भिडियो

कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छ ?

काठमाडौं- गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई त्रसित बनाएको छ। यसले विश्व अर्थव्यवस्थालाई नै संकटमा पारिरहेको छ। कोरोना भाइरस संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले खुम्च्याउने अनुमान छ।

संक्रमण रोकथामको प्रयासस्वरुप मानिसको आवागमनमा रोक लाग्दा विश्वभरको पर्यटन उद्योग लगभग शून्यको स्थितिमा पुगेको छ। आजका मितिसम्म नेपालमा एकजनामा बाहेक कोभिड–१९ नभेटिए पनि विश्वव्यापी संक्रमणको प्रभावले अर्थतन्त्रका विभिन्न अवयवहरुमा धक्का लाग्न थालिसकेको छ। यसको दुष्प्रभाव लामै समयसम्म रहन सक्ने आशंका छ।

यसै पृष्ठभूमिमा नेपाल रिपब्लिक मिडिया प्रालिले कोभिड–१९ बाट नेपाली अर्थतन्त्रमा पर्न सक्ने दुष्प्रभाव र त्यसलाई न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानीका विषयमा आर्थिक क्षेत्रका अगुवा सरोकारवालासँग छलफल गरेको छ। नागरिक राउन्ड टेवलमा अर्थमन्त्री युवराज खतिवडा, सांसद विमला पौड्याल राई, पूर्वअर्थसचिव रामेश्वर खनाल, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अर्थशास्त्री विश्व पौडेल सहभागी थिए।

प्रकाशित: ४ चैत्र २०७६ १३:५९ मंगलबार

कोरोना_भाइरस अर्थतन्त्र