भिडियो

'प्रहरी धरपकड बन्द गरौं'

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले नै गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन्।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै नेकपाका नेता अग्निप्रसाद सापकोटाले आइतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गरिरहेकामाथि प्रहरीले पानीको फोहोरासहित धरपक्कड गरेकोमा आपत्ति जनाएका हुन्।

उनले राजनीतिक सहमति जुटाएर मात्रै सो विधेयक अघि बढाउन पनि सरकारलाई सुझाव दिए।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: २७ जेष्ठ २०७६ १६:४४ सोमबार

प्रहरी_धरपकड अग्नि_सापकोटा गुठी_विधेयक शान्तिपूर्ण_प्रर्दशन