"

पारित भयो सेज नियमावली

आइतबार, २५ भदौ २०७४

सरकारले विशेष आर्थिक क्षेत्र (सेज) नियमावली लामो समयपछि पारित गरेको छ । मन्त्रिपरिषद्बाट नियमावली पारित भएसँगै सेज सञ्चालनमा थप सहज हुनेछ । सेज ऐनका प्रत्येक बुँदा कार्यान्वयन गर्न नियमावली आवश्यक थियो । सेज ऐन पोहोर भदौमा व्यवस्थापिका संसदबाट पारित भएको थियो ।

आधा करोड सक्न विदेश भ्रमण

आधा करोड सक्न विदेश भ्रमण

आइतबार, २५ भदौ २०७४

‘महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्थाको लाखौं रुपैयाँ खर्च गरी डेढ दर्जन कर्मचारीलाई बेअर्थी विदेश भ्रमणमा पठाएका छन् । पछिल्लोपटक उनले जे–जति र जस्ता निर्णय गरे, त्यसबाट संस्थाको मात्र नभई उनको छविमा पनि दाग लागेको छ ।’

आयल निगम घोटालामा मन्त्रालय र अख्तियारको भूमिका शंकास्पद

आयल निगम घोटालामा मन्त्रालय र अख्तियारको भूमिका शंकास्पद

आइतबार, २५ भदौ २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सार्वजनिक लेखा समितिको निर्देशनलाई आपूर्ति मन्त्रालय र अख्तियारले टेरेनन् ।

ल्होत्सेमा चार पटक असफल, पाँचौं प्रयासमा होङ

ल्होत्सेमा चार पटक असफल, पाँचौं प्रयासमा होङ

शनिबार, २४ भदौ २०७४

दक्षिण कोरियाली आरोही होङ साङ टेकले चार पटकसम्म ल्होत्से हिमाल (८,५१६) आरोहणको प्रयास गरे पनि सफल भएनन्।

आयल निगममा घोटाला : सरकारको मौनताप्रति संसद्मा आवाज

शनिबार, २४ भदौ २०७४

सत्तासीन नेपाली कांग्रेसका सांसदले नेपाल आयल निगममा जग्गा खरिद गर्दा भएको भ्रष्टाचारलाई बेवास्ता गरेको भन्दै आपूर्ति मन्त्री शिवकुमार मण्डलको आलोचना गरेका छन् । निगम आपूर्ति मन्त्रालयअन्तर्गत पर्छ ।

‘नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्छ’

शुक्रबार, २३ भदौ २०७४

एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

पक्की बन्यो जुफाल विमानस्थल, तारा एयरले गर्‍यो परीक्षण उडान

शुक्रबार, २३ भदौ २०७४

डोल्पा स्थित जुफाल विमानस्थल पिच सकिएपछि पहिलो पटक तारा एयरले परीक्षण उडान भरेको हो । विहान तारा एयरले सफल रुपमा परीक्षण उडान भरेपछि विमानस्थल नियमित रुपमा चल्ने भएको हो।

जुफाल विमानस्थलमा परिक्षण उडान हुँदै

शुक्रबार, २३ भदौ २०७४

कर्णालीको डोल्पा जिल्लामा रहेको जुफाल विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपालगञ्जबाट जहाजले यो विमानस्थलमा परीक्षण उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय डोल्पाले जनाएको छ। आयोजना प्रमुख वीरप्रसाद शाहीका अनुसार सफल परिक्षण उडान पछि नियमित रुपमा हवाई सेवा सञ्चालन हुने भएको छ।

आपूर्ति मन्त्रीसँग दरबारमार्ग आक्रोशित

आपूर्ति मन्त्रीसँग दरबारमार्ग आक्रोशित

शुक्रबार, २३ भदौ २०७४

राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौं भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्ति मन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् ।

बिमा कम्पनीको बजार बढाउन 'बिमा समिति नै बाधक'

शुक्रबार, २३ भदौ २०७४

बिमा कम्पनीहरुको नियमन निकाय बिमा समितिले व्यापार प्रवद्र्धन गर्ने खर्चमा सीमा (क्याप) लगाएका कारण बिमाको पहुँच बिस्तार हुन सकेको छैन । समितिले बिमा कम्पनीहरुको व्यवस्थापन खर्चको सीमा तोकेका कारण अहिलेसम्म ज्यादै थोरै नागरिकबीच मात्र बिमाको पहुँच पुगेको हो ।

मलेसिया जाने कामदार बढे

शुक्रबार, २३ भदौ २०७४

रोजगारीका लागि मलेसिया जाने क्रम पुनः बढेको छ । आर्थिक वर्ष ०७२÷७३ को तुलनामा काम खोज्न मलेसिया जाने कामदारको संख्या करिब १० प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

कृषि प्रविधिमा काम गर्ने दुई नेपाली संस्थालाई अमेरिकी अवार्ड

कृषि प्रविधिमा काम गर्ने दुई नेपाली संस्थालाई अमेरिकी अवार्ड

बिहिबार, २२ भदौ २०७४

अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमले आज आफ्नो विश्‍व्यापी डाटा-ड्रिभन फार्मिङ प्राइज (तथ्याङ्कद्वारा निर्देशित कृषि पुरस्कार) विश्‍वभरका चार संस्थालाई प्रदान गर्ने घोषणा गरेको छ। ती संस्थाहरूले कृषि उत्पादनको सुधारका लागि सूचना तथा सञ्‍चार प्रविधिको सदुपयोग गर्ने नवीनतम उपयहरू अपनाउँदै आएका छन्।

भेरी नगरपालिकामा एकीकृत कर उठाउन सुरु

भेरी नगरपालिकामा एकीकृत कर उठाउन सुरु

बिहिबार, २२ भदौ २०७४

जिल्लाको भेरी नगरपालिकाले वुधबारदेखि एकीकृत सम्पति कर कार्यान्वयन सुरु गरेको छ । सदरमुकाम खलंगामा विशेष कार्यक्रमको आयोजना गरेर करदाताबाट सम्पति कर बुज्दै एकीकृत सम्पति कर कार्यान्वन सुरु भएको हो।

एकसय तीनवटा परियोजनालाई ४० करोड ३० लाख

बिहिबार, २२ भदौ २०७४

कृषि उत्पादनमा मूल्य शृङ्खलाको विकासमार्फत बजार पहुँच तथा मूल्य अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका १०३ वटा परियोजनालाई रु ४० करोड ३० लाख ४४ हजारको सहयोग उपलब्ध गराइएको छ।

ढोरपाटनमा झारलको संख्यामा वृद्धि

ढोरपाटनमा झारलको संख्यामा वृद्धि

बिहिबार, २२ भदौ २०७४

छ वर्षअघिको तुलनामा ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्।

सुन तोलाको ५७,५००

सुन तोलाको ५७,५००

बिहिबार, २२ भदौ २०७४

अन्तर्राष्ट्रिय बजारमा भर पर्ने सुनको मूल्य एक वर्षयता कै उच्च बिन्दुमा पुगेको छ । पछिल्लो समय अमेरिका र उत्तर कोरियाबीच विवाद बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको हो ।

लघुवित्तमा विकृति : एउटै व्यक्तिले पाँच संस्थाबाट ऋण

बिहिबार, २२ भदौ २०७४

लघुवित्त संस्थामा विकृति देखिन थालेको विज्ञहरुले औंल्याएका छन् । अस्वस्थ प्रतिस्पर्धाका कारण एउटै व्यक्तिले धेरै लघुवित्त कम्पनीबाट ऋण लिएर विकृति निम्त्याएको आरोप उनीहरुले लगाएका हुन् ।

जग्गा ४४ जनाको, निगमलाई पास गर्ने १२ जनामात्रै

जग्गा ४४ जनाको, निगमलाई पास गर्ने १२ जनामात्रै

बिहिबार, २२ भदौ २०७४

नेपाल आयल निगमले देशका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउन जग्गा किन्ने क्रममा चितवनमा पनि २३ बिघा १२ कट्ठा सवा तीन धुर जग्गा किनेको छ । सो क्षेत्रफलको जग्गा ४४ जनाको नाममा थियो । तर नेपाल आयल निगमलाई जग्गा दिनेमा १२ जनाको नाममात्रै छ । स्थानीयको जग्गा बिचौलियामार्फत आयल निगमले किन्दा यस्तो भएको हो ।

नेपालले थाल्यो जिसिएम तयारी

बिहिबार, २२ भदौ २०७४

यतिखेर नेपालबाट ठूलो संख्याका कामदार विभिन्न मुलुकमा पुग्ने र समस्यामा पर्ने क्रम जारी रहे पनि सरकारी निकायबाट गन्तव्य मुलुकलाई कामदारको पक्षमा सहयोग गर्न अनुरोध गर्नेबाहेक ती मुलुकलाई बाध्यकारी रूपमा सहयोग गराउन सक्दैन।

संसदीय समितिको ठहर : तेब्बर मूल्य तिरेर अनियमितता

संसदीय समितिको ठहर : तेब्बर मूल्य तिरेर अनियमितता

बिहिबार, २२ भदौ २०७४

करिब डेढ महिनादेखि निरन्तर ‘नेपाल आयल निगमको जग्गा खरिद घोटाला’ अध्ययन गरेको संसदीय समितिले चल्तीको भन्दा तेब्बर मूल्य तिरेर जग्गा किनेको ठहर गरेको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सांसद स्थलगत अध्ययनपछि जग्गा खरिदमा अनियमितता भएको निष्कर्षमा पुगेका हुन् ।