भिडियो

सरकारले सार्वजनिक जग्गा सांसदलाई दियो, अब कांग्रेसले रोक्छः देउवा

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनिक र गुठी जग्गा सांसद्हरुलाई दिने काम गरेको आरोप लगाएका छन्। शुक्रबार पार्टीद्धारा ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारले बालुवाटारलगायतका सार्वजनिक तथा गुठीको जग्गा नियन्त्रणमा लिएर पार्टीका सांसदहरुलाई दिने काम गरिरहेको आरोप लगाउँदै त्यस्ता गतिविधि रोक्न पनि आफ्नो पार्टी लागिपर्ने बताए।

त्यस्तै सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने उनले चेतावनी दिएका छन्। लोकतन्त्र विरोधी मिडिया काउन्सिल विधेयक, मानव अधिकार हनन् हुने गरी आएको मानव अधिकार आयोगसम्बन्धि विधेयक संसदबाट अघि बढाउन खोजे संसद र सडक दुवै अवरुद्ध पारेर आन्दोलन चर्काउन बाध्य हुने बताएका हुन्।

सभापति देउवाले सरकारले मिडियामाथि अंकुश लगाएर लोकतन्त्रलाई कमजोर बनाउने षडयन्त्र गरिरहेको पनि दोहो-याए। सरकारका हरेक कदम लोकतन्त्र र जनता विरोधी भएकाले आफ्नो पार्टीले प्रतिवाद गर्ने योजना तय गरेको सभापति देउवाको भनाई छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ११:४१ शुक्रबार

नेपाली_कांग्रेस शेरबहादुर_देउवा सार्वजनिक_जग्गा