भिडियो

'हामीले आश्रय दिएर हुर्किएका कम्युनिष्टले हाम्रै अपमान गर्ने'

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभए सरकार संकटमा पर्ने चेतावनी दिए। शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले भने ‘सरकारले बुझोस्। राजा फाल्ने शक्तिले तपाईलाई फाल्ने मान्त्रै होइन तपाईलाई मासमा ल्याएर धुलोपिठो बनाउँछन् जनताले। याद गरोस् यो सरकारले।’ 

सांसद प्रधानले भूमिगत बसेर हुर्केका कम्युनिष्ट नेताहरुले आश्रय दिने नेवार समुदायलाई नै अपमान गर्नु बिडम्बनापूर्ण भएको टिप्पणी गरे।

गुठी विधेयकको सडकदेखि सदन सम्म विरोध हुँदै आएको छ। राजधानीलगायत मुलुकका विभिन्न स्थानमा दिनहुँजसो गुठी विधेयकको विरोधमा प्रर्दशन हुँदै आएको छ। थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: ३२ जेष्ठ २०७६ १६:१७ शनिबार

गुठी_विधेयक नेपाली_कांग्रेस संकटमा धुलोपिठो