भिडियो

‘वैज्ञानिक पुष्टि नभएसम्म नेपालमा नयाँ भेरियन्ट छ भन्न मिल्दैन’

बेलायती सञ्चारमध्यम डेली मेलले  नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको दाबी पछि त्यसबारे विभिन्न चर्चा सुरु भएको छ। नयाँ भेरियन्ट फेला परेको दाबी गरेपछि त्यसबारे सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ। योसँगै मानिसहरुमा थप त्रास  पनि पैदा गरिदिएको छ। तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले  नेपालमा नयाँ भेरियन्टबारे विश्व स्वास्थ्य संगठन ‘अवगत नभएको’ जनाएको छ।  

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बिहिबार विज्ञप्ति जारी गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आएको समचार नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरेको छ।  

अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट अफ कन्सर्नभित्र परेका ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) मात्र सक्रिय रहेको विज्ञहरुको भनाइ छ।  विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्सर्नभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’ छुट्टाछुट्टै नाम दिइएको छ ।

कुनै पनि देशमा नयाँ भेरियन्ट देखिएको दाबी गर्नुअघि पर्याप्त आधिकारिकता पुष्टि हुनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।  

‘नयाँ भेरियन्ट हो भन्नलाई आधिकारिक आधारहरु हुनुपर्छ। ती आधारहरु यति छिट्टै पत्ता लाग्दैन। नयाँ भेरियन्ट हो भन्ने पुष्टि गर्न अनुसन्धान गर्न समय लाग्छ’, उनले भने, ‘त्यसका लागि जीन सीक्वन्सिङ  हुनु पर्छ। अनि त्यसको नतिजा आउनु पर्छ। अरूभन्दा के फरक छ भन्ने प्रमाणित हुनुपर्याे।’  

त्यस्तै डा.पुनले भाइरसको नयाँ भेरियन्ट बन्नु आफैमा नौलो कुरा नरहेको बताए। उनले नेपालमा भाइरसको स्वारुप परिवर्तन भएको छ वा छैन् भन्ने कुरा जान्नु आवश्यक रहेको बताए।  

‘अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा भाइरसले स्वारुप परिवर्तन गरिहेको छ भन्ने कुरा जान्न जरुरी छ’, डा. पुनले भने, ‘त्यसैले नयाँ भेरियन्ट बन्नु आफैमा  कुरा होइन। त्यसले मानव समाजलाई कति दुःख दिन्छ भन्ने प्रमुख कुरा हो। तर नयाँ भेरियन्ट देखिँदैमा आत्तिनु हुँदैन।’ 

प्रकाशित: २० जेष्ठ २०७८ १४:४५ बिहीबार