१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

प्रकाश सपूतको नयाँ तीज गीत ‘जिन्दगी यस्तै नै रहेछ’ सार्वजनिक

कलाकार प्रकाश सपूतको  ‘जिन्दगी यस्तै नै रहेछ’ बोलको तीज गीत सार्वजनिक भएको छ। नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा सुरक्षा सिन्चुरी र अजय कार्कीको स्वर रहेको छ।  

सिन्चुरी रियालिटी शो भ्वइस अफ नेपाल सिजन ३ को नकआउट चरणबाट बाहिरिएकी थिइन्। गीतकार तथा मोडल दर्पन राईले निर्देशन गरेको भिडियोमा प्रकाश सपूत र समीक्षा बस्नेतलाई फिचरिङ गरिएको छ।  

लोक ब्याटल्समा आधरित गीतको म्युजिक भिडियो आरके मानन्धरले खिचेका हुन् भने भिडियोको कन्सेप्ट निर्देशक राई स्वयंको रहेको छ। 

यस गीतको शब्द तथा संगीत गायक कार्कीकै रहेको छ। एमएएस इन्टरटेनमेन्टको ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण पनि यसै कम्पनीले गरेको हो। 

प्रकाशित: १७ श्रावण २०७८ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App