भिडियो

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उनले गुठी विधेयक संविधानको मर्म र भावना विपरित आएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधि गरिरहेको आरोप पनि लगाएका छन्।

त्यस्तै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे। उनले संविधान विपरित सरकारले सो विधेयक संसदमा पेश गरेको उल्लेख गर्दै मान्य नहुने चेतावनी पनि दिए।

थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: २७ जेष्ठ २०७६ १६:३३ सोमबार

गुठी_विधेयक संविधान डा._बाबुराम_भट्टराई शान्तिपूर्ण_प्रर्दशन