"
थामखर्क विमानस्थल : महिना दिन म्याद बाँकी रहँदा बेसको काम

थामखर्क विमानस्थल : महिना दिन म्याद बाँकी रहँदा बेसको काम

बुधबार, २३ जेठ २०७५

सम्झौता म्याद महिना दिन बाँकी रहँदा खोटाङको थामखर्क बिमानस्थल कालोपेत्रका काम करिब ६५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

गाउँपालिका केन्द्र सार्न माग गर्दै कार्यालय घेराउ

बुधबार, २३ जेठ २०७५

पुथा उत्तरगंगा गाउँपालिका–१३, पद्मी बिर्गुमका बासिन्दाहरुले गाउँपालिकाको कार्यालयमा घेराबन्दी गरेका छन्। साविकको गाउँपालिकाको केन्द्र कोलबाट पद्मी बिर्गुममा सार्नु पर्ने भन्दै उनीहरुले घेराबन्दी गरेका हुन्।

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

मङ्गलबार, २२ जेठ २०७५

खोटाङको ईलाका प्रहरी कार्यालय हलेसीमा पहिलोपल्ट प्रहरी निरीक्षक खटिएका छन्। स्तरोन्नती भएको तीन वर्षपछि मात्र हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको उपस्थिति भएको हो।

गोली हानेर पैसा लुट्ने ५ जना सार्वजनिक

मङ्गलबार, २२ जेठ २०७५

प्रदेशको अस्थाई राजधानी धनगढीमा गत जेठ १३ गते दिनदहाडै गोली प्रहार गरेर साढे ९ लाख लुट्ने ५ जना लुटेरालाई प्रहरीले पक्राउ गरेर मंगलवार सार्वजनिक गरेको छ।

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

अवैध सम्बन्धले लियो वडा सदस्यको ज्यान

मङ्गलबार, २२ जेठ २०७५

कालिकोटमा एक वडा सदस्यको कुटपिटबाट मृत्यु भएको छ। तत्कालिन नेकपा एमालेबाट निर्वाचित नरहरिनाथ गाउँपालिका वडा नम्वर ९ की वडा सदस्य ४५ वर्षीया मना सार्की (आइती) को छिमेकीको कुटाईबाट शनिबार ज्यान गएको हो।

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

सीमामा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’

सोमबार, २१ जेठ २०७५

कञ्चनपुर जिल्लामा सीमा सुरक्षाकालागि सशस्त्र प्रहरी बलले ‘फोर्स मार्च’ अभियान शुरु गरेको छ।

सुन सहित पक्राउ

सोमबार, २१ जेठ २०७५

रुकुम (पूर्व) मा ११ तोला सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको भुमे गाउँपालिका–८, कोर्जाका १९ वर्षीय तारा बुढा मगरलाई सुन सहित पक्राउ गरिएको हो।

मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ

मानसरोवर जाने पर्यटकले सिमीकोट भरिभराउ

सोमबार, २१ जेठ २०७५

सिमीकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु आउँदा सिमकोटमा चहलपहल बढेको छ। सिमीकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि वैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु आइतबारसम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन्।

नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’

नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’

सोमबार, २१ जेठ २०७५

अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो।

कर्ण शाक्यको होटल वाटर फ्रन्टबारे प्राविधिक अध्ययन सुरु

कर्ण शाक्यको होटल वाटर फ्रन्टबारे प्राविधिक अध्ययन सुरु

सोमबार, २१ जेठ २०७५

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे सरकारले गठन गरेको छानविन समितिले नापजाँच सुरु गरेको छ।

‘जनसत्ता’ ले मान्यता पाउँदै

आइतबार, २० जेठ २०७५

कर्णाली प्रदेशले ‘जनसत्ता’ का लिखत पासलाई मान्यता दिनेगरी काम सुरु गरेको छ। सोझै ‘जनसत्ता’ नभनि उसले भूमी समस्या समाधान भनि यसलाई मान्यता दिन लागेको हो।

कर्णाली प्रदेश : अबदेखि हरेक शनिबार मन्त्रिपरिषद् बैठक

आइतबार, २० जेठ २०७५

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ। आइतबार बसेको बैठकले विदाको दिनलाई सदुपयोग गर्नका लागि शनिबार बैठक बस्ने निर्णय गरेको हो।

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध

आइतबार, २० जेठ २०७५

सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुगेपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति अवरुद्ध भएको छ। सडक निर्माणका क्रममा शनिबार बेलुका स्काभेटरले झुप्रा खोलाको पाइपलाइनमा क्षति पु¥याएको हो। मुख्यस्रोत अवरुद्ध हुँदा उपत्यकामा खानेपानीको अभाव भएको छ।

एउटै भवनमा दुई वडा कार्यालय

एउटै भवनमा दुई वडा कार्यालय

शनिबार, १९ जेठ २०७५

जिल्लाको पातारासी गाउँपालिकामा पहिलेको गाविस भवनमा दुई वटा कार्यालय खोलेर सञ्चालन भइरहेको छ। प्रत्येक वडामा कार्यालय खडा गरेर सिंहदरबारको अधिकार गाउँ नगरमा आएको प्रत्याभुति स्थानीयमा हुन सकेको छैन्।

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

त्रिदेशीय सीमा गस्तीमा सशस्त्र प्रहरी

शनिबार, १९ जेठ २०७५

दार्चुलाको उत्तरी त्रिदेशीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती सुरु गरेको छ। राज्यको पहुँच नहुँदा हुने गरेको प्राकृतिक स्रोतको दोहन, चोरी सिकारी तथा तस्करीका साथै छिमेकी हस्तक्षेप नियन्त्रण र सीमा अद्यावधिक तथा अपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको टोली त्रिदेशीय सीमा क्षेत्रमा गस्तीमा गएको हो।

टिपर दुर्घटनामा सहचालकको मृत्यु

शनिबार, १९ जेठ २०७५

सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ नयाँपाटीमा शुक्रबार राती भएको टिपर दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ। लु ३ ख ८९३९ नम्बरको टिपर दुर्घटनामा एक घाइते भएका छन्।

दुई बालिका बलात्कृत

बिहिबार, १७ जेठ २०७५

जिल्लाका दुई बालिका बलात्कृत भएकी छिन्। सानीभेरी गाउँपालिका र आठबीसकोट गाउँपालिकामा बालिका बलात्कृत भएकी हुन्।

यी हुन डडेल्धुराका काम नगर्ने ठेकेदार कम्पनी

यी हुन डडेल्धुराका काम नगर्ने ठेकेदार कम्पनी

बिहिबार, १७ जेठ २०७५

ठेक्का सम्झौता अनुसार तोकिएको समय सीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीको नाम गृह मन्त्रालयले संकलन गरेको छ।

जलमग्न सुर्खेत

जलमग्न सुर्खेत

बिहिबार, १७ जेठ २०७५

अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेका छन् ।

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

सम्भोग गर्दागर्दै रुकुममा महिलाको मृत्यु, एक युवक पक्राउ

बुधबार, १६ जेठ २०७५

रुकुम सदरमुकाम मुसीकोट खलंगामा एक महिला मृत अवस्थामा फेला परेकी छिन्। रुकुम (पूर्व) सिस्ने गाउँपालिका वडा नं. ६ घर भई हाल मुसीकोट नगरपालिका वडा नं. १ खलंगा बस्दै आएकी अन्दाजी ३८ बर्षकी इच्छा बिसी बुधबार मृत फेला परेकी हुन्।