भिडियो

गणेश चौथी मनाइँदै, गणेश मन्दिरमा भक्तजनको भिड

 काठमाडौं- हरितालिका तीजको भोलीपल्ट गणेश चतुर्थी मनाउने गरिन्छ। शुभफल प्रदान गर्ने देवताकारुपमा चिनिने भगवान गणेशको पूजा आरधाना गर्दै गणेश चतुर्थी मनाउने चलन छ। गणेश चौथीका दिन गणेश मन्दिरमा घुईंचो लाग्ने गर्छ। काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा विहानैदेखि भक्तजनको घुँइचो लागेको छ। मंगल चौथी पनि भनिने गणेश चौथीमा उपत्यकाका चार विनायक सहित कमलादीस्थित गणेश मन्दीर, मरु गणेश लगायतमा भक्तजन पुग्ने गर्छन्। कुनै कामको सफलताका निमित्त सबैभन्दा पहिले मङ्गलाचरण, स्वस्तिवाचन र इष्टदेवताको पूजाआजा गर्ने विधान छ। कुनै कामको शुभारम्भको बेला कार्यसफलताको लागी भगवान गणेशको पूजा गर्ने गरिन्छ।

प्रकाशित: १७ भाद्र २०७६ ०७:३१ मंगलबार

गणेश_चौथी गणेश_मन्दिर