मोडालिटी) र वित्तीय स्रोत अझै निर्धारण नभएकाले आयोजना निर्माणमा अन्योल देखिएको छ। वित्तीय स्रोत कसरी जुटाउने र मोडालिटी कस्तो बनाउने भन्नेमा स्पष्ट खाका आउन नसकेका कारण आयोजना निर्माणका लागि छुट्ट्याइएको बजेट समेत खर्च हुन सकेको छैन।

खराब मौसमले ६ घन्टासम्म जहाज डिले

बुधबार, १९ माघ २०७३

पछिल्लो एक महिनायता खराब मौसमका कारण हवाई यात्रुले विमानस्थलमा दैनिक न्यूनतम एकदेखि अधिकतम ६ घन्टासम्म जहाज उड्ला कि भन्दै कुरेर बस्नुपरेको छ।

एनसेलको ‘नयाँ एसएमएस प्याक’

बुधबार, १९ माघ २०७३

एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्कभित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्ने जनाएको छ।

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ बजारमा

एमएडब्लुको ‘नयाँ स्कोडा र्‍यापिड’ बजारमा

बुधबार, १९ माघ २०७३

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्‍यापिडको फेसलिफ्ट नेपाली बजारमा भित्र्याएको छ । नयाँ क्रिस्टलाइन डिजाइन ल्यांग्वेजमा तयार गरिएको र्‍यापिडको नयाँ रुप हो भन्दै कम्पनीले नेपालमा स्कोडा र्‍यापिड १६ सय सिसीको पेट्रोल इन्जिन र १५ सय सिसीको डिजेल इन्जिनमा उपलब्ध हुने जनाएको छ ।

क्यान इन्फोटेक सम्पन्न, तीन लाख बढीद्वारा अवलोकन

मङ्गलबार, १८ माघ २०७३

सूचना प्रविधिप्रति सर्वसाधारणको आकर्षण बढेको छ। पछिल्लो क्यान इन्फोटेक मेलामा सर्वसाधरणले गरेको अवलोकनले आधुनिक प्रविधिप्रति ‘क्रेज’ बढ्दै गएको पुष्टि हुन्छ।

हिमालय एयरलाइन्सले काठमाडाैं ल्यायाे दोस्रो विमान

हिमालय एयरलाइन्सले काठमाडाैं ल्यायाे दोस्रो विमान

मङ्गलबार, १८ माघ २०७३

नेपाल–चीनको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि दोस्रो नयाँ विमान ए–३२० नेपाल ल्याएको छ। मंगलबार ११ बजे मा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गराएको उक्त विमान अवतरण गराइएको कम्पनीले जनाएको छ।

त्रियानब्बे प्रतिशत भूकम्पपीडितले बुझे अनुदानकाे पहिलाे किस्ता

मङ्गलबार, १८ माघ २०७३

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई दिइने अनुदानअन्तर्गत ९३ प्रतिशतलाई पहिलो किस्ताको अनुदान उपलब्ध गराएको छ।

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

भारतले हुलाकी राजमार्गको पहिलो किस्ता दियो

मङ्गलबार, १८ माघ २०७३

ठेक्का प्रक्रिया पूरा भइसक्दा पनि आवश्यक रकमको जोहो हुन नसकेको हुलाकी राजमार्ग निर्माणका लागि भारतले पहिलो किस्ताको रकम नेपाललाई उपलब्ध गराएको छ। पहिलो चरणमा २ सय ९९ किलोमिटर सडक निर्माण गर्न भारतले २४ करोड ९७ लाख १० हजार ६ सय ९८ रुपैयाँ हस्तान्तरण गरेपछि अब हुलाकी राजमार्गले गति लिने अपेक्षा गरिएको छ।

सेयर बजारमा पहिरो

मङ्गलबार, १८ माघ २०७३

बजारमा लगानीयोग्य पुँजीको अभाव, बढ्दो ब्याजदर, तथा मार्जिन कलले गर्दा लगानीकर्ताले घटेरै भए पनि सेयर विक्री गर्न थाल्दा बजार सोमबार एकै दिन ६५.४४ बिन्दुले ओर्लिएको छ। अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसूचकमा यो हप्ता पनि सुधार आउने संकेत देखिएको छैन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सबै उपसूचकहरु घटेका छन्।

ग्लोबल टेन्डर महिना दिन धकेलियो

ग्लोबल टेन्डर महिना दिन धकेलियो

मङ्गलबार, १८ माघ २०७३

स्पेनको ठेकेदार कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका निर्माण सामग्री र उपकरणबारे आधिकारिक जवाफ नदिँदा नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सुधारसम्बन्धी 'ग्लोबल टेन्डर' एक महिना पर धकेलिएको छ।

पर्यटकको गन्तव्य होमस्टे गाउँ

पर्यटकको गन्तव्य होमस्टे गाउँ

मङ्गलबार, १८ माघ २०७३

लाङटाङको गन्तव्य तय गरेर पहिलोपटक नेपाल घुम्न आएका अस्ट्रेलियन नागरिक एरिक जोल्किनलाई लाङटाङ हिमशृंखला र रसुवाका अन्य प्राकृतिक सौन्दर्यले जति आकर्षित बनायो, त्योभन्दा धेरै यहाँको होमस्टेले लोभ्यायो।