शम्भुशरण मावि खैरापुरका देवेन्द्रराज सिग्देल पेशाले शिक्षक हुन्। उनले पढाउने जिम्मा पाएको विषय स्वास्थ्य तथा शारीरिक शिक्षा थियो। त्यो विषयमा रहेको यौन तथा प्रजनन् स्वास्थ्यबारेमा लेखिएको पाठ पढाउने दिन आयो की सिग्देललाई कसरी उम्कने भन्ने चिन्ताले सताउँने। सधै उनले एउटै शैली अपनाउँथे। 'यो पाठ सजिलो छ, आफै पढ।' विद्यार्थीलाई पनि त्यस्तै सजिलो धन्न सरले पढाएनन्। पढाएको भए, केटाहरू कि हाँसीमात्रै रहने केटीहरू लाजले रातोमुख लगाउँने वा शिर लुकाएर बस्ने। उनले अहिले मात्रै यौन तथा प्रजनन् स्वास्थ्यबारे शिक्षाको महत्व बुझेका छन्।
विद्यालय तहको पाठ्यासामाग्रीमा गर्भाधान हुने प्रक्रिया र यौन तथा प्रजनन् अंगका बारेमा सामान्य जनकारी थियो। दुई वर्षअघि गाउँमा एक गैरसरकारी संस्थाले शिक्षकहरूका लागि सघन यौनिकता शिक्षा तालिमपछि अहिले उनले त्यो नियती भोग्नु परेको छैन्। छिमेकी विद्यालयका शिक्षकले त्यस्ता तालिमा पाएका छैनन्। उनीहरूका लागि पनि अहिले विकल्प छ। गाउँमा परिवार नियोजन संघ अर्न्तगत सञ्चालित बहुउद्देश्यमा संगठित भएको थुपै यूवाहरू यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेर कुरा गर्न सक्छन्। तालिम नपाएका शिक्षकले ती कोर्स पढाउँन उनीहरूकै सहयोग लिने गरेका छन्। 'खुलस्त यस्ता पाठ पढाएमा विद्यार्थीले पनि कस्ता लाज नभएका शिक्षक भनिन्थ्यो।' सुमित्रा पौडेलले भने।
विद्यालय निरीक्षक भएका बर्दियाकै मतिराम शर्मा त यतिसम्म भन्छन् की यौन शिक्षा पाएका विद्यालयमा उतिर्ण प्रतिशत नै बढेको छ। 'बालबालिका जव खुल्छन् उनीहरूसँग यति धेरै समस्या हुन्छ नी मैले अहिले महसुस गरेको छु।' शर्माले भने, उमेर बढ्दै शरीरमा आउँने परिवर्तन, यौन जिज्ञासा, कौतुहलता मात्रै स्वाभाविक परिवर्तनले पनि केही असर गर्छ की भन्ने त्रास एवं त्योबारे अरूसँग छलफल गर्न नसक्ने भएकोले भित्रभित्रै त्यसले नराम्रो बाटोमा लैजान सक्छ। बाल बिबाह, अनिच्छित गर्भधारण, जसको कारण उमेर नपुगि हुने विवाह मात्रै होइन्, अन्य स्वभाविक विकासले अस्व्ाभाविक रूप लिएका उदाहरण पनि छन्। अन्य कारण पनि होला, यौन शिक्षा दिन थालेका विद्यालयमा उत्रिर्ण दर नै बढेको विनी शर्माको ठहर छ।
बाँके र बर्दियाका गरी १२ गाविसका विद्यालयमा यौन शिक्षासँगै प्रश्न गर्न नसक्ने विद्यार्थीलाई लक्षित गरेर सूचना बक्स समेत राखेका छन्। खासगरी महिनवारी हुँदाको समस्यालाई लिएर छात्राहरूले पढाई नै छाड्ने गरे क्रम पनि घटाएको शिक्षक सिग्देलले बताए। सघन यौनिकता शिक्षाभित्र सुरक्षित यौन सम्पर्क, परिवार नियोजन एचआइभी लगायतका यौनरोग, किशोरावस्थामा आउँने परिवर्तन, प्रजनन् अंग, यौन हिंसा जस्ता विषयमा चेतना आवाश्यक भएको उनको ठहर छ। ती क्षेत्रमा धेरै मानिसहरू भारतमा काम गर्न जाने भएकोले असुक्षित यौन सम्पर्कले एचआइभी लगायतका रोग निम्त्याइरहेको अवस्थामा विद्यार्थीमा दिइने शिक्षाले समुदायमा समेत सकारात्मक भूमिका खेलेको यूवा परिचालक सागर ज्ञवालीले बताए। बर्दियाको सानोश्रीमा रहेको बहुउद्देश्य स्रोत केन्द्रमा यूवा अर्न्तगत मात्रै ७ सय, खजुरास्थित केन्द्र अर्न्तगत ४ सय कशोर किशोरी सदस्य छन्। टिनेज नकटेका विद्यार्थी उनीहरूका कुरा सुन्ने व्यतित्व विकासलका लागि हुने अतिरिक्त क्रियाकलापमा भाग लिने गर्छन्।
दुबै जिल्लाका केन्द्रहरू यूवाहरू भेटभएर यौन तथा प्रजनन स्वास्थ्यका बारेमा छलफल मात्रै गर्ने होइन् ती केन्द्रहरूले स्वास्थ्य सम्बन्धी परामर्श र केही उपचारात्मक सेवा पनि प्रधान गदै आएका छन्। रक्त समूह परीक्षण, दिशा, पिसाब परीक्षण, गर्भजँाच ,एचआइभी र यौन रोगबारे काउन्सिलिङ्ग छन्। संघले किशोर किशोरीलाई लक्षित गरेर व्यतित्व विकासका कार्यक्रम गरेको छ भने, पछाडी परेका र धार्मिक हिसाबले मुस्लिम र थारू समुदायका महिलाहरूमा पनि यौन स्वास्थ्य एवं प्रजनन् स्वास्थ्यसँगै आयमुलक कार्यक्रम समेत सञ्चालन गरेका छन्।
जसको कारण यस्ता विषयमा खुलेर कुरा गर्न नचाहने ती समुदायका बालबालिका एवं किशोर किशोरी पनि यस्ता अभियानमा सहभागी हुने बातावरण बनेको छ। किशोरकिशोरी बालबालिकाहरू सँगै बसेर यौन तथा प्रजनन् स्वास्थ्यका कुरा मात्रै गर्दैनन्, व्यतित्व विकास, व्यावस्थापन अवसरको खोजीदेखि सामाजिक अभियान समेत चलाउँछन्। बर्दियाकै कतिपय ठाउँमा समेत रहेको छाउपटी प्रथा विरूद्ध समेत सामाजिक अभियान छेडेका छन्। सोही समूहको पहलमा छाउपडी अवस्थामा राख्न बनाइएको थुपै गोठ उनीहरूले अविभावलाई सहमत गराएर भत्काएका छन्।
यौनिकता भनेको यौन सम्बन्धका बारेमा मानिसका विचार, यौन सम्बन्धी मुल्य मान्यता तथा धारणा, यौनका सम्बन्धमा रहेका दृष्टिकोण हो। यौनको अर्थ, हामी कसरी यी कुराहरूलाई अभ्यास गर्छौ तथा हामी कसरी त्यसलाई नियन्त्रण वा सिमित गर्छौ भन्ने कुराको समष्टिगत रूप हो।
'शिक्षाले केवल सूचित गर्नुलाई मात्रै प्रयाप्त ठान्दैन् यूवाहरूलाई उचित ज्ञान अतिआवाश्यक पर्ने जीवन उपयोगी सिप प्रप्तिको अवसर, सकारात्मक धारण मूल्यमान्यता निर्माणमा प्रेरित गर्दछ।' नेपाल परिवार नियोजन संघकी सघन यौनिकता शिक्षाकी निर्देशक उपमा मल्लले भन्छिन्, 'यस शिक्षाले यौन तथा प्रजनन् अधिकार र स्वास्थ्यका साथै यस विषयसँग सम्बन्धित सामाजिक सवालहरू बारे वास्तविक सूचना दिन्छ।'
यसमा यौन सम्बन्धी जैविक, सामाजिक, सास्कृतिक, मनोवैज्ञानिक र भावनात्मक पक्ष समेटिएको हुन्छ। विभिन्न विषय समेटिएको यस शिक्षाले आफ्नो र अरूको अधिकार प्रति संवेदनशील यूवा पिढी तयार पार्ने उदेश्य बोकेको हुन्छ। यौन तथा प्रजनन स्वस्थ्य, लैङ्गिक समानता एवं हिंसा यौन अधिकार, विविधता, सुख वा मनोरञ्जन र सम्बन्ध सघन यौनिकता शिक्षाका अति आवाश्यक सात तत्व हुन्। यस्तो शिक्षा पाएका बालबालिकाले शरीर विज्ञानका महिनावारी, प्रजनन प्रक्रिया, गर्भधारण सूचना र सुरक्षित एवं असुरक्षित गर्भपतन जस्ता विषयमा स्वास्थ सूचना पाउँछन्।
एक तथ्यांकअनुसार हरेक वर्ष एघारको करोड १० लाख यूवाहरू उपचार हुनसक्ने संक्रमणहरूबाट पीडित हुनेगरेका छन्। एचआइभीबाट संक्रमित हुने मध्ये आधाभन्दा बढी संख्या यूवाको छ। वर्षेनी १५ देखि १९ वर्ष उमेर समूहका ४४ लाख केटीहरूले गर्भपतन गर्न खोजेका हुन्छन्। १९ वटा देशको प्रतिवेदनमा उल्लेख भए अनुसार यौन दुर्व्यबहारमा पर्नेहरूमध्ये केटीहरूको संख्या ७ देखि ३४ प्रतिशत छ। परिवार नियोजन संघ अर्न्तगतकै फिनिस परियोजनाकी कार्यक्रम अधिकृत सुमना राणा उचित शिक्षाको अभावमा यस्ता घटना हुने गरेको बताउँछिन्। 'बाल्याकालबाट किशोराबस्थामा प्रवेश गर्दासँगै आउने समस्याको समाधानसँगै, जीवत जिउँने कला सिप पनि जरूरी पर्छ।' उनले भनिन् ' अनिमात्रै असर नागरिक तयार हुनसक्छ।' अर्को एक तथ्यांकअनुसार यौन दुर्व्यबहारमा पर्नेहरूमध्ये केटाहरूको संख्या ३ देखि २९ प्रतिशत छ। एचआइभी तथा यौन रोग केन्द्रको तथ्यांक अनुसार एचआइभी संक्रमित मध्ये १९ वर्ष मुनिका बालबालिको संख्या १८ हजार भन्दा बढी छ।
अहिलेको विद्यालय तहको पाठ्याक्रम यसका लागि अप्रयाप्त भएको ठहर उनीहरूको छ। यौन शिक्षाको अभावमा विद्यार्थी र शिक्षकबीचमा ठूलो ग्याप छ। 'यौन शिक्षा लिनुपर्छ भनेर शिक्षकले नदिएसम्म सम्मान गर्नुपर्ने शिक्षकलाई हामी कसरी यस्ता कुरा सोध्न सक्छौ।' विद्यालयमा निम्न माध्यमिक र माध्यमिक तहमा राष्ट्रिय पाठ्यक्रम स्वास्थ्य तथा शारीरिक शिक्षा तथा वातावरण , जनसंख्या तथा स्वास्थ्य विषय पढ्नु पर्छ।
स्वास्थ्य तथा जनसंख्या शिक्षा कक्षा ९ लैगिंक मुद्दासँगै किशोरावस्था र यौन दुर्व्यबहार, यौन शिक्षा परिचय महत्व र अवस्था कक्षा नौमा, ग्याप अधिकार र पहुँच सूचना र सेवामा सम्बन्ध दूर्व्यबहार र विविधता पढाई हुन्छ।
रूपनी चौधरी
हाम्रो थारू समुदायमा १५ /१६को उमेरमा नै छोरीको विहे गरिसक्ने चलन थियो। समुदायका अधिकांश किशोरकिशोरी यसरी समूह मार्फत लागेपछि मलाई समूहमा आवद्ध हुन मन लागेको थियो। तर, परिवारले दिएन्। एकदिन बजार जाने निहुँले गएँ। १७ किलोमिटरको दुरी साइकल पेलेर गएँ। बेलुका फर्किने समयमा साइकल पन्चर भयो। घर ढिला पुगेपछि आमाको गाली खाइन्। दाईले झपारे। यसरी हिडिस् भने विवाह हुदैन भन्ने परिवारको चिन्ता थियो। उनले गाउँकै एक शिक्षकको सहयोगमा परिवारलाई बहुउदेश्य स्रोत केन्द्र, किशोर किशोरीको क्षमता अविबृद्धिका लागि गरिने कार्यक्रम र यसले जीवनमा सही निर्णय गर्न मद्दत पुर्याउँने विश्वास दिलाएपछि अहिले थारू गाउँकी नमूना चेलीको रूपमा मान्छन्। यसरी लाग्दा पाएको तालिम र पढ्नै पर्ने रहेछ भन्ने सोच पनि विकास भएको छ। अहिले रुम टु रिडमा काम गर्छु।
प्रविण बिष्ट
गाउँमा लाइभस्किलको तालिम चल्दै थियो। तालिम कक्षामा शिक्षकले भोली आउँदा एक /एक वटा कन्डम किनेर ल्याउँनु भने। कन्डम त किनेर ल्याइयो। पछि तालिम सकियो कन्डम खल्तिमै रहेछ। आमाले कपडा धोइदिने समयमा कन्डम फेला पार्नु भएछ। बोलाएर कपाल तान्नुभयो। कपाल तान्दा छालाभित्रपटि मासु च्यातिएछ। आमालाई मैले यसको ल्याएको त भने। तर मेरो उपचार गाउँमा भएन्। भारतको लखनहु जानुपर्यो। तीस हजार खर्च लाग्यो। मैले आमालाई बुझाउँनै भ्याएको थिएन् की कक्षामा कन्डम भन्दैमा लाज मान्नु हुदैन् भनेर सिकाएका शिक्षकले आवाश्यक परेमा किन्न सक्छन् की सक्दैनन् भनेर किन्न लगाएका थिए। त्यसको प्रयोग गर्ने सहि तरीका समेत सिकाउँन पनि त्यसो भनिएको थियो। मेरो अर्को साथीलाई पनि पसलेले किन चाहियो यती सानो मान्छेलाई भनेर दिएनछ। उसले ल्याउनै सकेन्।
dh.mydip@gmail.com
प्रकाशित: ७ फाल्गुन २०६६ २३:०३ शुक्रबार