भिडियो

सरकारले भर्ना नलिँदा नर्सहरू बेरोजगार बस्नुपरेको नर्सिङ संघकी अध्यक्ष राईको दाबी

नेपाल नर्सिङ संघकी अध्यक्ष मन कुमारी राईले सरकारी अस्पतालले पर्याप्त मात्रा भर्ना नलिँदा ठूलो संख्यामा नर्सहरु बेरोजगार तथा विदेशिनुपरेको बताएकी छन्। रिपब्लिकाको साप्ताहिक कार्यक्रम ह्यास्ट्याग २०३० सँगको कुराकानीका क्रममा अध्यक्ष राईले सरकारी अस्पताले नर्सहरुको लागि पर्याप्त मात्रा विज्ञापन गर्नुपर्ने बताइन्।  

नर्सिङ संघले नर्सहरुको हितका लागि निरन्तर आवाज उठाउने गरेको भएपनि सरकारी अधिकारीहरुले बेवास्ता गर्ने गरेको उनको आरोप छ। अर्कोतिर निजी अस्पाललाई सरकारले कानुनी दायराभित्र ल्याउन नसक्दा उनीहरुको मनोमानी बढेको उनको दाबी छ। जसका कारण नर्सहरुले एकदमै न्यून पारिश्रमिकमा काम गर्नुपरिरहेको उनले बताइन्।

उनले नर्सिङ संघको नेतृत्वमा आइसकेपछि आफूले निरन्तर निजी अस्पतालमा काम गर्ने नर्सहरुको न्यूनतम मापदण्ड बनाइनुपर्नेमा विशेष जोड दिएको दाबी गरिन्। उनले नेपालमा भएका नर्सहरुको व्यवस्थापनको लागि सरकारी अस्पतालमा पर्याप्त मात्रामा कोटा बढाउनुबाहेक अरु विकल्प नभएको समेत बताइन्।

प्रकाशित: २४ पुस २०७७ १२:०१ शुक्रबार

नेपाल नर्सिङ संघ मन कुमारी राई