"
बेसीसहरमा २६ औं त्रिवेणी कप सुरु

बेसीसहरमा २६ औं त्रिवेणी कप सुरु

बुधबार, १२ पुष २०७४

सदरमुकाम बेसीशहरस्थित त्रिवेणी युवाक्लवले आयोजना गर्दै आएको त्रिवेणी कपको २६ औं संस्करण बुधवारदेखि बेसीशहरमा सुरु भएको छ ।

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

हात्तीले टावर ढालेपछि तीन दिनदेखि लोडसेडिङ

आइतबार, ०९ पुष २०७४

पश्चिमका १८ जिल्लासम्म राष्ट्रिय विद्युत प्रसारण जोड्ने बाँकेको समशेरगन्जमा विद्युत प्रसारण टावर जंगली हात्तीले ढलाएपछि तीन दिनदेखि विद्युत अनियमित भएको छ ।

एसिड प्रहार गर्ने पक्राउ

आइतबार, ०९ पुष २०७४

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगर बस्ने २६ बर्षीय प्रेम सुनारलाई प्रहरीले एसिड प्रहार गरेको अभियोगमा पक्राउ गरेको छ ।

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

म्यादी प्रहरीको मृत्युपछि चर्कियो आन्दोलन

आइतबार, ०९ पुष २०७४

प्रहरीको गोली प्रहारबाट म्यादी प्रहरीको मृत्यु भएको भन्दै जिल्लामा आन्दोलन चर्केको छ । रास्कोट नगरपालिका वडा नम्बर २ निवासी २० वर्षीय विवेक ऐडीको शुक्रवार गोली लागेर मृत्यु भएको थियो । तलव विवादमा गत शुक्रबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी र म्यादी प्रहरीबिच विवाद हुँदा प्रहरीले लाँठीचार्ज र गोली चलाएको थियो ।

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू

कालिकोटमा अनिश्चितकालीन कर्फ्यू

शनिबार, ०८ पुष २०७४

प्रहरीले चलाएको गोली लागेर कालिकोटमा म्यादी प्रहरीको ज्यान गएपछि शनिबार पनि कालिकोट सदरमुकाम मान्मा तनावपूर्ण रह्यो। म्यादी प्रहरी, स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन्।

६ नम्बर प्रदेशको राजधानी माग्दै कर्णालीबासी

६ नम्बर प्रदेशको राजधानी माग्दै कर्णालीबासी

शनिबार, ०८ पुष २०७४

राज्यको पुर्नसंरचना गर्दा कर्णालीलाई सुदुरपश्चिमसँग गाभेको विरोधमा सडकमा उत्रिएको जुम्ला अहिले कर्णालीमा प्रदेश राजधानीको माग गर्दै आन्दोलनको तयारी थालेको छ। पहिचान र सामाथ्र्यका आधारमा कर्णाली अग्रस्थानमा रहेको भन्दै कर्णालीमै ६ नम्बर प्रदेशको राजधानी हुनुपर्ने माग जुम्लाबासीको छ।

सफाई कामदार आन्दोलित, अमरगढी नपामा तालाबन्दि

सफाई कामदार आन्दोलित, अमरगढी नपामा तालाबन्दि

बुधबार, ०५ पुष २०७४

डडेल्धुरामा अमरगढी नगरपालिका बजार क्षेत्र सरसफाई गर्ने कामदारहरुले नगरपालिकाको कार्यालयको कामकाज ठप्प पारेका छन् । डडेल्धुरा सदरमुकाम बागबजार, तुफानडाडा, खलंगा, किर्तीपुर, पोखरा बजार क्षेत्र सरसफाई गर्दै आएका कामदारहरुले महिनौसम्म आफुले तलब नपाएको भन्दै नगरपालिकाको सम्पुर्ण काम ठप्प पारेका हुन् ।

डडेल्धुराका तीन लघु जलबिद्युत आयोजना बन्द, गाउँ अन्धकार

बुधबार, ०५ पुष २०७४

डडेल्धुरामा रहेका लघु जलबिद्युत आयोजना मध्ये हाल तीन वटा आयोजनाको मर्मत सम्भार हुन नसक्दा जिर्णभई प्रयोग विहिन बनेका छन । तीन वटा लघु जलबिद्युत आयोजना प्रयोगविहीन बनेसंगै लाभान्वित २ सय ४८ भन्दा बढि घरपरिवार अन्धकारमा बस्न बाध्य छन् ।

साढे पाँच हजार घरमा मात्र छानो

साढे पाँच हजार घरमा मात्र छानो

मङ्गलबार, ०४ पुष २०७४

भूकम्पको ३२ महिना बितिसक्दा केन्द्रबिन्दु जिल्ला गोरखामा भने पाँच हजार पाँच सय ६५ घरको मात्रै छानो छाइएको छ। यी घरधुरीले सरकारले दिने तेस्रो किस्ता अथवा छानो छाउन दिने अन्तिम किस्ताबापतको एक लाख लिइसकेका छन्।

बेनीबजार जोगाउन ११ करोड

बेनीबजार जोगाउन ११ करोड

मङ्गलबार, ०४ पुष २०७४

नदी कटानबाट म्याग्दीको सदरमुकामबेनीबजारलाई जोगाउनसुरु गरिएको संरक्षण आयोजनाले तीव्रता पाएको छ । बजार म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि जोखिमयुक्त जिल्ला सदरमुकाम बचाउन कार्यक्रम आयोजना गरिएको हो ।

शान्तिपूर्ण ढंगले निर्वाचन गराउन सरकार तयार : गृहमन्त्री

शान्तिपूर्ण ढंगले निर्वाचन गराउन सरकार तयार : गृहमन्त्री

सोमबार, ०५ असार २०७४

दोस्रो चरणको निर्वाचनको समयमा प्रदेश नम्बर ५ का जिल्लामा हुने सुरक्षा चुनौतीका विषयमा सोमबार नेपालगन्जमा छलफल भएको छ। सुरक्षा गोष्ठीमा गृहमन्त्री जनार्दन शर्मासहित गृहमन्त्रालयका अधिकारी, विभिन्न सुरक्षा अंगका प्रमुख, मध्यपश्चिम र विभिन्न जिल्लाका सुरक्षा अंगका प्रमुख सहभागी थिए।

प्रदेश–७ का मतदाता भन्छन्- 'देखिने विकास चाहिएको छ'

सोमबार, २९ जेठ २०७४

मतदाताले राजनीतिक दलका नेताबाट मिठामिठा आश्वासन नभई सबैले देख्ने खालका भौतिक विकास चाहेका छन्। उम्मेदवारले निर्वाचनका बेला ठूलाठूला आश्वासन दिने तर जितेपछि पूरा नगर्ने भएकाले मतदाताले देखिने विकासका काम चाहेको बताएका छन्।

अप्ठेरो सडकमा बिना ट्याङ्कीका गाडी चल्दैै

अप्ठेरो सडकमा बिना ट्याङ्कीका गाडी चल्दैै

बुधबार, ०९ चैत २०७३

जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढंगले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्कीहरू फुटेको भन्दै खुल्ला गेलिनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ ।

करेन्ट लगाएर मारिदै नदीका माछा

करेन्ट लगाएर मारिदै नदीका माछा

बुधबार, ०९ चैत २०७३

जिल्लाको ग्रामीण भेगमा रहेका नदी र खोलाहरूमा केही वर्षदेखि करेन्ट लगाएर माछा मार्ने क्रम तिव्र बनेको छ । स्थानीय प्रशासनको  लापरवाही र सरोकारवालाहरूको गैरजिम्मेवारीपनका कारण खोला र नदीमा  करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको छ ।

सडकले ल्याएको खुशी

सडकले ल्याएको खुशी

सोमबार, ०७ चैत २०७३

एक वर्ष अघिसम्म पुरचौडीका किसान पिठ्युमा भटमासबोकेर खोडपे–बझाङ सडकखण्डको श्रीभावरसम्म पैदलै पुग्थे । उति बेला प्रतिकिलो पाँच रुपैयाँ त ढुवानी भाडा मात्र तिर्नुपथ्र्यो । सडक छेउको श्रीभावरमा भटमास बेचेर खाद्यान्नलगायतका घरायसी समाग्री बोकेर फर्कन्थ्ये ।

'असईको पेस्तोल भारतीयले लुटे'

बिहिबार, ०३ चैत २०७३

गत बिहीबार आनन्दबजारमा प्रहरी सहायक निरीक्षक (असई) माधव भट्टको सात राउन्ड गोली लोडेड पेस्तोल भारतीय पक्षले लुटेर लगेको खुलासा भएको छ। सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख रोमन्द्र देउजाले असई भट्टको पेस्तोल लुटेर लगेको बताए।

संघर्षले चम्काएको आत्मसम्मान

संघर्षले चम्काएको आत्मसम्मान

आइतबार, २९ फागुन २०७३

ज्वरो आएका ७२ वर्षीय बुवा खिमलाल गौतमलाई उपचारका लागि आइबिआरडीको क्लिनिकमा लैजाने योजना थियो गोविन्द गौतमको। भारतीय पक्ष आएर कल्भर्ट भत्काउन लागेको सुन्नेबित्तिकै बिहीबार ९ बजेतिर उनी आफ्नो भूमिको रक्षाका लागि लड्नुपर्छ भन्दै दौडिए।

घुम्तीमा ब्रेक नलाग्दा दुर्घटना, २२ को मृत्यु, ४० घाइते

घुम्तीमा ब्रेक नलाग्दा दुर्घटना, २२ को मृत्यु, ४० घाइते

शुक्रबार, २७ फागुन २०७३

जाजरकोटमा बिहीबार यात्रुवाहक बस दुर्घटना हँुदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० घाइते छन्। तीमध्ये २८ को अवस्था 'गम्भीर' छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेश रिमालका अनुसार लहँ–४ का रामबहादुर बस्नेत, सीमा–९, स्यापीका मदन पुन र भेरीमालिका नगरपालिका–४ बोहराका  नवीन चन्दको मात्र सनाखत भएको छ।

प्रहरी गोलीले तीनको मृत्यु

प्रहरी गोलीले तीनको मृत्यु

मङ्गलबार, २४ फागुन २०७३

प्रमुख विपक्षी नेकपा एमालेको शनिबारबाट जारी मेची–महाकाली अभियान क्रममा मंगलबार सप्तरीको मलेठ गाविसमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा तीन जनाको मृत्यु भएको छ। प्रहरी गोलीले अन्य दर्जनभन्दा बढी घाइते छन्।

भोट खसाल्ने प्रतीक्षा

भोट खसाल्ने प्रतीक्षा

शनिबार, २१ फागुन २०७३

निर्वाचन मिति घोषणाले एकातिर सर्वसाधारणलाई उत्साहित बनाएको छ भने अर्कोतिर उम्मेदवारमा पुरानै समस्या दोहोरिने हो कि भन्ने चिन्ताले पनि सताएको छ।