भिडियो

तरकारीमा विषादी परीक्षण स्थगित गरिएको भन्दै प्रदर्शन (फोटो फिचर/भिडियो )

काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थीहरुले विना जाँच भारतबाट विषादीयुक्त तरकारी र फलफूल भित्र्याउन अनुमति दिएको भन्दै प्रदर्शन गरेका छन्।

 नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री कुन्दन काफ्ले र नेता राम प्रसाद अधिकारीको नेतृत्वमा वाल्मिकी क्यामपसबाट विरोध जुलुश निस्किएको थियो।

भारतको दबावपछि सरकारले भारतबाट आयात हुने तरकारी र फलफुलको विषादी परीक्षण स्थगित गरेको थियो। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले आधुनिक प्रयोगशाला नभएको बहाना बनाउँदै विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो।

दुई साताअघि उद्योग तथा वाणिज्य मन्त्रालयको प्रस्ताव गरेपछि मन्त्रिपरिषद्‌बाट विषादी परीक्षण गर्ने स्वीकृत भएको थियो। तर दुई सातामा सरकार विषादी परीक्षणबाट पछि हटेको हो।

 

प्रकाशित: २२ असार २०७६ ०७:४९ आइतबार

विषादी परीक्षण कांग्रेस विरोध