१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

जनताको आँखा बाट, आँसु बरर

टुक्रा काव्य

चिरञ्जीवी ढकाल

 

१) न सुरक्षित छ,पुर्खाले छोडेको निसानी,

न जनताको घरमा, छाक टार्ने पिसानी।

 

२) कति घिनलाग्दो रहेछ, देखियो त्यो मुहार,

आफ्नै घर भत्काउन, छिमेकीसँग गुहार?

 

३)  उजाडेर गाउँमा, जनताका घर,

तिमी चैँ गाडीमा,हुँइकिने शहर?

 

४) जनताको आँखा बाट,आँसु बरर,

वाइरोडको  बाटोमा, हावा  सरर!

 

५) गुनको बदलामा,नुनिलो आँसु दिएका छौ,

जुका  बनेर  जनताको, रगत  पिएका छौ?

 

प्रकाशित: ३१ वैशाख २०७८ १६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App