भिडियो

काठमाडौंमा खाल्डाखुल्डी, जनतालाई सकस (भिडियाे)

काठमाडाैं- देशको राजधानी काठमाडौं। धेरै मानिसको वसोवास हुने थलो काठमाडौंमा आवत जावत भने सहज छैन्। भीडभाड र जामले यहाँका वासिन्दाहरुलाई हैरान पारेको छ। राजधानीको मुल सडकको त कुरै छाडौं ती सडकलाई छुने सहायक सडकहरुमा यात्रा गर्दा अति नै सकस हुने गरेको छ।

धेरै नेतृत्वकर्ता आए तर राजधानीको बाटोमा कुनै सुधार भने आउन सकेन। 'आफै खाँम आफै लाम’ भनेर बसेकाहरु सडक मर्मत गर्न अग्रसर देखिँदैनन्। सडक पिच्छेका खाल्डाखुल्डी तथा अव्यवस्थित गाडिएका विजुलीका खम्बाका कारण दिनहु जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्, राजधानीवासीहरु। अझ वर्षतका बेला त यहाँका सडकहरुमा नदि बग्ने गर्छ।

बानेश्वर, कोटेश्वर, कलँकी, चावाहिल, न्यूरोड जस्ता प्रख्यात तथा मूल बजारका सडक जहाँ दिनहुँ हजारौंको आवतजावत हुन्छ, त्यहीँ नै हिलाम्मे र पानीले पोखरी बनेका हुन्छन्।

सरकारले राजधानीकै सडकलाई दीर्घकालिन रुपमा मर्मत गर्न सकेको छैन। आफ्नो घर अगाडीको बाटो बाहेक अन्तको बाटो मर्मत गर्न नसकेका नेतृत्वकर्ताहरु सर्वसाधारण जनताको दुख कष्ट देखेर पनि नदेखे झै गरेको पाइन्छ। तर, विदेशी पाहुना आउँदा रातारात कालोपत्र तथा मर्मत हुने गरेको छ। जुन छोटो समयका लागि मात्र हुन्छन्। विदेशीलाई खुशी पार्न खोज्ने सरकारले आफ्ना जनताको भने मर्का बुझ्न सकेको छैन।    

 

प्रकाशित: २९ असार २०७६ ११:३५ आइतबार

काठमाडौं खाल्डाखुल्डी