"
विकास खर्च महिनाको डेढ प्रतिशत

विकास खर्च महिनाको डेढ प्रतिशत

आइतबार, ०३ मङि्सर २०७४

चालु आर्थिक वर्षमा स्थानीय तहलाई पैसा दिएकाले पुँजीगत बजेट खर्च हुने सरकारले अनुमान गरे पनि तथ्यांकले प्रतिमहिना डेढ प्रतिशतका दरले मात्र खर्च भएको देखाएको छ।

पश्चिम सेती निर्माण गर्न लगानी सम्झौता

शनिबार, ०२ मङि्सर २०७४

बहुचर्चित सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच संयुक्त लगानी सम्झौता भएको छ ।

१५ उत्कृष्ट करदाता सम्मानित

शनिबार, ०२ मङि्सर २०७४

सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले छैटौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७३÷७४ मा पनि सबैभन्दा बढी १५ विधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो ।

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

शुक्रबार, ०१ मङि्सर २०७४

सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो। सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।

कतारमा विदेशी कामदारको मासिक न्युनतम तलब ७५० रियल

कतारमा विदेशी कामदारको मासिक न्युनतम तलब ७५० रियल

शुक्रबार, ०१ मङि्सर २०७४

सन् २०२२ को विश्वकप फुटलबलको आयोजक कतारले विदेशी कामदारका लागि न्युनतम तलब निर्धारण गरेको छ। कतारको श्रम मन्त्रालयले निर्धारण गरेअनुसार अब विदेशी कामदारको मासिक तलब ७५० (करिब २ सय डलर) रियल हुनेछ।

कर्जा लिएर खर्च चलाउँदै सरकार

कर्जा लिएर खर्च चलाउँदै सरकार

शुक्रबार, ०१ मङि्सर २०७४

सरकारले आर्थिक वर्षको सुरुमै ७३ अर्ब ७८ करोड रुपैयाँ आन्तरिक ऋण उठाएर खर्च चलाएको छ । सुरुमै ऋण उठाएको यो धेरै वर्षपछिको घटना हो । संविधान अनुसार मुलुक संघीय संरचनामा गएकाले स्थानीय तहका लागि वर्षको सुरुमै अर्बौं रुपैयाँ दिनु परेको, राजस्व संकलनमा कमी आएको र यही बेला चालु खर्च पनि बढेकाले सरकारले स्रोत जुटाउन आन्तरिक ऋण उठाएको हो ।

भूकम्प प्रभावित गुम्बाको सर्वेक्षण सुरु

शुक्रबार, ०१ मङि्सर २०७४

सरकारले २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणका लागि बिहीबारबाट भूकम्प प्रभावित ३१ जिल्लामा इन्जिनियर परिचालन गरिएको छ ।

कफीको माग बढ्यो, उत्पादन बढेन

कफीको माग बढ्यो, उत्पादन बढेन

शुक्रबार, ०१ मङि्सर २०७४

आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन ।

आज छैंठौं कर दिवस

शुक्रबार, ०१ मङि्सर २०७४

अर्थ मन्त्रालयले ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने नारा अगाडि सारेर यस वर्षको राष्ट्रिय कर दिवस मनाउने भएको छ ।

बिचौलियाका सात तह : तरकारीको मूल्य छोई नसक्नु

बिचौलियाका सात तह : तरकारीको मूल्य छोई नसक्नु

शुक्रबार, ०१ मङि्सर २०७४

उपत्यकामा हरेक तरकारीको प्रतिकेजी मूल्य एक सय २० रुपैयाँभन्दा माथि छ । मूल्य झनै अकासिने क्रममा छ । गत हप्ता खुद्रा तरकारी पसलमा गोलभेंडाको मूल्य एक सय २० रुपैयाँ थियो । अहिले एक सय ३० सम्ममा बिक्री भइरहेको छ ।

पश्चिम सेती अगाडि बढाउन थ्री गर्जेजसँग सम्झौता सम्पन्न

बिहिबार, ३० कार्तिक २०७४

नेपाल विद्युत् प्राधिकरण र चीनको प्रतिष्ठित थ्री गर्जेज कम्पनीबीच पश्चिम सेती जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयको द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।

चिनियाँ कम्पनी गेजुवालाई समझदारी रद्दको पत्र

बिहिबार, ३० कार्तिक २०७४

ऊर्जा मन्त्रालयले चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिने विगतको समझदारी रद्द भएको जानकारी गराएको छ । मन्त्रालयले सिजिजिसीसँग भएको समझदारी रद्द भएको पत्र मंगलबार पठाएको हो ।

सिप्रदीलाई बिजनेस एक्सिलेन्स अवार्ड

सिप्रदीलाई बिजनेस एक्सिलेन्स अवार्ड

बिहिबार, ३० कार्तिक २०७४

मुलुकको प्रमुख व्यापारिक समूह सिप्रदी ट्रेडिङले ‘नेपाल बिजनेस एक्सिलेन्स अवार्ड’ पाएको छ । नेपाल उद्योग परिसंघ र अमेरिकी व्यावसायिक संस्था फ्रस्ट एन्ड सुलेभानले संयुक्त रुपमा मंगलबार आयोजना गरेको ‘नेपाल बिजनेस एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सिप्रदीलाई सुपर प्लाटिनियम अवार्ड दिइएको हो ।

चीनिया ‘आउट’ भारतीय कम्पनी ‘इन’

बिहिबार, ३० कार्तिक २०७४

बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।

बिआरआइबाट नेपाललाई फाइदा

बिहिबार, ३० कार्तिक २०७४

चीनले ल्याएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआइ) योजनाबाट नेपालले आर्थिक विकास गर्ने अवसर पाएको हिमालयन कन्सेन्सस इन्स्टिच्युटका अध्यक्ष लौरेन्स ब्राह्मले बताएका छन् ।

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

सरकारी निकाय भ्रष्टाचारको दलदलमा, रोजगार विभागका महानिर्देशक पक्राउ

बिहिबार, ३० कार्तिक २०७४

आफू मातहतका कर्मचारीलाई मेनपावर व्यवसायीसँग घुस माग्न लगाएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

बुधबार, २९ कार्तिक २०७४

चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’बाट सम्मानित भएको छ। स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो।

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

विद्युत् महसुल आइएमई पेमार्फत भुक्तानी गर्न सकिने

बुधबार, २९ कार्तिक २०७४

विद्युत महसुल बापतको रकम अबदेखि आइएमई पेबाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहेकाले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने कम्पनीले जनाएको छ ।

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

एक शताब्दीका लागि तय गरिएको तापक्रम वृद्धिदर १७ बर्षमै (फाेटो फिचर)

बुधबार, २९ कार्तिक २०७४

संसारका विकसित, अल्पविकसित र विकासशील राष्ट्रहरुले ‘हुन्छ हामी १.५ डिग्रीमै सिमित राख्छौ’ भनेर लिखित सहमती गरेको पनि दुई बर्ष बितिसक्यो । दुईबर्ष अघि फ्रान्सको राजधानि पेरिसमा त्यो सम्झौता गरे । अहिलेसम्म बोनमा विश्वका हजारौं सहभागीहरुको बीचमा फेरी पनि यही मुद्दामा बहस भइरहेको छ ।

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

‘गेट स्मार्ट गेट रिपब्लिका’का विजेतालाई स्कुटर हस्तान्तरण

बुधबार, २९ कार्तिक २०७४

नेपाल रिपब्लिक मिडियाले संञ्चालन गरेको गेट स्मार्ट गेट रिपब्लिका ग्राहक योजनाअन्तर्गत गत महिनाका विजेता महादेवटारका अभनेशा सिवाकोटीलाई अप्रिला १५० सिआर स्कुटर हस्तान्तरण गरिएको छ । बुधबार नेपाल रिपब्लिक मिडियामा आयोजित कार्यक्रममा मिडियाकी निर्देशक शोभा ज्ञवालीले स्कुटरको चासोँ हस्तान्तरण गरेकी थिइन् ।