"

गम्भीर अपराधमा 'उन्मुक्ति दिन' ऐन फेरिँदै

सोमबार, २९ कार्तिक २०७३

द्वन्द्वकालीन केही गम्भीर अपराधमा उन्मुक्ति दिन मिल्ने गरी सरकारले 'सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन' सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको छ। बम विस्फोट, सामूहिक हत्या र अन्तर्राष्ट्रिय मानवीय कानुनविपरितका केही गम्भीर अपराधमा उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन तयारी गरेको हो।

वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ

वरिष्ठता मिचेर आइओएममा डिन, केसीको 'डिक्टेसन' चल्दैन :  खनियाँ

सोमबार, २९ कार्तिक २०७३

त्रिभुवन विश्वविद्यालयले नौ महिनादेखि रिक्त चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा डा. केशवप्रसाद (केपी) सिंह लाई नियुक्त गरेको छ। आइतबार बसेको त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता आधारमा डिन नियुक्ति गर्ने चार वर्षदेखिको परम्परा मिच्दै नवौं वरीयतामा रहेका डा. सिंहलाई डिन बनाएको हो।

संशोधनपछि मात्रै संविधान कार्यान्वयन: सभापति देउवा

संशोधनपछि मात्रै संविधान कार्यान्वयन: सभापति देउवा

आइतबार, २८ कार्तिक २०७३

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधनपछि मात्रै संविधानको कार्यान्वयन हुने बताएका छन्।

जर्बजस्ती सर्वसम्मतप्रति सिटौला समूह असन्तुष्ट

जर्बजस्ती सर्वसम्मतप्रति सिटौला समूह असन्तुष्ट

आइतबार, २८ कार्तिक २०७३

नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने हल्ला बाहिर आएसँगै कृष्णप्रसाद सिटौला समूहले असन्तोष जनाएको छ। विधानसम्मत तरिकाले पदाधिकारीको टुंगो लगाउनपर्ने यो समूहको माग छ।

सुजाता सिंगापुर प्रस्थान, ५० लाख दिने सरकारको निर्णय

सुजाता सिंगापुर प्रस्थान, ५० लाख दिने सरकारको निर्णय

आइतबार, २८ कार्तिक २०७३

नेपाली कांग्रेसकी नेतृ स्वास्थ्य उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गरेकी छन्। स्तनमा क्यान्सर देखिएपछि उपचारका लागि उनी सिंगापुर लागेकी हुन्।

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

अंगीकृत नागरिकलाई मुख्य पद दिन मिल्दैन: गच्छदार

आइतबार, २८ कार्तिक २०७३

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अंगीकृत नागरिकता प्राप्त गरेका व्यक्तिलाई मुख्य पद दिन नमिल्ने बताएका छन्। नेपालगन्जमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वका कुनैपनि देशमा अंगीकृतलाई मुख्य पद दिइएको छैन, भारतमा पनि बंशजले मात्र मुख्य पद पाउने व्यवस्था छ।’

२ सय ९५ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

आइतबार, २८ कार्तिक २०७३

नेकपा माओवादी विप्लप समूहले आव्हान गरेको बन्दको क्रममा जवरजस्ती बन्द गराउने २ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जुम्लामा पुनःसंरचनाप्रति बढ्दो असन्तुष्टी

जुम्लामा पुनःसंरचनाप्रति बढ्दो असन्तुष्टी

आइतबार, २८ कार्तिक २०७३

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितीले सिफारिस गरेको खाकाप्रति जुम्लामा असन्तुष्टी बढ्दै गएको छ। पहिलेको ईलाकालाई कायम गर्न माग गर्दै सिफारिस गरिएको नयाँ खाकाले स्थानीय आवश्यकता र मागको संबोधन नगरेको स्थानीयको अभिव्यक्ति छ।

‘कालापानी छोड’ भन्दै दूतावास पुगेका नेपाल पक्राउ

‘कालापानी छोड’ भन्दै दूतावास पुगेका नेपाल पक्राउ

आइतबार, २८ कार्तिक २०७३

नेपाल भ्रमणमा रहेका भारती स्थल सेनाअध्यलाई ज्ञापनपत्र बुझाउन जाने क्रममा ग्रटर नेपालका अध्यक्ष फणिन्द्र नेपालसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय दूतावास लैनचौरमा स्थल सेनाध्यक्ष दलवीर सिंहलाई ज्ञापनपत्र बुझाउने क्रममा नेपालसहित तीन जनालाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखेको छ।

१९ जिल्लाको प्रतिवेदन बाँकी

आइतबार, २८ कार्तिक २०७३

स्थानीय तह पुनःसंरचना आयोगमा १९ जिल्लाको प्रतिवेदन आउन बाँकी छ। शुक्रबारसम्म ५६ जिल्लाबाट प्रतिवेदन प्राप्त भएको छ। प्राप्त प्रतिवेदन अध्ययन गर्दा ५ सय १९ वटा स्थानीय तह (गाउँपालिका, नगरपालिका) बनाउन सिफारिस भएको छ।

भट्टराईले अक्सफोर्डमा प्रवचन दिने

भट्टराईले अक्सफोर्डमा प्रवचन दिने

आइतबार, २८ कार्तिक २०७३

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विश्वचर्चित अक्सफोर्ड विश्वविद्यालय र लन्डन स्कुल अफ इकोनोमिक्समा प्रवचन दिने भएका छन्।

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न गृहकार्य

आइतबार, २८ कार्तिक २०७३

तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरिने भएको छ। पोखरामा जारी महाधिवेशनबाट नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति बनेको छ।  सभापति देउवा पक्षले दलको अध्यक्ष र नेता पौडेल पक्षले महासचिव लिने र अन्य पदमा पनि मिलाएरै लैजाने सहमति बनेको एक नेताले जानकारी दिए।

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

तरुण दल महाधिवेशन सुरु, नेतृत्व सर्वसम्मत बनाउन सुझाव

आइतबार, २८ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको चौथो महाधिवेशन शनिबार पोखरामा सुरु भएको छ। १२ वर्षपछि सुरु महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। लामो समयको विवादपछि सुरु हुन थालेको महाधिवेशनले सबै पक्षलाई मिलाएर सर्वसम्मत तरिकाबाट पदाधिकारी चयन गर्न शीर्ष नेताहरूले सुझाएका छन्।

'दाहालले भविष्य लुटे'

आइतबार, २८ कार्तिक २०७३

माओवादीका बहिर्गमित लडाकु समूहका अध्यक्ष लेनिन बिष्टले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आफूहरूको भविष्य लुटेको आरोप लगाएका छन्। रिपोर्टर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  उनले  बाल्यकालमा बन्दुक बोक्न लगाएर दाहालले आफूहरूको भविष्य लुटेको आरोप लगाएका हुन्।

राज्यका मुख्य ६ पद अंगीकृतलाई दिनेगरी संशोधन प्रस्ताव

राज्यका मुख्य ६ पद अंगीकृतलाई दिनेगरी संशोधन प्रस्ताव

आइतबार, २८ कार्तिक २०७३

सरकारले अंगीकृत नागरिकलाई राज्यका प्रमुख चार पदमा नियुक्त हुन रोक लगाउने गरी संविधान संशोधन प्रस्ताव व्यवस्थापिका-संसद्मा दर्ता गराउने तयारी गरेको छ। यही महिनाभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री सम्बद्ध स्रोतले बतायो। संशोधन प्रस्तावमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार दिनभर दौडधुप गरे।

डा. केसीको २४ घन्टे 'अल्टिमेटम'

डा. केसीको २४ घन्टे 'अल्टिमेटम'

आइतबार, २८ कार्तिक २०७३

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सक गोविन्द केसीले आइओएममा वरिष्ठता आधारमा डिन नियुक्ति र मेडिकल शिक्षण शुल्क कार्यान्वयन गर्न सरकारलाई २४ घन्टाको अल्टिमेटमा दिएका छन्। आइओएम (चिकित्साशास्त्र अध्ययन संस्थान) को डिन पद नौ महिनादेखि रिक्त छ।

तरुण दलमा नेतृत्वको लागि सहमतिको प्रयास

शनिबार, २७ कार्तिक २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयन गरीने भएको छ। दलको शनिबार देखि पोखरामा सुरु चौथो महाधिवेशनबाट नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्न पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सकारात्मक देखिएका हुन।

‘चैतमा स्थानीय तहको निर्वाचन’

शनिबार, २७ कार्तिक २०७३

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले पुनसंरचनाको काम सकेपछि आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्ने गरी मन्त्रालयले तीव्ररुपमा गृहकार्य गरिरहेको बताएका छन्।

राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनः अध्यक्ष यादव

शनिबार, २७ कार्तिक २०७३

सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको राष्ट्रिय समस्या समाधान हुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गरिनुपर्ने बताएका छन्।

पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध

पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै मेची राजमार्ग अवरुद्ध

शनिबार, २७ कार्तिक २०७३

स्थानीय तहको पुनः संचरनामा असन्तुष्टि जनाउँदै जिल्लास्थित विभिन्न गाविसका बासिन्दाले मेची राजमार्ग अवरुद्ध गरेका छन्। मेची राजमार्गको पाँचथर छिर्ने राँके बजारमा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध गराएका हुन्। शुक्रबार फिदिममा बृहद प्रर्दशन गर्दै यातायात अवरुद्ध गर्ने चेतनावनी दिइएको थियो।