नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको आयु लम्ब्याउन वैशाखमा चुनाव गर्ने घोषणा गरेको बताएका छन् ।
बुधबार नागरिक न्युजको फ्रन्टलाइनमा बोल्दै नेता रिजालले केपी ओलीले वैशाखमा चुनाव गराउने भन्दापनि सत्ता जोगाउने उपाय रचेको बताएका हुन् ।
नेता रिजालले भने , 'ओलीले वैशाखमा चुनाव गराउने भन्दापनि सत्ता जोगाउने उपाय रचेका हुन् । प्रधानमन्त्रीलाई हटाउने संसद् नभएपछि कसले हटाउँछ भन्ने सोचले संसद विघटन गरेका हुन् । मन्त्रीपरिषदमा पनि अविस्वासको प्रस्ताव र पार्टी भित्रमा पनि बहुमत नरहने अवस्था सिर्जना पछि औपचारिक रुपमा पार्टी फुट्न नसकेपछि संसद विघटन गरेका हुन् ।’
प्रकाशित: २१ माघ २०७७ १३:३८ बुधबार