भिडियो

दलहरुलाई सभामुखले सचेत गराए, पूर्वसभामुखले भनेः बलियो एकता चाहिन्छ

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। 

सभामुख महराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अब त्यसो हुन नदिन राजनीतिक दलहरु सचेत हुनुपर्ने बताए। ६१ औं संसद दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रीत हुन जरुरी रहेको पनि बताए। सभामुख महराले दलहरु भित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै पूर्व सभामुख तानानाथ रानाभाटले पूर्व सांसदहरुको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिए। उनले राष्ट्रिय एकता, सामाजिक सदभावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।

पूर्व सभामुख रानाभाटले दलहरुको बलियो एकताबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।

प्रकाशित: १६ असार २०७६ ०९:५९ सोमबार

कृष्णबहादुर_महरा संसदीय_व्यवस्था राजनीतिक_दलहरु