भिडियो

काँग्रेसले सुरु गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं– नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा बोल्दै उनले पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको पनि सुरु गरिएको स्पष्ट पारे। 

काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा यो कार्यक्रम सुरु गरिएको छ। रक्तदान कार्यक्रमलाई हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पनि काँग्रेसको योजना छ।

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिँदै छ।

प्रकाशित: २३ जेष्ठ २०७६ १०:३२ बिहीबार

नेपाली_काँग्रेस रक्तदान विश्वप्रकाश_शर्मा