भिडियो

‘गुमनाम हुन्छु भन्ने डर कहिल्यै लागेन’

युवा पुस्तामा लोकप्रिय छन्– गायक कमल खत्री। डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय खत्रीका ‘आत्मामा’, ‘जाउँला रेलैमा’ , ‘सधै भरि यसै गरि’, ’कोरेर प्रेम पत्र’ ‘पहिलो माया’ जस्ता गीतहरु  चर्चित छन्। गीतसंगीतमै लामो समय खर्चिएर अलिक फराकिलो लोकप्रियता पाउन उनको दोस्रो गीत ‘आत्मामा’ कुर्नु पर्‍यो हुनपर्याे। यसपछि उनले प्रशंसा मात्रै पाएनन् , गीतसंगीत क्षेत्रको अवार्ड तथा सम्मान पनि प्राप्त गरे। उनले कोरोना महामारीबीच ‘फिक्का फिक्का’ बोलको गीत बजारमा ल्याएका छन्। जुन गीतले यतिबेला चर्चा पाइरहेको छ।  उनै गायक कमल खत्रीसँग निषेधाज्ञा अनुभव कोरोना कहरले सांगीतिक क्षेत्रमा पारेको प्रभाव, नेपाली गीत–संगीतको विगत, वर्तमान र भविष्यका विषयमा केन्द्रित रहेर नागरिककर्मी पवन बराइलीले गरेको कुराकानी : 

 कोराना महामारीबीच नै नयाँ गीत रिलिज गर्नुभयो, कस्तो प्रतिक्रिया आइरहेको छ ?  

यो गीतको रचना  निषेधाज्ञाभन्दा पहिले नै भएको थियो। गीतको भिडियोपनि  निषेधाज्ञा हुनु भन्दाअघि नै तयार गरिएको थियो। फरक ‘कन्सेप्ट’मा काम गर्ने सोच बनाएको थिएँ। गीतलाई युवा पुस्ताले बढी मन पराईदिनु भएको छ। मेरो  शब्द  तथा संगीत रहेको यस गीतमा गायिका मेलिना मैनालीको  आवाज सुन्न सकिन्छ। मेलिना मैनालीको आवाजलाई पनि मन पराईदिनु भएको छ। ‘फिक्का’ भएको जीवनमा कोही आएर रंगिन बनाईदिन्छ भन्ने गीतको भाव हो। यो रोमान्टिक गीत हो।  प्रतिक्रियाको हिसाबले मेरो अन्य गीतहरुभन्दा यो गीतलाई निकै रुचाउनु भएको छ। एउटा सर्जकको लागि यो भन्दा अर्को खुशी अरु के हुन सक्छ र!

तपाईंको दिनचर्या कसरी बितिरहेको छ ?  

गत वर्षको लकडाउन पछि जीवन पुरानै लयमा फर्किएको  जस्तो लागेको थियो। कामहरु पुनः सुरु गर्न थालेको थिएँ। तर गत वर्ष भन्दा कोरोना भाइरसले भयावह सृजना गर्याे। निषेधाज्ञालाई मैले पनि पूर्ण रुपमा पालन गरिहेको छु। घरबाट बाहिर निस्किएको छैन्। निस्कनु पनि हुँदैन। घरभित्र बस्नु नै भाइरसबाट बच्ने औषधि बनेको छ।  

अस्पतालमा अक्सिजन अभाव र बिरामीले बेड नपाउँदा चिन्ता पैदा गर्याे। आफू पनि बाँचिन्दैन कि जस्तो सोच आयो। दैनिक मृत्युको समचारहरु आउँदा निकै डर लाग्दो रहेछ। तर त्यस्ता समचारहरु हेर्न कम गरेँ। अहिले आफूलाई सिर्जनात्मक काम ‘फोकस’ गरेको छु ।  

हरेक महिना देश–विदेश पुग्नुहुन्थ्यो। दर्शक, स्रोतासँग साक्षत्कार गरिहनुहुनथ्यो। अहिले यसरी लामो समय खुम्चिएर बस्नुपर्दा  कस्तो हुँदोरहेछ ?  

कोरोनाले  संसारको सबै देशलाई असर गरेको छ। सांगीतिक क्षेत्रलाई मात्रै नभएर सबै क्षेत्रलाई नै असर गरेको छ । मेरो पनि देश–विदेशका कार्यक्रमको रद्द गर्नु पर्यो।  नेपाल भित्रका स्टेज कार्यक्रमहरु राम्रैसँग भइरहेका थिए । अहिले सबैलाई घरमै खुम्चाएर राखेको छ । अहिले कलाकारहरुलाई घरमै बस्न बाध्य छन् । यतिबेला मलाई मात्रै गाह्रो भएको छैन् सबैलाई भएको छ ।  सबै भन्दा ठूलो धन  स्वास्थ्य नै रहेछ। यो महामारीबाट बाँचियो भने फेरि अर्का कार्यक्रमहरु गरिन्छ , दर्शकहरुसँग साक्षत्कार गर्न पाइन्छ  भन्ने आशावादी छु। 

पछिल्लो समय कलाकारका लागि आर्थिक उर्पाजनको माध्यम स्टेज कार्यक्रम बनेको छ। तर कोरोना महामारीका कारण अहिले स्टेज कार्यक्रम भएका छैनन्। अहिले कलाकारहरुलाई  लागि अर्थापाजनको माध्यम के त ?

अहिले कलाकारहरुको लागि स्टेज कार्यक्रमा आर्थिक उर्पाजनको माध्यम बनेको छ। क्यासेट, सिडीको युग अन्त्य भएको छ। त्यसैले पनि कमाउने माध्यम परिवर्तन भएको छ । ‘डिजिटल प्लेटफर्म’ कमाउने  माध्यम बनेको छ। त्यसबाट पनि केही आम्दानी भइरहेको छ। अहिले कलाकारलाई  टिकाउने ‘डिजिटल प्लेटफर्म’ नै मान्छु । अहिले स्टेज कार्यक्रमहरु हुन पाएका छैनन् । त्यसकारण पनि ‘डिजिटल प्लेटफर्म’लाई कलाकारले भरपूर प्रयोग गरिरहेका छन्।   

कुनै समय थियो, क्यासेट गीत निकालेर पनि आम्दानी हुन्थ्यो।  तर अहिले समय फेरिएको छ। क्यासेट, सिडीको युग अन्त्य भएको छ। गीत गाएर बाँच्न सकिन्छ ?

अहिले संसार ‘डिजिटल’ युगमा प्रवेश गरेको छ। संगीतलाई सपना देख्नेको संख्या पनि बढेको छ । युवा पुस्तामा पनि संगीतप्रति मोह बढेको छ। अहिले झन विभिन्न रियालिटी सोहरु आएका छन्। आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाइरहेका छन्। संगीतमा छोटो समय फड्को मार्ने जमनमा पनि आएको छ। अहिले कम्पनी धाउनु पर्दैन ।राम्रो गायक छ भने आफैले गीत उत्पादन गर्न सक्छ। त्यसैले मिहिनत गर्यो भने सम्भव छ। संगीतलाई पेशा बनाएर लाग्यो भने संगीतबाट जीवन निर्वाह हुन सक्छ ।

गीतसंगीतमा पहिले र अहिले के फरक देख्नु हुन्छ ?

नेपाली गीतसंगीतमा केही राम्रा काम पनि भइरहेका छन्। अहिले गीतसंगीतको लागि उर्वर समय जस्तो लाग्छ।  तर अहिले सबैलाई ‘भाइरल’ हुने भूत सवार भएको छ। सबैलाई रातारात हिट हुने रहर छ। गीत एकै छिन सिर्जन हुने कुरा हैन। जीवनको भोगाई, समाजको देखिएका कुरालाई सिर्जना हुने हो। त्यसैले प्रविधिले पनि फाइदासँगै बेफाइदा पनि गरेको छ। अहिलेको ‘डिजिटल प्लेटफर्म’लाई प्रयोग गर्न सक्यो भने धेरै फाइदा छ । 

अहिले गीत चल्नको लागि युट्युब ट्रेन्डिङमा आउनु पर्ने , अझ टिकटक धेरै बनायो भने गीत चल्यो भनिन्छ । साँच्चै गीत चले नचलेको मापन युट्युबको ट्रेन्डिङले गर्ने हो ?

ट्रेन्डिङमा आएको गीत सबै हिट भएको भान्दिन। एक दुई वर्ष पछि पनि हिट भएको छ। टिटकटमा बजेको सुन्दा धेरै हिट भयो कि भन्ने अनुमान गर्न सकिन्छ। तर टिकटक बज्दैमा हिट भएको मान्नु हुन्दैन। ट्रेन्डिङमा नआएका गीत  पनि धेरै राम्रा छन्। 

अहिले एउटा गायकर गायिकलाई गीत भाइरल भएन भने गुमनाम हुन्छु कि डर छ। तपाईंलाई चाहिँ  गुमनाम हुन्छु भन्ने कतिको डर लाग्छ ?  

सुरुवाती दिनमा एउटा मात्रै गीत चर्चामा आए हुन्थ्यो भन्ने लोभ हुन्थ्यो। मेरो दोस्रो गीत ‘आत्मामा’ हिट भएपछि श्रोता दर्शकमाझ ‘नोटिस’ भएँ। त्यसपछि चाँहि यो भन्दा अर्को राम्रो गर्न सकिन्छ सकिँदैन भन्ने डर पैदा भयो। गुमनाम हुन्छु भन्ने डर भन्दा पनि राम्रो काम गर्न अभ्यस्त भएँ। एउटा गीत चल्दैमा फुर्किन थालेको भए साँच्चिकै गुमनाम हुन्थेँ होला। राम्रो सिर्जना गर्नु पर्छ भनेर निरन्तर लागिरहेँ । डर लागे पनि राम्रो गीत गर्छु भन्ने विश्वास थियो । ‘भाइरल’ले  निश्चित समयसम्म फाइदा गर्ला। तर दीर्घकालिन रुपमा त्यो फाइदाजनक रहर्दैन।   

 तपाईंबाट गीतसंगीतमा लाग्न चाहनेहरूले के सिक्ने ?

जीवनमा सफल र असफल दुवै हुन्छ। यो दुवैको स्वाद चाखेपछि मात्रै थाहा हुन्छ। केहि गर्नु पर्छ भन्ने आँट आउँछ। सफल भएपछि ,अहिले नेपाली गीतसंगीत उर्वर बनेको छ। पहिले एउटा गीत निकाल्न विभिन्न कम्पनीहरु धाउनु पथ्र्याे। आफूसँग राम्रो सिर्जना छ भने घरमै बसेर पनि  सम्भव छ। संगीत भनेको त्याग र तपस्या हो। जुन बेला आफ्नो लगनशिलताले सफलता पाउँछ, थाहा हुँदैन। त्यसपछि सफलता पाउने बेलासम्म धैर्यता चाहिन्छ। त्यसैले संगीतमा हतार गरेर हुँदैन । धैर्यता र लगनशिलता चाहिन्छ। संगीतमा मेहनत गर्छु भन्नेलाई गीत गाएर बाँच्न सकिन्छ ।

प्रकाशित: ३० जेष्ठ २०७८ ११:०३ आइतबार