भिडियो

भिडियोमा हेर्नुहोस् गुठी पक्षधरको विशाल प्रर्दशन

काठमाडौं- काठमाडौंमा गुठी पक्षधरहरुले विशाल प्रर्दशन गरेका छन। सरकारलाई गुठी विधेयक खारेज नै गर्न दवाव दिँदै काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरहरुले काठमाडौंको माईतीघर मण्डलामा बुधबार विशाल प्रर्दशन गरेका हुन्।

त्यस क्रममा उनीहरुले गुठी विधेयक फिर्ता लिएको सरकारलाई खारेज नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी पनि दिए। गुठीयारको अधिकार सुनिश्चित गर्न आह्वान गर्दै आयोजना गरिएको प्रर्दशनमा धर्म, संस्कृति र सम्पदाहरुको नाश गर्ने काम गरिरहेको दावी गर्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो। उनीहरुले गुठी विधेयक फिर्ता गरेपनि फेरी आउने आशंका गर्दै त्यसलाई खारेज गर्न पनि सरकारलाई सचेत गराए।

राष्ट्रिय सभामा प्रस्तुत गुठी विधेयकविरुद्ध चर्को आन्दोलन सुरु गरेका उनीहरुले सो विधेयक खारेज नै हुनुपर्ने अडान राखेका छन। सरकारले मंगलबार पत्रकार सम्मेलन गरी सो विधेयक फिर्ता लिएको थियो। तर त्यसलाई खारेजनै गर्नुपर्ने गुठी पक्षधरहरुको माग छ। प्रर्दशनका क्रममा 'सम्पदा मास्न पाईदैन,’ 'गुठीयारहरुको अधिकार सुनिश्चित गर,’ 'धर्म, संस्कृति र सम्पदाहरको रक्षा गर’लगायतका नारा लेखिएको प्लेकार्ड पनि प्रर्दशन गरिएको थियो।

 

 

प्रकाशित: ४ असार २०७६ ०७:४५ बुधबार

गुठी गुठी_विधेयक प्रदर्शन