११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

सलमान खान आइसोलेसनमा

बलिउड अभिनेता सलमान खान आइसोलेसनमा बसेका छन्। खानका सवारी चालक र दुई सहयोगिलाई कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका हुन्। उनी परिवारका सदस्यसहित १४ दिनका लागि आइसोलेसनमा बसेको इन्डिया टुडेले जनाएको छ। सलमानका बुवा सलिम खानको वैवाहिक वार्षिक उत्सवको कार्यक्रम पनि दद्ध गरिएको छ। सलमानले बिग बोस १४ हो होस्ट गरिरहेका छन्। अब उनी आफ्नोज एपिसोडमा देखिन्छन् या देखिदैनन् भन्नेबारे भने प्रष्ट भएको छैन।

सलमानले हालै राधे फिल्मको सुटिङ सुरु गरेका थिए। फिल्ममा दिशा पटानीले उनलाई साथ दिने छन्। पछिल्लो २/३ महिनादेखि बलिउड सेलिब्रिटीले काम सुरु गरिरहेका छन्।

महाराष्ट्रमा मात्रै १७ लाख भन्दा बढी कोरोना संक्रमित रहेका छन्। कोरोनाका कारण यहाँ ४६ हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ।

 

प्रकाशित: ४ मंसिर २०७७ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App