"
तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

तस्बिरमा हेर्नुहोस् ४ नम्बर प्रदेशको मतदान

बुधबार, २४ माघ २०७४

राष्ट्रिय सभा निर्वाचनको लागि भएको मतदानमा चार नम्बर प्रदेशमा एक जना प्रदेश सांसदबाहेक अन्य सबैको मत खसेको छ। मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित प्रदेससभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङे मतदानमा आएनन्। लोकसेवा आयोग क्षेत्रीय निर्देशनालयमा भएको मतदानमा प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरु उत्साहका साथ सहभागि भए।

एक महिने स्वस्थानी व्रत समापन (फोटो फिचर)

एक महिने स्वस्थानी व्रत समापन (फोटो फिचर)

बुधबार, १७ माघ २०७४

पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान समापन गरिएको छ। बिहान ८ बजेर ५५ मिनेटपछि चन्द्रग्रहणको सुतकले व्रत उद्यापन गर्न नहुने भएकाले त्यसअघि नैे पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका व्रतालुले आज साङ्गे गरेका हुन्।

वन्यजन्तुको बन्दी जीवन (फोटो फिचर)

वन्यजन्तुको बन्दी जीवन (फोटो फिचर)

शुक्रबार, १२ माघ २०७४

जावलाखेलस्थित सदर चिडियाखाना नेपालको एकमात्र चिडया घर हो। ६ हेक्टर क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा अहिले एक सय चार प्रजातिका सात सयभन्दा बढी वन्यजन्तु छन्। तर यी जन्तुलाई अहिलेको ठाउँ अपुग भइरहेको छ। सरकारले चिडियाघर सानो भएको भन्दै विस्तार गर्ने योजना बनाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन।

स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)

स्वस्थानीका ब्रतालु पनौतीमा (फोटो फिचर)

आइतबार, ०७ माघ २०७४

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज काभ्रेको पनौतीस्थित त्रिवेणी नदिमा स्नान गरेका छन्।

सोनाम ल्होसार मनाईयो (फोटो फिचर)

सोनाम ल्होसार मनाईयो (फोटो फिचर)

बिहिबार, ०४ माघ २०७४

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार बिहीबार विविध कार्यक्रमका साथ मनाइएको छ।

स्वस्थानीका ब्रतालु बागमतीमा(फोटो फिचर)

स्वस्थानीका ब्रतालु बागमतीमा(फोटो फिचर)

मङ्गलबार, ०२ माघ २०७४

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी ब्रतका ब्रतालुहरूले आज पशुपतिस्थित बागमति नदीमा स्नान गरेका छन् । एक महिने माधवनारायण स्वस्थानीको ब्रत बसेका ब्रतालुहरूले आज बागमतीमा स्नान गरी माधव नारायणको पुजा गरेका हुन्।

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

राजधानीमा यसरी मनाईयो माघी र माघे संङ्क्रान्ति (फोटो फिचर)

सोमबार, ०१ माघ २०७४

आज माघ १। विभिन्न समुदायले आजको दिनलाई धुमधामका साथ मनाएका छन्। मगर समुदायले माघे संक्रान्तिकोरुपमा विविध कार्यक्रम गरेर मनाए भने थारु समुदायले माघीको रुपमा मनाए। राजधानीमा मगर समुदायले भृकुटिमण्डप र थारु समुदायले टुंडिखेलमा कार्यक्रम आयोजना गरेका थिए।

घरमै यसरी बनाअाैँ चाकु (फोटो फिचर)

घरमै यसरी बनाअाैँ चाकु (फोटो फिचर)

आइतबार, ३० पुष २०७४

माघे संक्रान्ति आउन एक दिन बाँकी रहँदा बजारमा चाकुले राम्रै व्यापार पाइरहेको छ । हुन त चाकु भन्ने बित्तिक्कै सबैले मकर संक्रान्ति अर्थात माघ १ लाई सम्झिन्छाैँ हामी ।

साधुटारको सुन्दरता (फोटोफिचर)

साधुटारको सुन्दरता (फोटोफिचर)

आइतबार, ३० पुष २०७४

दैनिक कामको तनाबबाट मुक्त हुन सहरबाट केही टाढा निस्कने प्रचलन हिजोआज बढ्दै गएको छ। मनोरञ्जनका लागि लगानीमा बढोत्तरी गर्न उत्साहित हुनेक्रम देखिन थालेको छ। यहि क्रममा पाँचथरको फिदिम नगरपालिकाको रानीटारमा जानेको संख्या उलेख्यमात्रमा बढ्न थालेको छ।

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

राप्ती तटमा रमाउँदै चरा र गोहीहरू(फोटो फिचर)

आइतबार, ३० पुष २०७४

हिउँदयाममा नेपालका नदी, खोला, ताल तलैया र सिमसार क्षेत्रमा बसाइ सरेर आउने पानी चरा (विन्टर वाटर बर्ड) को गणना हुन्छ । नदी सफा भए, माछा अन्य जिव र लेउहरु हुन्छन् । तिनै वस्तु खान निकै टाढा साइबेरियादेखि हिमश्रृङ्खला पार गरेर चराहरु नेपाल आउँछन् । नेपालमा बसाइ सरेर आउने पानी चरा भेटिनु भनेको यहाँको नदी, खोला, ताल तलैया र सिमसार प्रदुषित छैनन् भन्ने पनि हो ।

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

एघार वर्षपछि पुन: मनाइयो पृथ्वी जयन्ती (फोटो फिचर)

बिहिबार, २७ पुष २०७४

आधुनिक नेपालका प्रणेता स्वर्गीय राजा पृथ्वीनारायण शाहको २९६ औं जन्मजयन्ती बिहीवार विभिन्न कार्यक्रमका साथ मनाइदैछ । पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइदै आएको छ । मुलुकमा गणतन्त्र आएपछि पृथ्वी जयन्ती मनाउन छाडिएपनि एघार वर्षपछि सरकारले पृथ्वी जयन्तीका अवसरमा सार्वजनिक विदा दिएको छ र सरकारीस्तरबाट कार्यक्रम गरेर यो दिवस मनाइएको छ ।

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

बुधबार, २६ पुष २०७४

माघे संक्रान्तिका लागि तरुल खन्न सर्लाहीका किसानलाई भ्याई नभ्याई भएको छ। जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवा लगायत स्थानमा तरुल खेती हुने गरेको छ। सातायता उक्त क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई विक्री गर्न अथवा आफै काठमाडौं, पोखरा लगायत प्रमुख शहरहरुमा लैजान व्यस्त बनेका छन्। उक्त क्षेत्रमा सातायता खेतहरुमा जताततै तरुल खनेको दृष्यमा मात्र देखिन्छ।

चाकुकाे चटाराे (फोटो फिचर)

चाकुकाे चटाराे (फोटो फिचर)

मङ्गलबार, २५ पुष २०७४

माघे संक्रान्ति नजिकिँदै गर्दा काठमाडौं उपत्यकाका चाकु व्यवसायीलाई अहिले चाकु बनाउन भ्याइ नभ्याइ छ । माघे संक्रान्तिलाई केन्द्रित गरेर बजारमा चाकुको माग बढी हुने भएकाले यतिबेला टोखा, मंलगबजार र भक्तपुरका चाकु व्यवसायीलाई चाकु बनाउन व्यस्त भएका हुन् ।

अाच्छु कस्ताे जाडाे (फाेटाे फिचर)

अाच्छु कस्ताे जाडाे (फाेटाे फिचर)

आइतबार, २३ पुष २०७४

राजधानी लगायत देश भर कै तापक्रम कम भइरहँदा काठमाडाैँकाे तापक्रम शून्य  डिग्री सेल्सियस पुगेकाे छ ।  आइतबार बिहान राजधानीको न्यूनतम तापक्रम शून्य डिग्री पुगेको थियो । उपत्यकासहित देशभरकै तापक्रम केही दिनसम्म न्यून रहने माैसम पूर्वानुमान शाखाले जनाएकाे छ । ‘हाम्रोले तीन दिनको अनुमान निकाल्ने हुँदा काठमाडौंको तापक्रम शून्यदेखि २ डिग्रीसम्म रहनेछ । छोटो दिन भएकाले दिउँसो कम घाम लाग्ने र राति आकाश खुला हुनाले तापक्रम अझ घट्नेछ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालले भने,‘मध्य जाडो हट्न अझ एक साता लाग्ने हुँदा मौसम सुधार हुने सम्भावना कम छ। पश्चिमतिरबाट आउने हावाले वायुलाई असर गर्ने हो ।’ उनका अनुसार गत वर्ष काठमाडौंको तापक्रम शून्य दशमलव ४ डिग्रीसम्म रहेको थियो।

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

काठमाडौंमा मास्क र्‍याली (फोटो फिचर)

शनिबार, २२ पुष २०७४

वायु प्रदुषणबारे सचेतना फैलाउन काठमाडौंमा मास्क र्‍याली निकालिएको छ। 'स्वच्छ हावा' अभियानले राजधानीमा र्‍याली निकालेको हो।

भक्तपुरमा एक महिने माधवनारायणको व्रत सुरु [फोटो फिचर]

भक्तपुरमा एक महिने माधवनारायणको व्रत सुरु [फोटो फिचर]

मङ्गलबार, १८ पुष २०७४

भक्तपुर हनुमानघाटमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिने श्री माधवनारायणको व्रत चल्दै आएको छ । स्वस्थानी व्रतकथाका क्रममा भक्तपुर नगरपालिका–६ हनुमानघाटमा हुने एकमहिने माधवनारायण व्रत लिएकाहरू हरेक बिहान फरकफरक स्थानका सडकमा गुडुल्किएर हिँड्ने गर्छन् ।

जो दीक्षित भए (फोटो फिचर)

जो दीक्षित भए (फोटो फिचर)

आइतबार, १६ पुष २०७४

त्रिभुवन विश्वविद्यालयको ४३ औँ दीक्षान्त समारोहमा आठ हजार २६७ विद्यार्थी दीक्षित भएका छन्।

टु‌ंडिखेलमा ल्होछारको रमाइलो (फोटो फिचर)

टु‌ंडिखेलमा ल्होछारको रमाइलो (फोटो फिचर)

शनिबार, १५ पुष २०७४

काठमाडौं- तमु जातिको ल्होछार पर्वको अवसरमा राजधानीको टु‌ंडिखेलमा लिइएका केही तस्बिरहरु।

‘पोखरा घुम्न आउनु है’ (फोटो फिचर)

‘पोखरा घुम्न आउनु है’ (फोटो फिचर)

बिहिबार, १३ पुष २०७४

आन्तरिक पाहुनालाई पोखरा घुम्न बोलाउँदै विहीबारदेखि यहाँस्थित कोमागाने पार्कमा पोखरा सडक महोत्सव सुरु भएको छ । पोखरालाई आन्तरिक पाहुनामय बनाउने योजनासहित आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेबान)ले पोखरामा पाँँच दिनका लागि महोत्सव आयोजना गरेको हो।

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

मनिन्द्र सिंह बने  'मिस्टर गे ह्यान्डसम' (फाेटाे फिचर)

बुधबार, १२ पुष २०७४

मंगलबार काठमाडाैँकाे राष्ट्रिय नाचघरमा भएकाे मिस्टर गे ह्यान्डसम प्रतियाेगितमा  मनिन्द्र  सिंह विजयी भएका छन्। यौनिक तथा लैंगिक अल्पसंख्यको पक्षमा काम गर्ने ब्लु डायमण्ड सोसाईटीले अायाेजना गरेकाे उक्त प्रतियाेगितामा सिंह प्रथम हुँदा विरेन्द्र चाैधरी द्वितीय बने । त्यस्तै अनुज पिटर रार्इ तृतीय भए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।