"
उपत्यकाका उम्मेदवारले कसरी जुटाउँदै छन् चुनावखर्च ?

उपत्यकाका उम्मेदवारले कसरी जुटाउँदै छन् चुनावखर्च ?

सोमबार, ११ मङि्सर २०७४

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारले निश्चित रकम खर्च गर्न पाउने सीमा तोकेको छ । आयोगले प्रतिनिधिसभा उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिदिएको छ भने प्रदेशसभा उम्मेदवारका लागि १५ लाख रुपैयाँसम्मको सीमा तोकेको छ ।

टोली खटाएरै सामाजिक सञ्जालमा प्रचार

सोमबार, ११ मङि्सर २०७४

पुराना पार्टीले पनि सामाजिक सञ्जाललाई चुनावी प्रचारको माध्यम बनाएका छन् । नेपाली कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनमा आबद्ध दल, नेकपा एमाले र माओवादी केन्द्रसहित वाम गठबन्धनमा आबद्ध दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टीलगायतले पनि अहिले सामाजिक सञ्जालमार्फत प्रचार तीव्र पारेका छन् ।

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

‘जेब्राक्रसिङ खुइलिसक्यो, सडक बनाउने गफ गर्छन्’

सोमबार, ११ मङि्सर २०७४

बालाजुको भाटभोटेनीनजिकै विमला भण्डारीको खाजा पसल छ । विभिन्न पार्टीका उम्मेदवार उनको पसलमा भोट माग्न आइसकेका छन् ।

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

शुक्रबार, ०८ मङि्सर २०७४

मलाई हाम्रै देशका सहर प्यारो लाग्छ । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्तका सहरमा पाइँदैन । नेपालका सहरमध्ये पोखरा धेरै राम्रो लाग्छ । त्यस्तै, झापा र इलाम पनि मलाई मनपर्ने ठाउँ हुन् । यी सहरको बेग्लैखाले विशेषताले धेरैको ध्यान तान्छ।

इन्द्रेणी मःमः

इन्द्रेणी मःमः

शुक्रबार, ०८ मङि्सर २०७४

पिठोमा थोरै खाद्य रङ हालेर रेन्बो मःमः बनाइन्छ । अहिले त उनको यो रेस्टुरेन्ट रेन्बो मःमःका लागि चर्चित भइसकेको छ । मःमःका कुनै पनि भेराइटीलाई रेन्बो स्टाइलमा बनाइन्छ ।

‘महिला मुद्दा उठाउनेलाई भोट’

शुक्रबार, ०८ मङि्सर २०७४

उपत्यकाका महिला मतदाता उम्मेदवारका खोक्रा आश्वासन र अजेन्डाका भरमा भोट नहाल्ने बताउँछन् । उम्मेदवारले पहिले वाचा गरेका प्रतिबद्धता पूरा गरे÷नगरेको सोध्ने बेला आइसकेको उनीहरूको तर्क छ।

बल्दैनन् ट्राफिक बत्ती

बल्दैनन् ट्राफिक बत्ती

शुक्रबार, ०८ मङि्सर २०७४

व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ती जडान कार्य अघि बढाउन निर्देशन दियो ।

जहाँ एउटै वडाले चुन्दै छ सांसद

शुक्रबार, ०८ मङि्सर २०७४

‘एउटै वडाले प्रदेशसभाको सांसद नै चुन्न पाउनु गौरवको विषय हो, अन्य ठाउँमा तीनभन्दा धेरै वडाले मात्रै प्रदेशसभा सांसद पाएका छन्, त्यसैले प्रदेश सांसदले यो क्षेत्रको बृहत्तर विकास अघि बढाउने मौका पाएका छन् ।’

बूढापाका भन्छन् संस्कृति जोगाऊ, युवा भन्छन् रोजगारी देऊ

शुक्रबार, ०८ मङि्सर २०७४

चाकुको सहरका रूपमा चिनिएको काठमाडौंको टोखा अहिले अपार्टमेन्टको सहर बनेको छ । पुराना संरचना नासिँदै छन् भने गगनचुम्बी भवन ठडिरहेका छन् । स्थानीय ७० वर्षीय कृष्णलाल महर्जनलाई पुराना संरचना मासेर अग्ला भवन बनाएको पटक्कै मनपरेको छैन । यसपटकको चुनावमा भोट माग्न आउनेलाई उनी अग्ला भवन निर्माण रोक्न माग गरिरहेका छन्।

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

सोमबार, ०४ मङि्सर २०७४

उपत्यकाका निर्वाचन क्षेत्रमध्ये धेरै चर्चा पाएको क्षेत्रमध्ये पर्छ काठमाडौं निर्वाचन क्षेत्र–४ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका राजन भट्टराई उम्मेदवार छन् । विकेवशील साझा पार्टीले भने सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा– १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिका वडा– १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् ।

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

राजधानीवासीलाई नै थाहा छैन कसरी भोट हाल्ने

सोमबार, ०४ मङि्सर २०७४

कोटेश्वर महादेवस्थानस्थित सावित्रीदेवी गौतमको खाजा पसलमा साँझ–बिहान चिया पिउँदै राजनीतिक गफ गर्नेको भीड लाग्छ।  गौतमको पसलअगाडि बेन्च र महादेवस्थान मन्दिरको पेटीमा बसेर राजनीतिक गफ गर्नेका लागि अचेल साझा अजेन्डा बनेको छ– प्रतिनिधि र प्रदेशसभा निर्वाचन । उनीहरू चियाको चुस्कीसँगै कुन पार्टीले चुनाव जित्छ भन्ने अड्कल काटिरहेका हुन्छन्।

‘हाम्रालाई होइन, राम्रालाई भोट’

सोमबार, ०४ मङि्सर २०७४

चुच्चेपाटीबाट महांकाल पानी ट्यांकी हुँदै कपनतर्फ लाग्दा बाटोमा भेटिन्छ, एउटा ठूलो चौतारो । अग्लो स्थानमा रहेको चौतारोबाट हेर्दा काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ४ का अधिकांश भूभाग प्रस्टै देखिन्छन् ।

जो भोट हाल्न पाउँदैनन्

जो भोट हाल्न पाउँदैनन्

सोमबार, ०४ मङि्सर २०७४

देश चुनावी रौनकमा छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न दलका नेता, कार्यकर्ता प्रचार–प्रसारमा छन् । देशमा निर्वाचन सम्पन्न गर्न आमनागरिककै अन्तिम भूमिका हुन्छ, उनीहरूले भोट दिएर नै प्रतिनिधि चुनिने हुन् । तर बाहिरी जिल्लाबाट राजधानी आएर विभिन्न पेसा, व्यवसाय गरेर बसेका कतिपय विभिन्न कारण मतदान गर्न जाने छैनन् ।

यस्ता छन् उम्मेदवारका एजेन्डा

यस्ता छन् उम्मेदवारका एजेन्डा

शुक्रबार, ०१ मङि्सर २०७४

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ३ मा काठमाडौं महानगरपालिका वडा– ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिका वडा– १, २ र ३ पर्छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

सहरवासी सहनशील लाग्छ : सृष्टी श्रेष्ठ

सहरवासी सहनशील लाग्छ : सृष्टी श्रेष्ठ

सोमबार, २७ कार्तिक २०७४

मलाई सहर त्यति मन पर्दैन । पुराना ऐतिहासिक बस्ती र हरियाली भएको ठाउँ मनपर्छ । मेरो रोजाइको ठाउँ बन्दीपुर बजार हो । यो सहर धेरै सुन्दर लाग्छ । यहाँ एकैनासे पुराना घर, ग्रामीण जीवनशैली, पुराना कलाकृतिलगायत विशेषता पाइन्छ । त्यहाँको मौलिकता नियाल्न पाउँदा एकदमै आनन्द आउँछ ।

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

सोमबार, २७ कार्तिक २०७४

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उपत्यकामा चुनावी चहलपहल बढेको छ । विभिन्न क्षेत्रमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् ।

काठमाडौं– २ : ‘वाचा पूरा गर्दैनन् नेता’

काठमाडौं– २ : ‘वाचा पूरा गर्दैनन् नेता’

सोमबार, २७ कार्तिक २०७४

नांलेभारेकी सानीमैयाँ भुजेल शनिबार बिहान धुलाम्मे सडक हुँदै बारीतर्फ जाँदै थिइन् । त्यसैदिन साँझ कोटेश्वरका सुनिल ढकाल भने सडक पार गर्न पेटीमा उभिइरहेका थिए । बिहान सानीमैयाँलाई कोदो टिप्ने हतारो थियो भने साँझ भेटिएका ढकाललाई सडक पार गरेर क्याफेमा कफी पिउने धोको ।

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

के भन्छन् काठमाडौं क्षेत्र १ का उम्मेदवार ?

शुक्रबार, २४ कार्तिक २०७४

प्रतिनिधिसभाका लागि काठमाडौं निर्वाचन क्षेत्र– १ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र विवेकशील साझा पार्टीले उम्मेदवार खडा गरेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा र विवेकशील साझाबाट रविन्द्र मिश्र चुनावी मैदानमा छन् । यी उम्मेदवारसँग नागरिककर्मी खिलक बुढाथोकीले गरेको कुराकानी:

‘सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ’

‘सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ’

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं राम्रै ठाउँ भए पनि यहाँ अलि स्वार्थी मानिस बस्छन् जस्तो लाग्छ । सहरवासीको बानी गुजुल्टिएका तारजस्तै लाग्छ मलाई । त्यस्तै, यहाँ सवारी चालक पनि असभ्य छन् । केटी मान्छेले स्कुटी र गाडी चलाएकी छ भने ट्रक र माइक्रो चालकले धेरै नै पेल्छन् ।

मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

मोनोरेलदेखि सगरमाथासम्म केबुलकार

शुक्रबार, २४ कार्तिक २०७४

चुनावमा पूरा गर्न नसकिने सपना बाँड्नु नेपाली राजनीतिक दलको पहिचानजस्तै बनिसकेको छ । यसै वर्ष भएको स्थानीय तह निर्वाचनका वेला दलहरूले महŒवाकांक्षी योजनाको लोभ देखाउँदै मतदातासँग भोट मागेका थिए । त्यसवेला काठमाडौं उपत्यकालाई युरोपेली वा अमेरिकी सहरको दाँजोमा पु¥याउने सपना बाँडेका दलहरूले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि त्यस्तै प्रतिबद्धता दोहो¥याइरहेका छन् ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।