९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

पाँचाै विलोम अभ्यास सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग

नेपाली लघुकथाको विधागत उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको लघुकथा अभ्यास ‘विलोम’को पाँचौं शृंखला सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग भएको छ।

‘विलोम’ समूहले नेपाली लघुकथा सर्जकहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमद्वारा लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भ गरिएको ‘विलोम’ काे पाँचौं अभ्यास अन्तर्गत पाँचौं भेटघाट सुप्रसिद्ध आख्यानकार एवं कवि राजवसँग भएको हो।  

लघुकथा सम्बन्धी कुराकानी गर्ने क्रममा यस अभ्यासअन्तर्गत स्रष्टा राजवसँग तीन घण्टा जति नेपाली लघुकथाको इतिहासदेखि लघुकथा के हो र कस्तो हुनुपर्छ, लघुकथा लेखनमा देखापरेका पछिल्ला प्रवृत्ति तथा लेखनको धार, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता तथा लघुकथाको भविष्य जस्ता लघुकथाका विविध विषय र उनको लघुकथा लेखनबारे व्यापक कुराकानी भएको थियो।

लघुकथाकारहरू विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले चलाउँदै आएको ‘विलोम’ अभ्यासअन्तर्गत पाँचौं अभ्यास वसन्तपुर काठमाडौमा भएको हो। यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो।  

प्रकाशित: १ पुस २०८० ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App